×

NMB BANK
NIC ASIA

लकडाउनका कारण बालबालिकामा देखिएको शारीरिक तथा मानसिक समस्या रोक्न स्थानीय तह प्रतिबद्ध

जेठ २०, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

कोरोना भाइरसको महामारीबाट विश्व आक्रान्त बनेको बेला नेपाल पनि अछुतो रहेन । सम्पुर्ण तहका सरकारहरुको साझा चासोको विषयमा कोरोना नियन्त्रण तथा रोकथाम रहनुको साथै केन्द्रीय, प्रादेशिक र स्थानीय सरकारहरुका नियमित कामकारवाहीहरुले गति लिइरहेका छन् ।

Muktinath Bank

स्थानीय सरकारहरु आ–आफ्नो गाउँपालिका तथा नगरपालिकाहरुमा योजना निर्माणको चरणमा रहेका छन् भने अर्कातर्फ कोरोनाको प्रतिकार्यको काम चलिरहेको बखतमा बालबालिकाका संरक्षण सम्बन्धी विभिन्न घटनाक्रमहरु बढ्दो रुपमा रहेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

वर्ल्ड भिजनले प्रदेश २ र ५ का ६ जिल्लामा हालै ७ सय ६१ सहभागीसँग गरेको एक मूल्यांकन (र्‍यापिड एसेसमेन्ट) अनुसार बालबालिकामाथि हुने हिंसा र दुर्व्यवहार आठ प्रतिशतले वृद्धि भएको छ भने ६० प्रतिशत परिवारले आफ्ना पाँच वर्ष मुनिका बालबालिकाको दैनिक आहार जुटाउन समस्या भएको बताएका छन् । 


Advertisment
Nabil box
Kumari

यही सन्दर्भमा गाउँपालिका राष्ट्रिय महासंघ र वर्ल्ड भिजन इन्टरनेशनल नेपालको सहकार्यमा बालबालिकाको संरक्षण र सहभागिता विषयक अनलाइन छलफल कार्यक्रम जेष्ठ १४, १६ र १९ गते गरी विभिन्न तीन चरणमा सम्पन्न भएको छ । 

Vianet communication
Laxmi Bank

प्रदेश १, २, ३, ४ र ७ गरि जम्मा २८ स्थानीय सरकारका प्रतिनिधि सहभागी भएको सो कार्यक्रममा पालिकाका अध्यक्ष, उपाध्यक्ष, प्रशासकीय प्रमुखको सहभागिता रहेको थियो । बालश्रम, बालविवाह, लागुऔषध दुव्र्यसनी र बेचबिखनको जोखिम बढ्न सक्ने भन्दै समयमै यसतर्फ सबैले जोड दिँदै स्थानीय तहको योजना तर्जुमा प्रक्रियामा बालबालिका लक्षित कार्यक्रम र बालसहभागिता आवश्यक रहेको कुरा कार्यक्रममा छलफलको मुख्य विषय रह्यो ।

उक्त कार्यक्रममा आफ्नो धारणा राख्दै गाउँ तथा नगरपालिकाका प्रमुखहरुले कार्यक्रम समय सापेक्ष र उचित समयमा आयोजना भएको र बजेट बिनियोजन एवं योजना तर्जुमाको चरणमा रहेको बेला बालबालिका केन्द्रित छलफल हुनुले बालबालिकाको संरक्षण तथा अधिकार सुनिश्चित गर्न स्थानीय तहलाई थप संवेदनशील बन्न झक्झकाएको बताए ।

हाल लकडाउनका कारण बालबालिकामा देखिएका समस्याहरुलाई समाधान गर्न स्थानीय तह लागि परेको र  सहभागीहरुले आफ्नो गाउँपालिकामा आगामी योजना तथा बजेट बालबालिका केन्द्रित हुने कुराको प्रतिबद्धता पनि जनाए ।

बन्दाबन्दीका बेला बालबालिकामा हुनसक्ने मानसिक तथा शारिरिक दुर्व्यवहार र त्यसले बालबालिकामा पर्ने असरको बारेमा पनि छलफल गरिएको थियो । साथै सडक बालबालिका, स्याहारकर्ता बिना हुर्किरहेका बालबालिका, बाल गृहमा रहेका बालबालिकाहरुमा बन्दाबन्दीले परेको असर र चुनौतिका बारेमा आफ्नो धारणा राख्दै वर्ल्ड भिजनका बाल संरक्षण व्यवस्थापक दिलिप गिरीले स्थानिय तहबाटै बाल संरक्षण तथा न्यायिक पद्दतिलाई बलियो बनाउँदै लैजानुपर्ने कुरा प्रष्ट पारेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x