बाँके दुर्घटनाका घाइतेको निःशुल्क उपचार गर्न अध्यक्ष प्रचण्डको माग

फाइल फोटो।

सत्तासिन नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बाँके दुर्घटनाका घाइते निःशुल्क उपचारको माग गरेका छन्।

जमुनाहबाट सल्यान जाँदै गरेको ना५ ख ५९९५ नम्बरको फोर्स गाडी राप्तीसोनारी गाउँपालिका–१ अगैया नजिकै पूर्वपश्चिम राजमार्गको ठुरिया जङ्गलमा रोकिराखेको बा४ख ९०६४ नम्बरको ट्रकमा ठोक्किँदा १२ जनाको मृत्यु भएको थियो भने २१ जना घाइते भएका थिए।


Advertisement

प्रचण्डले वक्तव्यमार्फत दुर्घटनामा परी निधन भएकाप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेका छन्।

उनले दुर्घटनामा घाइते भएको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उनीहरुको निःशुल्क स्वाथ्योपचारको माग गरेका छन्। ‘लकडाउनको समयमा तीव्र गतिका कारण हुने गरेका यस प्रकारका सवारी दुर्घटना रोक्न सम्बन्धित सबैको गम्भीर ध्यानाकर्षण पनि गराउँछु,’ उनले भनेका छन्।


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्