×

NMB BANK
NIC ASIA

नेपाल दलित मुक्ति संगठनले पश्चिम रुकुमको चौरजहारीमा भएको हत्याकाण्डमा संलग्नलाई कारवाही गर्न माग गर्दै प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेललाई ज्ञापनपत्र बुझाएको छ ।

Muktinath Bank

छुवाछुतमुक्त राष्ट्रमा जातीयताकै कारण नरसंहार भएकाले सत्यतथ्य छानविनका लागि दलित आन्दोलनको प्रतिनिधित्व हुने गरि उच्च स्तरीय समिति गठन गर्न संगठनले माग गरेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

आइतवार मुख्यमन्त्री पोखरेललाई बुझाइएको ज्ञापनपत्रमा हत्या गरिएका ६ जना यूवाहरुलाई साँस्कृतिक सहिद घोषणा गर्नुपर्ने, मृतकका परिवारलाई न्यूनतम १० लाख क्षतिपूर्ती उपलब्ध गराउनुपर्ने, घाईतेको उपचार तथा १२ जनाको सुरक्षाको प्रत्याभूती दिलाउन माग गरिएको छ ।


Advertisment
Nabil box
Kumari

रुकुम घटनाले २०६२/६३ सालको जनआन्दोलन, छुवाछुतमुक्त राष्ट्र घोषणा र जातीय छुवाछुत कसुर र सजाय ऐनकै खिल्ली उडाएको संगठनले ठहर गरेको छ । संगठनले रुपन्देहीको देवदहमा १३ बर्षिय अंगिरा पासीको हत्या भएको भन्दै पिडितलाई न्याय दिलाउन समेत मुख्यमन्त्रीको ध्यानाकर्षण गराएको छ ।

Vianet communication
Laxmi Bank

ज्ञापनपत्र मुख्यमन्त्री पोखरेललाई संविधानसभा सदस्य विनोद पहाडी, संगठनका प्रदेश ५ संयोजक जोगलाल विश्वकर्मा, संगठनका पूर्व केन्द्रीय सदस्य तेज बहादुर सुनार, पूर्व केन्द्रीय सदस्य खड्क दर्नाल सहितको टोलीले बुझाएको हो ।

ज्ञापनपत्र बुझ्दै मुख्यमन्त्री पोखरेलले रुकुम घटना जघन्य मानवता विरोधी घटना भएकाले यसमा संलग्न दोषीलाई कारवाही हुने विश्वास व्यक्त गरेका छन् । उनले रुकुम चौरजहारी घटना देशमै चर्चामा रहेको बिषय भएकाले राज्यले ध्यान दिएको बताए । घटनामा गैरदलित समुदायका यूवाहरुले समेत ज्यान गुमाएकाले समाजमा समताका साँेच पनि सँगै उनले रहेको बताए ।

नेकपाका स्थायी समितिका सदस्य समेत रहेका पोखरेलले दलित आन्दोलनले पहिचान र कानुनले सुधार गर्नेमा केन्द्रीत भएपनि त्यतिले मात्रै नपुग्ने यो घटनाले देखाएको बताए । उनले रुकुम चौरजहारी घटनाबारे आफ्नो गम्भिर चासो गएको बताउँदै दलित आन्दोलनले अझै पनि सामाजिक परिवर्तनको मुद्धालाई छाड्न नहुने बताए । उनले कानुनी रुपमा जातीय छुवाछुत अन्त्य गरिएपनि व्यवहारमा अझै सचेतना दिन आवश्यक रहेको बताए ।

मुख्यमन्त्री पोखरेलले रुपन्देही देवदहमा एक बालिकाको रहस्मय मृत्यूका सम्बन्धमा पनि प्रदेश सरकारको ध्यानआर्कषण भएको बताए । उनले बालिकाको रहस्मय रुपमा मृत्यू भएको बिषयमा सुरक्षा निकायलाई दोषीलाई कारवाहीको दायरामा ल्याउने गरि अनुसन्धान गर्न ध्यानआर्कषण गराइएको बताए । उक्त अवसरमा पूर्व सांसद विनोद पहाडीले रुकुम घटनासँगै लकडाउनका बेलामा मात्रै ३२ वटा जातीय छुवाछुतका घटना घटेकाले यसको अन्त्यका लागि सरकारले ठोस कदम चाल्नुपर्ने बताए । संगठनका प्रदेश ५ संयोजक जोगलाल विश्वकर्माले जनआन्दोलनपछि दलित भएकै कारण १८ जनाको निर्मम हत्या भएकाले सरकार संवेदनशिल बन्नुपर्ने बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x