कांग्रेसले सरकारलाई भन्यो– जेठ २५ सम्म कर तिरिसक्ने ताकेता फिर्ता लेऊ, नत्र 'भद्र अवज्ञा' !

फाइल फोटो

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले जेठ २५ भित्र कर तिरिसक्न आन्तरिक राजस्व विभागले गरेको ताकेता तत्काल फिर्ता लिन माग गरेको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवाले बुधवार एक विज्ञप्ति जारी गर्दै उक्त कदम सरकारले फिर्ता नलिए भद्र अवज्ञाको विकल्प नरहने चेतावनी दिएका छन् ।


Advertisement

'नागरिकले तिर्ने करले नै मुलुक चल्ने हो, तर करदाताले प्रतिकूल परिस्थिति भोगिरहेका बेला सहजीकरण गर्ने कर्तव्य र जिम्मेवारी सरकारको हो । सरकारले त्यो जिम्मेवारी निर्वाह नगरेर अनुदार ढंगले ताकेता गर्दा त्यसलाई भद्र अवज्ञा गर्नुभन्दा अर्को विकल्प नागरिकको रहँदैन,' कांग्रेस सभापति शेरबहादुर देउवाद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

आन्तरिक राजस्व विभागमार्फत सरकारले उद्योगी व्यवसायीहरूलाई यही जेठ २५ भित्र कर तिरिसक्न ताकेता गरेको थियो ।


Advertisement

हेर्नुहोस्, विज्ञप्ति :

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्