×

NMB BANK
NIC ASIA

सुरक्षित गर्भपतन गराउने बढे

जेठ २०, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

मकवानपुरको भीमफेदी गाउँपालिकामा पछिल्लो समय सुरक्षित गर्भपतन गराउने महिलाको सङ्ख्यामा वृद्धि भएको पाइएको छ । 

Muktinath Bank

असुरक्षित गर्भपतनका कारण आमाको स्वास्थ्यमा पर्ने असरलाई रोक्न सहयोग पुर्‍याउन उद्देश्यले शुरु गरिएको यो सेवाप्रति महिलाको आकर्षण र चेतनास्तरमा भएको वृद्धिले पछिल्लो समय सुरक्षित गर्भपतन गराउने महिलाको सङ्ख्यामा वृद्धि भएको हो ।  


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागू गरेको लकडाउनका कारण स्वास्थ्य जाँच, उपचार, सुरक्षित गर्भपतन तथा परिवार नियोजन सेवाजस्ता अत्यावश्यक स्वास्थ्य सेवामा आम नागरिकको सहज पहुँच हुन नसकिरहेको अवस्थामा भीमफेदीस्थित स्वास्थ्य केन्द्रमा भने हिजोआज सुरक्षित गर्भपतन, यौन तथा प्रजनन स्वास्थ्य तथा परिवार नियोजन सेवा लिने सेवाग्राहीको सङ्ख्यामा वृद्धि भएको छ ।


Advertisment
Nabil box
Kumari

लकडाउनका कारण बजारका ठूला अस्पतालसम्म पुग्न असजिलो हुने भएकाले यहाँका महिलाहरू सुरक्षित गर्भपतन तथा प्रजनन स्वास्थ्य सेवा स्थानीय स्वास्थ्य केन्द्रबाट नै लिने गरेको भीमफेदी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रामनाम थिङले बताए । “महिलाको जनचेतनामा आएको वृद्धिका कारण सुरक्षित गर्भपतन तथा प्रजनन स्वास्थ्य सेवा लिनेहरूको सङ्ख्यामा वृद्धि भएको हुन सक्छ”, उनले भने, “विगतमा अन्यत्र रहेका तर लकडाउनपछि घर फर्किएका सेवाग्राही बढेका कारण स्थानीय स्वास्थ्य केन्द्रमा सेवा लिनेको सङ्ख्या बढेको हुन सक्छ ।” 

Vianet communication
Laxmi Bank

 बेलाबेलामा गाउँपालिका आफैँले तथा यहाँ क्रियाशील महिला समूह, किशोरी समूह, आइपास नेपाल, ओचिण्ड मकवानपुरजस्ता गैरसरकारी सङ्घसंस्थाले सर्वसाधारण नागरिकको चेतनास्तर वृद्धिका लागि गरेको सचेतनामूलक कार्यक्रमको प्रभावका कारण पनि उनीहरूमा यौन तथा प्रजनन स्वास्थ्यका बारेमा चेतनावृद्धि भएकाले पनि सेवाग्राही बढेको हुन सक्ने अनुमान उनको छ ।

तीन स्वास्थ्य एकाइ, चार स्वास्थ्यचौकी र चिकित्सकसहितको एउटा प्राथमिक स्वास्थ्य केन्द्र गरी आठ वटा स्वास्थ्यसंस्थामार्फत गाउँपालिकामा सबै प्रकारको स्वास्थ्य सेवा उपलब्ध भइरहेको गाउँपालिकाका अध्यक्ष थिङ्ले जानकारी दिए ।

उनका अनुसार त्यसबाहेक स्वास्थ्य स्वयंसेविकामार्फत प्रजनन स्वास्थ्य, परिवार नियोजन, मातृशिशु, सुरक्षित गर्भपतनजस्ता स्वास्थ्य परामर्श सेवा एवं परिवार नियोजनका अस्थायी साधन वितरण गर्ने काम नियमितरूपमा भइरहेको छ । गाउँपालिकामा प्रत्येक महिना महिला स्वास्थ्य स्वयंसेविकाको बैठक बस्ने र बैठक सकेर घर फर्कंदा स्वयंसेविकाले कण्डम, पिल्सजस्ता परिवार नियोजनका अस्थायी साधन लिएर जाने र आवश्यक भएकालाई निःशुल्क वितरण गर्ने उनले जानकारी दिए ।

यौन तथा प्रजनन स्वास्थ्य एवं सुरक्षित गर्भपतन सेवाका सम्बन्धमा काम गर्ने यहाँ क्रियाशील विभिन्न सङ्घसंस्थाले सरकारद्वारा मान्यताप्राप्त स्वास्थ्य संस्थाबाट गर्भपतन सेवा लिँदा हुने फाइदा तथा अवैधानिक र असुरक्षित संस्थाबाट सेवा लिँदा हुने हानी नोक्सानीका बारेमा गाउँगाउँ र टोलटोलमा समूह बनाएर जानकारी गराएका कारण मान्यता प्राप्त संस्थामा गर्भपतन गराउन आउनेको सङ्ख्यामा वृद्धि भएको दावी स्थानीयवासीको छ । 

विगतमा अशिक्षा तथा डरका कारण सुरक्षित गर्भपतन सेवा लिन हिच्किचाएर असुरक्षित तथा स्वास्थ्यमा गम्भीर असर पर्ने गरी सेवा लिनेको सङ्ख्या अधिक रहेको र हाल चेतनास्तरको वृद्धिका कारण मान्यता प्राप्त स्वास्थ्य संस्थाबाट सेवा लिनेको सङ्ख्या बढिरहेको निवुवाटार स्वास्थ्यचौकीका सुरक्षित गर्भपतनका लागि तालिमप्राप्त स्वास्थ्यकर्मी सानु लामाले बताए ।

