भारतमा बाँदरहरूले लुटे कोरोना परीक्षण स्याम्पल, संक्रमण झन् फैलिने डर (भिडियो)

भारतको एक मेडिकल कलेजमा प्रवेश गरेर बाँदरहरूको एक समूहले कोरोनाभाइरसका परीक्षण स्याम्पलहरू लुटेका छन् । उनीहरूले प्रयोगशालाका प्राविधिकलाई आक्रमण गरेका छन् । 

बाँदरहरूले उत्तर प्रदेशको मेरठ मेडिकल कलेजबाट तीनवटा टेस्ट स्याम्पलहरू लिएका हुन् । 


Advertisement

एकजना प्राविधिकले ती स्याम्पलहरू लिएर गइरहेको बेलामा एउटा बाँदरले हातैबाट खोस्यो अनि नजिकैको रुखमा बसेर चपाउन थाल्यो । 

बाँदरहरूले स्याम्पललाई लिएर यताउता हिँडेकाले त्यस वरिपरिका क्षेत्रका मानिसमा भाइरस फैलिने डर देखिएको छ । 


Advertisement

ती स्याम्पल बक्सहरू पछि बरामद गरिएको थियो र तिनमा कुनै क्षति पुगेको थिएन, कलेजका सुपरीवेक्षक धीरज राजले भने । 

राजले भने, ‘तिनीहरू साबुतै थिए र कुनै संक्रमण वा विस्तारको कुनै जोखिम रहेको हामीलाई लाग्दैन ।’

तीनजना मानिसको स्याम्पल चोरी भएकोमा उनीहरूलाई पुनः परीक्षण गरिएको उनले बताए । 

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्