नेकपाले सरकारलाई भन्यो – रुकुम घटनाका पीडितलाई क्षतिपूर्ति दिनू

रुकुम पश्चिममा नवराज विक सहितका व्यक्तिको हत्या भएको घटनाका पीडितहरूलाई क्षतिपूर्ति दिन सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले सरकारको ध्यानाकर्षण गराएको छ ।

बुधवार छुवाछुत विरुद्धको दिवसका उपलक्ष्यमा प्रेस वक्तव्य जारी गर्दै नेकपा महासचिव विष्णुप्रसाद पौडेलले घटनामा संलग्न अपराधीलाई कडाभन्दा कडा कारवाही गर्न माग गरेका छन् ।


Advertisement

‘हालै रुकुम पश्चिममा घटित घटनाले हामी सबैलाई गम्भीर र चिन्तित तुल्याएको छ,’ वक्तव्यमा लेखिएको छ, ‘घटनाको निष्पक्ष छानबिन गर्न, अपराधीहरूलाई कडाभन्दा कडा कारवाही गर्न र पीडितहरूलाई क्षतिपूर्ति दिलाउन सरकारको गम्भीर ध्यानाकर्षण गर्दछ ।’

नेकपाले पार्टीका नेता तथा कार्यकर्ताले जातीय समानताको मान्यतालाई आत्मसात गर्नुपर्ने व्यवस्था गरिएको समेत वक्तव्यमा उल्लेख छ ।


Advertisement

 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्