मंसिर १६, २०८०
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...
कोरोना भाइरस संक्रमणको महामारीसँगै जारी लकडाउनमा परेका अप्ठ्यारोमा परेका विद्यार्थीलाई नेविसंघ नेता रमेश कुँवरले सघाउँदै आएका छन् ।
अछाम जिल्ला स्थायी ठेगाना भई काठमाडौं उपत्यकामा अलपत्र परेका करीब २०० भन्दा बढी विद्यार्थी र मजदुरलाई खाद्यान्न वितरण गरिएको नेता कुँवरले बताए ।
समाजसेवी व्यक्तित्व राजेन्द्र शाहको सहयोगमा नेता कुँवरले समन्वय गर्दै विद्यार्थी र मजदुरलाई राहत वितरण गरिरहेका छन् । ‘समस्यामा परेका विद्यार्थीलाई खाद्यान्न वितरण र नगद राहत दिने तथा अछाम फर्किन चाहनेलाई यातायातको व्यवस्था मिलाइदिन समन्वय गर्ने गरिएको छ,’ कुँवरले भने ।
लकडाउन हुनुभन्दा केही दिनअघि नेता कुँवरको काठमाडौंको गौशालास्थित मातृभूमि सेवा आश्रयमका अनाथ बालबालिकालाई माक्स र साबुन समेत वितरण गरेका थिए । लकडाउनपछि कीर्तिपुर, वानेश्वर, लैनचौर, कोटेश्वर, महादेवस्थान, मैतीदेवी, ग्वार्को लगायतका क्षेत्रमा घरदैलोमै पुगेर सहयोग गर्ने गरिएको नेता कुँवरले बताए ।
कुँवरले विद्यार्थीको डेरामै पुगेर चाबहिल, स्वयम्भू, कीर्तिपुर, वानेश्वर, कोटेश्वर, सिनामंगल, लैनचौर, धापाखेल क्षेत्रमा बस्ने करीब ५० जना विद्यार्थीलाई आर्थिक वितरणमा सहयोग र समन्वय गरेका छन् । काठमाडौंबाट सुदूरपश्चिमका विभिन्न जिल्लामा जान चाहने विद्यार्थीलाई यातायात व्यवस्थापनमा समन्वय गरेर मास्क र स्यानिटाइजर वितरण गर्ने गरिएको कुँवरले बताए ।
‘लकडाउनको विषम परिस्थितिमा समस्यामा परेका विद्यार्थी र मजदुरहरूलाई सहयोग गर्न पाउँदा खुशी छु,’ नेता कुँवरले भने, ‘यो बेला अरुको विरोध मात्रै गरेर बस्नुभन्दा युवाहरूले रचनात्मक र सामाजिक सेवामा लाग्नुपर्छ ।’ विद्यार्थी नेता एवं सामाजिक आध्यात्मिक अभियान्ता कुँवर ललितपुरको पाटन संयुक्त क्याम्पसमा एमएस्सी भौतिक शास्त्र दोस्रो सेमिस्टरमा अध्ययनरत छन् । आगामी दिनमा पनि समस्यामा रहेका विद्यार्थीलाई सहयोग गर्ने कार्यलाई निरन्तरता दिइने नेता कुँवरले बताए ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...
जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ। सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् । विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...
‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...
दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...
आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...
दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो । यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...