माघ ५, २०८०
मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...
जेठ २१, २०७७
मध्यजेठको उखरमाउलो गर्मीमा पनि २ वटा ज्याकेट तथा जाडो महिनाको न्यानो टोपी लगाएर म्याल (एक प्रकारको काठ)को लौरो टेक्दै मंगलवार अपराह्न एक वृद्ध वीर अस्पतालबाट रत्नपार्कतर्फको सडकमा टोलाएर उभिइरहेका थिए ।
पिठ्युँमा एउटा झोला र हातमा पानीको बोत्तल रहेको अर्को झोला थियो ।
‘आफ्नै उपचारका लागि हेटौंडातिरबाट आएको हो, पहिलोपटक काठमाडौं आउँदा हिँडेर आएको थिएँ, अहिले फेरि हिँड्दै आएँ,’ ७० वर्ष पुग्नै लागेका दलबहादुर कार्कीले भने ।
पहिलोपटक १३ वर्षको उमेरमा उनी काठमाडौं आएका रहेछन् । ‘७० वर्ष पुग्न ४ महिना बाँकी छ, उमेर आफैँ हिसाब गर्नुस्,’ उनले उमेर सुनाए ।
पहिलोपटक काठमाडौं आउँदा दैनिक ९ सुका (२ रुपैयाँ २५) पैसा ज्यालामा काम गरेको उनले स्मरण गरे । त्यो विक्रम संवत् २०२० तिरको कुरा हो ।
जिन्दगीको अधिकांश समय काठमाडौंमा मजदूरी र मजबुरी जीवन व्यतित गरेका दलबहादुर केही वर्ष पहिले आफ्नो गाउँ फर्केका रहेछन्, बिरामी परेपछि ।
१३ वर्षको उमेरदेखि मजदूरी गरेका दलबहादुरले घरजम गर्ने अवसर पाएनन् । ‘यस्तै भयो सर, विवाह भएन जिन्दगी एक्लै गुजारेँ,’ लोकान्तरसँग उनले भने ।
२०७१ सालमा आन्द्राको अप्रेसन गरेपछि दलबहादुरलाई अरू रोगले पनि गाँज्यो ।
‘पछिल्लो समय दम बढ्यो, काम गर्न नसकेपछि गाउँ फर्किएँ, मैले खाने दबाइ नपाएपछि हिँड्दै काठमाडौं आएको हुँ,’ उनले भने ।
चिउरा र दालमोठ चपाउँदै ९ घण्टा पैदल हिँडेर अस्पताल
मकवानपुरको इन्द्रसरोवर गाउँपालिका ७ खार्पुका दलबहादुर १७ गते शनिवार काठमाडौं आएका हुन् । ‘बिहान ५ बजे हिँडेको चखेल हुँदै दिउँसो १२ बजे मातातीर्थ आइपुगेको थिएँ, तीन बजेतिर यहाँ आइपुगें,’ दलबहादुरले भने, ‘४ बजेतिर खानाका प्याकेट बाँडेका रहेछन्, त्यही खाएर दरवारमार्गमा गएर सुतें ।’
सार्वजनिक यातायात नचलेको र आफूलाई कसैले नल्याएका कारण हिँडनु पर्ने बाध्यता आएको उनले सुनाए ।
‘घरको आँगनबाट एम्बुलेन्स र गाडी ओहोरदोहोर गरिरहेका छन्, तर कसैले नल्याएपछि हिँड्दै आएँ,’ उनले भने ।
आन्द्राको अप्रेसन गरेका कारण नियमित जाँच गराउनु पर्ने भएकाले लकडाउनको समयमा पनि अस्पताल धाउनु परेको उनले सुनाए ।
उपचार गरेरै गाउँ फर्किने योजनामा आएका दलबहादुर विभिन्न संघ–संस्थाले दिएको निःशुल्क खाना खाएर दरबारमार्गको पेटीमा रात गुजारिरहेका छन् ।
लामो समय काठमाडौं बसाइमा कमलपोखरी क्षेत्रमा बसेका उनलाई दरबारमार्ग क्षेत्र प्रिय लाग्छ ।
‘हेर्दाहेर्दै काठमाडौंमा धेरै फेरबदल आयो, उबेला ६ हजार रुपैयाँमा घडेरी पाइएको थियो, ९ सुका तलब खानेले कहाँबाट घडेरी किन्नु ?’ उनी फिस्स हासें ।
चिउरा र दालमोठ चपाउँदै चन्द्रागिरीको उकालो चढेको उनले बताए ।
‘झोलामा तातोपानी बोकेर हिँडेको थिएँ, चिउरा र दालमोठ खाँदै हिँडें,’ उनले भने । ट्रेकिङ मजदूरको रूपमा काम गरेका कारण अहिले पनि हिँड्नका लागि धेरै समस्या नहुने उनी बताउँछन् ।
आमादब्लम ट्रेकिङ एजेन्सीमा काम गरेका उनी अन्नपूर्ण बेसक्याम्पदेखि सगरमाथाको बेसक्याम्पसम्म पुगेका थिए ।
‘तनहुँको डुम्रेबाट शुरू गरेर १८ दिनमा अन्नपूर्ण पदयात्रा पूरा हुन्थ्यो, त्यति हिँडेको ज्यान अहिले ८ घण्टा हिँड्न नसक्ने भएछ,’ उनले पुराना दिन सम्झिए ।
यो गर्मी महिनामा पनि २ वटा ज्याकेट लगाउनुको कारण खुलाउँदै भने– ‘मलाई धेरैले यो कुरा सोध्छन, दमको बिरामी भएकाले छाती चिसो हुन नदिन २ वटा ज्याकेट लगाएको । बाहै्रमास दुईटा ज्याकेट लगाउँछु ।’
बस्ने र सुत्ने ठेगान नभएका कारण शरीरमा बाक्लो लुगा लगाएर हिँडेको उनले बताए ।
गाउँमा भाइबुहारीसँग बस्दै आएका दलबहादुर सकेसम्म गाउँ नफर्किने योजनामा छन् ।
‘पाएसम्म यहीँ कतै वृद्धाश्रममा बस्न पाइन्छ कि भनेर खोजिरहेको छु, एकजनाले पशुपतिको वृद्धाश्रममा लगिदिन्छु भनेका छन् । वृद्धाश्रम नपाए मात्र गाउँ फर्कने ।’
मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...
समय : आइतवार बिहान ७ बजे स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्याएको ठाउँ) ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...
बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...
रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...
पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...
बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् । काठम...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...