झगडाले उग्ररुप लिँदा घरको छतबाट खसेर २ जना घाइते

विजय उत्सव
विजय उत्सव

पत्रकार विजय उत्सव लोकान्तरका गण्डकी प्रदेश प्रतिनिधि हुन् ।

प्रतिकात्मक तस्वीर

पोखरामा आपसी झगडाले उग्ररुप लिँदा घरको छतबाट खसेर २ जना युवक घाइते भएका छन् ।

पोखरा–१३ माछापोखरीस्थित चन्द्रबहादुर कार्कीको घरको छतबाट खसेर घाइते हुनेमा स्थानीय ३० वर्षीय विशाल नेपाली र ३५ वर्षीय विकास नेपाली हुन् ।


Advertisement

घाइतेलाई उपचारका लागि मणिपाल शिक्षण अस्पतलमा पठाइएको गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक राजेन्द्रबाबु रेग्मीले जानकारी दिए । 

बुधवार दिउँसो १ बजे विशाल र विकाससहित २१ वर्षीय मनोजकुमार दास, २३ वर्षीय अर्जुन नेपालीबीच आपसी झगडा भएको थियो । 


Advertisement

प्रहरीले अनुसन्धानका लागि मनोजकुमार दास, अर्जुन नेपाली, सन्तोष नेपाली र चन्द्रबहादुर नेपाली गरी ४ जनालाई नियन्त्रणमा लिएको छ । झगडाको विषयबारे प्रहरीले खुलाउन चाहेन । 

विजय उत्सव
विजय उत्सव

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्