भारतमा पाकिस्तानी जासूसहरू पक्राउ, २४ घन्टाभित्र देश छोड्न आदेश

पाकिस्तानको जासूसी संस्था इन्टर सर्भिसेज इन्टेलिजेन्स (आईएसआई) का जासूसहरूलाई गोप्य दस्तावेज आदानप्रदान गर्ने क्रममा आइतवार भारतले पक्राउ गरेको छ । 

उनीहरू पक्राउ परेपछि पाकिस्तानको जासूसीको जालो उजागर भएको छ । आईएसआईका जासूसहरूले आफूलाई व्यापारी बताउँदै रक्षा अधिकारीहरूसँग भेट्ने गरेका थिए । समाचारका लागि जानकारी लिने गरेको उनीहरू बताउँथे । 


Advertisement

जानकारी पाउनेबित्तिकै उनीहरू त्यसलाई आईएसआईकहाँ पुर्‍याइहाल्थे । कश्मीर अनि सेनाका विषयमा गोप्य जानकारी हासिल गर्ने उनीहरूको दाउ थियो । 

पक्राउ परेका तीनजनालाई आईएसआईले तालिम दिएको थियो । आबिद हुसैन र ताहिर खान नक्कली आधार काडै लिएर हिँडिरहेका थिए र उनीहरूको कार जावेद हुुसैनले चलाएका थिए । उनीहरू रक्षाका अधिकारीहरूलाई बारम्बार फकाउने र सूचना धुत्ने काम गरिरहेका थिए । 


Advertisement

उनीहरूलाई भारतको सैन्य जासूसहरूले आफ्ना राडारमा राखेका थिए । दिल्ली प्रहरीको विशेष सेलसँग मिलेर उनीहरूले पाकिस्तानीहरूलाई ट्य्राक गरिरहेका थिए । 

आइतवार तीनैजना पाकिस्तानीहरू निकै संवेदनशील सूचनाका लागि एक रक्षा कर्मचारीलाई भेट्न दिल्लीको करोलबाग गएका थिए । त्यतिखेरै उनीहरूलाई पक्राउ गरिएको हो । 

यी तीनैजना भारतस्थित पाकिस्तानी उच्चायुक्तको कार्यालयका कर्मचारी हुन् । उनीहरू गोप्य दस्तावेज आदानप्रदान गर्ने प्रयासमा रंगेहात पक्राउ परेका हुन् । यस घटनाले भारत र पाकिस्तानबीचको सम्बन्ध झनै तिक्त हुने बताइएको छ ।

यी जासूसहरूविरुद्ध अफिसियल सिक्रेट्स याक्ट अन्तर्गत उजुरी दर्ता गरिएको छ । भारतले पाकिस्तानी उच्चायोगका दुई कर्मचारीलाई पर्सोना नन ग्राटा घोषणा गरेको छ । उनीहरूलाई २४ घन्टाभित्र देश छोडेर जान भनेको छ । हाई कमिसनका अन्य कर्मचारीमाथि पनि भारतले कडा निगरानी राखिरहेको छ ।

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्