×

NMB BANK
NIC ASIA

नेपालमा काेराेना भाइरस राेकथामका लागि लागू गरिएकाे लकडाउनकाे अवधि अढाइ महिना पुग्दा पनि आगामी रणनीतिमा अलमल भइरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार विज्ञहरुसँग छलफल गरेका छन् ।

Sagarmatha Cement
Muktinath Bank

बुधबार बालुवाटारमा करीब ५ घन्टा चलेकाे छलफलमा लकडाउनकाे माेडालिटी र लकडाउनकाे अवस्थामा आर्थिक र सामाजिक गतिविधिलाई सहज बनाउने विषयमा छलफल भएकाे थियाे ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

छलफलमा सहभागी नेपाल चिकित्सक संघका अध्यक्ष डा. लाेचन कार्कीका अनुसार सरकारले लकडाउनकाे उपयाेग गरेर परीक्षणकाे दायरा बढाउनु पर्नेमा त्यसाे गर्न नसकेकाे निस्कर्ष विज्ञहरुले निकालेका छन् ।


Advertisment
Nabil box
Kumari

सरकारले पछिल्लाे पटक लकडाउन ३२ जेठसम्म कायम गरेकाे र काेराेनाका संक्रमितकाे संख्या २ हजार ३ सय पुगिसकेकाे अवस्थामा अब पनि परीक्षणकाे दायरा फराकिलाे बनाउनुपर्ने सुझाव विज्ञहरुले दिएका हुन् ।

Vianet communication
Laxmi Bank

'अहिले पनि भारतबाट आउनेहरु बढिरहेका छन् । याे अवस्थामा परीक्षणकाे दायरा बढाउन सुझाव दिएका छाैँ,' बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै डा. कार्कीले भने, 'अब लकडाउनकाे माेडालिटी फेर्न विधिहरु तय गर्नुपर्छ ।' त्यसका लागि सरकारले विज्ञहरुसँग घनिभुत छलफल गरेर रणनीति तय गर्नुपर्ने उनकाे भनाइ छ ।

छलफलमा सहभागी डा. समीरमणि दीक्षितले प्रधानमन्त्री ओलीकाे अभिव्यक्तिमाथि टिप्पणी गरेका थिए ।  प्रम ओलीले यसअघिकाे एक सम्बाेधनमा भनेकाे 'बोसीय र फ्याटीय तत्व' भनेकाे के हाे भनेर डा. दीक्षितले प्रश्न गरेका थिए ।

प्रम ओलीले केही साताअघि प्रदेशका मुख्यमन्त्रीहरूको छलफलमा काेराेना भाइरस निर्जीव रहेकाे र याे निर्जीव तत्वमा बोसीय, बोसोजस्तो फ्याटीय तत्व हुने गरेकाे  बताएका थिए । त्यही तत्वले भाइरसलाई एउटा जीवित तत्वका रुपमा सक्रिय गराइदिने भनेर दिएकाे अभिव्यक्तिकाे कडा आलाेचना भएकाे थियाे ।

डा. दीक्षितले प्रधानमन्त्रीकाे याे अभिव्यक्तिले आममानिसमा भ्रम फैलाएकाे भन्दै प्रधानमन्त्री ओलीलाई प्रश्न गरेका हुन्  । 

'प्रधानमन्त्रीबाट यसरी भ्रममा पार्ने अभिव्यक्ति आउनु ठीक हाेइन भनेर छलफलमा भनेकाे छु,' डा. दीक्षितले भने, ‘उहाँले बोल्नुभएको कुराले धेरैलाई प्रभाव पर्छ, त्यसकारण प्राविधिक विषयमा धारणा राख्दा सम्बन्धित विज्ञको सल्लाह लिनु उचित हुन्छ ।’

डा. दीक्षितले लोकान्तरसँग भने - 'बोसीय होइन, प्रोटिन हुन्छ । प्रोटिनको लेयर हुन्छ । प्रधानमन्त्रीले मनन गर्नुभयो होला ।'

छलफलमा सहभागी विज्ञहरुले क्वारेन्टाइन व्यवस्थानमा जाेड दिन, परीक्षण बढाउन तथा लकडाउनकाे पालनामा जाेड दिन प्रमलाई सुझाव दिएका थिए ।

नेपालमा काेराेनाका कारण ९ जनाकाे ज्यान गइसकेकाे अवस्थामा प्रम ओलीले विज्ञहरुसँग पहिलाे पटक संयुक्त छलफल गरेका हुन् । प्रमले विज्ञहरुसँग फेरि पनि छलफल गर्ने बताएका छन् ।

छलफलमा प्रम ओलीले चाँडै नै विज्ञ समूह गठन गरिने र विज्ञ समूहकाे सुझावका आधारमा माेडालिटी तय गरिने बताएका थिए । छलफलमा उपप्रधानमन्त्री ईश्वर पाेखरेल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, स्वास्थ्यमन्त्री भानुभक्त ढकाल, स्वास्थ्य मन्त्रालयका सचिव लक्ष्मण अर्यालको सहभागिता थियाे ।

सो छलफलमा डा भगवान कोइराला, पूर्वराजदूत महेश मास्के, प्राडा पिताम्बर शर्मा,अर्थविद् स्वर्णिम वाग्ले, डाक्टरहरु अरुणा उप्रेती, लाेचन कार्की, समीरमणि दीक्षित लगायत विज्ञहरुकाे पनि  सहभागिता थियाे ।

 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x