×

NMB BANK
NIC ASIA

हिजो दिनभर : संसद्‍मा टेबल भयो संविधान संशोधन विधेयक, नेपालमा कोरोना संक्रमितको संख्या १५ सय ६७ पुग्यो

जेठ १९, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

नेपालमा कोरोना संक्रमितको संख्या १५ सय ६७ पुग्यो

Sagarmatha Cement
Muktinath Bank

नेपालमा कोरोनाभाइरस (कोभिड १९) संक्रमितको स‌ंख्या १ हजार ५ सय ६७ पुगेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतवार पत्रकार सम्मेलन गरी दिएको जानकारीअनुसार आज थप १६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।


Advertisment
Nabil box
Kumari

नयाँ पुष्टि भएका संक्रमितमध्ये १६२ पुरुष र ४ महिला रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।

Vianet communication
Laxmi Bank

नयाँ संक्रमित कुन–कुन जिल्लाका ?

रौतहटमा २९
सल्लानमा २५
धनुषामा २१
दैलेखमा १८ (एक मृत्यु)
कालिकोटमा १८
सप्तरीमा १२
सर्लाहीमा १०
बाँकेमा ८
कपिलवस्तुमा ५
पर्सामा ५
झापामा ४
बाजुरामा ३ (एक मृत्यु)
कैलालीमा ३
स्याङ्जामा २
तनहुँमा १
सुर्खेतमा १
मोरङमा १

एक जना डिस्चार्ज भएर घर फर्किएको प्रवक्ता डा. देवकोटाले जानकारी दिए । डिस्चार्ज हुनेको संख्या २२० पुगेको छ ।

अन्य १ हजार ३ सय ४९ जना उपचाररत छन् ।

पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार प्रदेश १ मा १३५, प्रदेश २ मा ५१९, बाग्मती प्रदेशमा १४, गण्डकी प्रदेशमा २०, प्रदेश ५ मा ५०९, कर्णाली प्रदेशमा १२२ र सुदूरपश्चिम प्रदेशमा २० जना कोभिड १९ संक्रमित उपचाररत छन् ।

कुल संक्रमितको प्रदेशगत विवरण भने प्रदेश १ मा १६५, प्रदेश २ मा ६२४, बाग्मती प्रदेशमा ४५, गण्डकी प्रदेशमा २३, प्रदेश ५ मा ५६०, कर्णाली प्रदेशमा १२३ र सुदूरपश्चिम प्रदेशमा २७ छ ।

नयाँ नक्साअनुसार निशान छाप बनाउनसंसद्‍मा टेबल भयो संविधान संशोधन विधेयक
सरकारले जारी गरेको नयाँ नक्साअनुसार संविधानको अनुसूचीमा रहेको निशान छाप संशोधनका लागि प्रतिनिधि सभामा संविधान संशोधन विधेयक टेबल भएको छ । 

आइतवार बसेको प्रतिनिधि सभा बैठकमा कानून, न्याय तथा संसदीय व्यवस्था मन्त्री डा. शिवमाया तुम्बाहाम्फेले संविधान संशोधन विधेयक टेबुल गरेकी हुन् । 

नेपालको संविधान (दोस्रो संशोधन विधेयक) २०७७ माथि विरोधको सूचना परेको थिएन । ‘नेपालको वास्तविक सीमा अनुसारको नक्सा प्रकाशित भएकाले, वास्तविक नक्सा नेपालको संविधानको अनुसूची ३ मा मिलाउनु पर्ने भएकाले संशोधन विधेयक पेश गर्दछु,’ कानून मन्त्रीले तुम्बाहाम्फेले भनिन् । 

सरकारले जेठ ५ गते भारतले अतिक्रमण गरेको कालापानी, लिम्पियाधुरा, लिपुलेक लगायतका नेपाली भूमि समेटेको नयाँ नक्सा प्रकाशित गरेको थियो । 

नयाँ नक्साअनुसार निशान छाप संशोधनका लागि सरकारले संविधान संशोधन विधेयक संसद् सचिवालयमा दर्ता गरेको थियो । 

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले समय मागेका कारण यसअघि बुधवार पेश गर्ने भनिएको संविधान संशोधन विधेयक कार्ययूचीबाट हटाइएको थियो । 

शनिवार बसेको कांग्रेस केन्द्रीय समिति बैठकले संविधान संशोधनको पक्षमा मतदान गर्ने निर्णय गरेको थियो । संविधान संशोधन विधेयक फास्ट ट्र्याकबाट पारित गराउने सरकारको तयारी छ ।  
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x