×

NMB BANK
NIC ASIA

कतारमाथि प्रतिबन्धको चौथो वर्ष प्रवेश, गतिरोध अझै जारी

जेठ २१, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

खाडी राष्ट्र कतार र साउदी अरेबियाको अग्रसरतामा निर्मित गठबन्धनबीच बनेको तिक्ततापूर्ण शत्रुता यही शुक्रबार चौथो वर्षमा प्रवेश गर्दैछ । यी दुई पक्षबीचको असमझदारी तत्कालै टुंगिने कुनै संकेत देखिएको छैन । 

Muktinath Bank

सन् २०१७ को जुन महिनामा साउदी अरेबियाका मित्रदेशहरु संयुक्त अरब इमिरेट्स (युएई), बहराइन र इजिप्टले कतारसँगको सबै सम्बन्ध एकाएक तोडेका थिए । कतारले कट्टरपन्थी इस्लामिक अभियान र इरानलाई सहयोग गरिरहेको उनीहरुको आरोप थियो, तर कतारले यी आरोपमा सत्यता नभएको भन्दै आजपर्यन्त निरन्तर खण्डन गरिरहेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यसै वर्ष यी असमझदारी हट्ने र पूर्ववत सम्बन्ध कायम हुने संकेतहरु देखिएका भए पनि प्रगति हुन सकेको छैन ।


Advertisment
Nabil box
Kumari

सन् २०१७ मे २४ मा कतारका शासकको नामबाट राज्य संचालित समाचार एजेन्सीको वेबसाइटमा एउटा वक्तव्य प्रकाशन हुन्छ । यो विज्ञप्तिमा इस्लामिक क्रान्तिलाई कतारको समर्थन रहेको तथा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आलोचना गरिएको थियो ।

Vianet communication
Laxmi Bank

उक्त विज्ञप्ति प्रकाशन भएलगत्तै कतारले सो सामग्री गलत भएको र कसैले समाचार संस्थाको साइट ह्याक गरेको जनायो । तर यो विज्ञप्तिलाई आधार बनाएर खाडी क्षेत्रका संचार माध्यमले समाचार सम्प्रेषण गरेका थिए । 

जुन ५ मा साउदी अरेबिया र यसका गठबन्धन मुलुकहरुले एकाएक कतारसँगका सबै सम्बन्ध तोडेको घोषणा गरे । 

यस घोषणामा कतारसँगको हवाई, सडक, सोझो सिपिङ र कुटनीतिक सम्बन्ध सबै तोडिएको कुरा उल्लेख थियो ।

अरु मुलुकले पनि आफ्नै किसिमले कतिपय अवस्थामा सामान्य प्रतिबन्धहरु घोषणा गरे ।

त्यसको एक दिनपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्वीट गर्दै आफूले हालै अरब राष्ट्रहरुको भ्रमण गर्दा कतारमाथि औंला उठाएका र कट्टरपन्थी विचारधारालाई समर्थन जनाएका बताएका थिए । 

त्यही महिनाको अन्त्यतिर साउदी गठबन्धनले कतारले सुधार गर्नुपर्ने १३ बुँदे विषय सार्वजनिक गरेको थियो । ती बुँदामा अन्य कुराका अतिरिक्त अल–जजिराको दोहास्थित कार्यालय बन्द गर्नुपर्ने तथा टर्कीको सैन्य अखडा बन्द गर्नु पर्ने शर्त राखिएका थिए । 

उक्त १३ बुँदे मागपत्रमा रियादको मुख्य दुश्मन इरानसँगको सम्बन्ध कतारले तोड्न आग्रह गरिएको थियो । 

तर कतारले साउदी गठबन्धनका सबै माग अस्वीकार गरिदियो, किनभने कतारको भनाईमा यी मागहरु यथार्थपरक नभएका र कार्यरुपमा परिणत गर्न नसकिने थिए । 

यस विभाजनले क्षेत्रीय यात्रामा जटिलता उत्पन्न गर्नुका साथै परिवारहरुलाई विच्छिन्न बनाएको छ भने कतारको व्यवसायमा लागत बढाएको छ । 

दोहा विरुद्धको यस गठबन्धनले आफ्ना मागहरु अरु थप्यो । जुलाई २०१७ मा गठबन्धनले कतारसामू १८ जना शंकास्पद अतिवादी समूह र संस्थाको सूची दियो । यो सूचीमा उल्लिखित व्यक्ति तथा संस्थामाथि कानुनी कारबाही गर्न माग गरिएको थियो । पछि यो सूचीमा नाम थपेर ९० बनाइयो ।

