कोभिड- १९ बाट काठमाडौंको शिक्षण अस्पतालमा एकको मृत्यु, मृतकको संख्या ९ पुग्यो

नेपालमा कोरोनाभाइरस (कोभिड १९) बाट मृत्यु हुनेको संख्या ९ पुगेको छ ।

काठमाडौंको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचाररत दोलखाका ७६ वर्षीय वृद्धको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बुधवार नियमित पत्रकार सम्मेलनमा जानकारी दिएका छन् ।


Advertisement

काठमाडौं मेडिकल कलेज (केएमसी)मा उपचाररत रहँदा कोभिड संक्रमण पुष्टि भएपछि उनलाई शिक्षण अस्पतालको आइसोलेसनमा सारिएको थियो ।

शिक्षण अस्पतालको आईसीयूमा उपचाररत रहँदा उनको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।


Advertisement

 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्