भीमफेदी गाउँपालिकामा भएका दुई मान्यताप्राप्त सुरक्षित गर्भपतन सेवा उपलब्ध गराउने संस्थामध्ये पछिल्लो निबुवाटार स्वास्थ्यचौकीमा हाल मासिक छ जनासम्मले सुरक्षित गर्भपतन सेवा लिने गरेका छन् ।
 
त्यस्तै, भीमफेदी प्राथमिक स्वास्थ्य केन्द्रमा मासिक १० जनासम्मले सुरक्षित गर्भपतन सेवा लिने गरेको स्वास्थ्य केन्द्रमा सुरक्षित गर्भपतन सेवा हेर्ने स्वास्थ्यकर्मी जुना घिसिङले बताइन् ।

उनका अनुसार सुरक्षित गर्भपतनका साथसाथै गर्भपतनपश्चातको परिवार नियोजन सेवा लिनेको दर पनि बढिरहेको छ ।

उनले केन्द्रमा अविवाहित किशोरीदेखि नचाहँदानचाहँदै गर्भ रहनपुगेका विवाहित महिलासमेत गर्भपतनका लागि आउने गरेको र आफूहरूले अति गोप्य र सुरक्षित तवरले गुणस्तरीय सेवा दिने गरेको बताइन् ।

“सुरक्षित गर्भपतन गर्दा हुने महिलालाई सहज र सेवाका बारेमा स्थानीयस्तरका महिलामा परामर्शका कारण एक वर्षयता स्वास्थ्यकर्मीको सल्लाहअनुसार सुरक्षित गर्भपतन गराउनेको सङ्ख्या वृद्धि भएको छ”, स्वास्थ्यकर्मी घिसिङले भनिन्, “यो सेवाबाट स्थानीय महिलालाई निकै सहज भएको छ । इच्छा नभएका गर्भ गर्भपतन गराउन आवश्यक महिला तथा किशोरीलाई सुरक्षितरुपमा गर्भपतन गराउने वातावरण तयार पार्नु कार्यक्रमको मुख्य उद्देश्य छ ।” 

भीमफेदी गाउँपालिकामा प्रजनन तथा यौन स्वास्थ्यसम्बन्धी बुझाइ पहिलेभन्दा फेरिएको गाउँपालिकाका उपाध्यक्ष पार्वती रानाले बताइन् । गाउँपालिकाको स्वास्थ्य शाखा तथा जनप्रतिनिधि एवं सङ्घसंस्थाको पहलमा चेतनामूलक कार्यक्रम गर्नाका कारण समाजमा सकारात्मक परिवर्तन आएको उनको भनाइ छ । विभिन्न सङ्घसस्थाले पालिकाको काममा होस्टेमा हैसे गरेको उनले बताइन् ।

विगतमा कुनैबेला अनिच्छित गर्भपतन गराउनु कानूनीरूपमा अवैधानिक थियो । कसैले त्यसरी गर्भपतन गराए भ्रुण हत्याको आरोपमा कानूनी सजाय भोग्नुपर्थ्यो । कानूनको डरले गर्भपतन गर्ने काम भने रोकिँदैन थियो । गर्भपतन गराउने लुकीछिपी विभिन्न असुरक्षित तरिकाले गर्भपतन गराउँथे । गर्भपतनसम्बन्धी कानून बनिसक्दासमेत अशिक्षाका कारण कतिपय त गर्भपतन गराउन झारफुक गर्ने, झारबुट्टा तथा हानिकारक चिजवस्तु खाने, गह्रौँ वस्तुले पेटमा हान्ने एवं तिखा तथा धारिला वस्तुले यौनाङ्ग र पाठेघरमा घोच्नेलगायतका घातक प्रयास हुन्थे । अविवाहित गर्भवतीले मानसिक तनावको व्यवस्थापन गर्न नसक्दा जीवन नै त्यागेका थुप्रै उदाहरण भेटिन्थे । तर हिजोआज समय फेरिएको छ । देशमा भएका तीन तहका सरकारले चेतनावृद्धिका लागि काम गरिरहेका छन् । भीमफेदीमा ओचिण्डजस्ता सामाजिक सङ्घसंस्थाले घरघरमा पुगेर चेतना फैलाइरहेका छन् । तालिम, गोष्ठी आयोजना भएका छन् । 

निश्चित अवधिको गर्भपतन गराउन पाउने कानून बनेपछि जोसुकैले पनि कानूनीरूपमै र गोप्य तवरले अनिच्छित गर्भपतन गराउन पाउने भएका छन् ।

गर्भपतन कहाँ, कसले, किन, कसरी र कोबाट भन्ने जानकारी प्राप्त गरेका इच्छुकहरूलाई सेवा लिन सजिलो भएको छ । स्थानीय सरकार तथा ओचिण्ड मकवानपुरले गर्भपतन नै गराउन नपर्ने अवस्था सिर्जना गर्न परिवार नियोजनका अस्थायी र स्थायी साधनका बारेमा चेतना कुनाकुनासम्म पुर्‍याउन लागिपरेको दखिन्छ । रिपेश दाहाल/रासस

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १७, २०८०

मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...

मंसिर १४, २०८०

काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...

कात्तिक २१, २०८०

काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ ।  विश्वभर नै आलुको बढी प्रयोग हुने ...

कात्तिक २५, २०८०

कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १  तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...

कात्तिक २६, २०८०

काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...

कात्तिक १९, २०८०

धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x