सन् २०१७ अगष्टमा बिआउटक्यू नामको भूउपग्रहले फुटबल समेतका मुख्य कार्यक्रमहरुको साउदी दर्शकलाई ध्यान दिएर प्रसारण शुरु गरेको थियो । 

कतारस्थित खेलकुद प्रसारक बीइनले साउदीले आफ्ना सामग्री अनधिकृत रुपमा प्रसारण गरेको आरोप लगायो । बीइन र साउदीबीचको यो विवाद अझै पनि कानुनी निरुपणको विषय बनेको छ । 

सन् २०१८ भर कतार र संयुक्त अरब इमिरेट्सबीच हवाई मार्गको विषयलाई लिएर विवाद भएको थियो । यो विषय अहिले पनि अन्तर्राष्ट्रिय अदालतमा विचाराधीन छ । 

अर्को वर्ष युएईले एसियाली कप फुटबल प्रतियोगिता आयोजना गर्यो । कतार यो खेलमा विजयी भयो, तर खेल मैदान खाली थियो किनभने कतारी फुटबल खेलप्रेमीलाई युएई प्रवेशमा रोक लगाएको थियो । मैदानमा देखिएका एक जना कतारी पोशाक लगाएका बेलायती नागरिकलाई पक्राउ गरिएको थियो । 
 
राष्ट्रपति ट्रम्पले कतारप्रति केही नरम र लचक रहेको बताएका थिए । उनले कतारका शासक अमिर शेख तमिम बिन हमाद अल–थानीलाई अप्रिल २०१९ मा ह्वाइट हाउसमा आमन्त्रण गर्नु भएको थियो, र त्यस भेटवार्तामा अल–थानीलाई राष्ट्रपति ट्रम्पले “मित्र” भनी सम्बोधन गरेका थिए । 

अरब राष्ट्रहरुमा निकै लोकप्रिय फुटबल खेलले आपसी सदभाव बढाउन केही हदसम्म सफल रहेको थियो । कतारमा आयोजित क्षेत्रीय फुटबल प्रतियोगितामा साउदी अरेबिया, युएई र बहराइन पनि सहभागी भए । सन् २०१९ डिसेम्बर ८ मा सम्पन्न फाइनल खेलमा बहराइन विजयी भयो ।

दुई वर्षअघि यस्तै प्रतियोगितामा साउदी अरेबिया, युएई र बहराइनले कतारमा खेल्न अस्वीकार गरेका थिए, र यी देशले कुवेतमा प्रतियोगिता सारेका थिए । 

यही फुटबल खेल भइरहेका बखत कतारका विदेश मन्त्रीले साउदी अरेबियासँगको वार्तामा निकै प्रगति भएको भनाई सार्वजनिक गरेका थिए । यी दुई मुलुकबीचको सम्बन्धमा सुधार ल्याउन खाडी राष्ट्रहरु कुवेत र ओमानले मध्यस्थता गरेका थिए । 

तर डिसेम्बर २०१९ मा कतारका अमिरले रियादमा आयोजित खाडी सहयोग परिषदको बैठकमा सहभागी हुन साउदी अरेबियाले गरेको निमन्त्रण अस्वीकार गर्नु भयो । उहाँको साटो तत्कालीन प्रधानमन्त्री अब्दुल्लाह बिन नासेर बिन खलिफा अल–थानी बैठकमा सहभागी भएका थिए ।

फेब्रुअरी २०२० मा कतारका विदेश मन्त्रीले साउदी अरेबियासँगको वार्ता एक महिना पहिले नै स्थगन गरिएको जानकारी दिए, तर उहाँले साउदी अरेबियासँगका असमझदारी हटाउन वार्ता प्रयास जारी रहने बताउनुभयो । 

कतारसँगको विवादको चौथो वर्ष प्रवेशसँगै कतारमाथि लक्षित गरी सामाजिक सञ्जालमा विविध धारणा सार्वजनिक भइरहेका छन् । सामाजिक सञ्जालमा कतारले खाडी सहयोग परिषद (जिसीसी) बाट बाहिरिने दाबी गरिएका छन् । 

मे २८ मा कतारका विदेश मन्त्रीले एएफपीसँगको कुराकानीमा जिसीसी परित्याग गर्ने कुराको खण्डन गरे । तर उनले यस समूहको कार्यप्रति शंका व्यक्त गर्दै भन्नुभयो, क्षेत्रको कुटनीतिक संकट समाधान गर्न यो संस्था पनि असफल भएको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x