×

NMB BANK
NIC ASIA

विमान प्रयोग गरी सगरमाथाको सर्भे

जेठ २२, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

नेपाली आकाशमा अहिले चिनियाँ विमान फाट्टफुट्ट उडेको देख्न सकिन्छ। तर, ती व्यावसायिक वा चार्टर्ड उडान भने होइन। अन्य कुनै उद्देश्य नभई सगरमाथाको उचाइ लिनका लागि चिनिया विमान आकाशमा उडेका नेपाल उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलले जानकारी दिए। चीनले आफ्नो क्षेत्रबाट सगरमाथाको उचाइ नाप्ने प्रक्रियाअन्तर्गत सर्वेक्षण सुरु गरेको हो।

Sagarmatha Cement
Muktinath Bank

दुईदेशबीचको कूटनीतिक सम्झौतापछि सरकारको निर्देशनमा नै सगरमाथा क्षेत्रमा चिनियाँ सर्वेक्षण विमान उडानका लागि अनुमति दिइएको महानिर्देशक पोखरेलले अन्नपूर्ण पोस्ट्लाई बताए।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

चिनियाँ साइडबाट सर्वेक्षणका लागि दुई सेप्टेम्बर ३० देखि डिसेम्बर ३१ सम्मका लागि दोस्रो चरणको समय निर्धारण गरिएको छ। सर्वेक्षणका लागि सफा मौसम आवश्यक पर्ने भएकाले पहिलो चरणअन्तर्गत अहिले चीनको साइडबाट सगरमाथाको उचाइ नाप्ने काम भइरहेको बताउँदै पोखरेलले सर्वेक्षणका लागि उडान हुने समयमा काठमाडौं विमानस्थललाई टावर सम्पर्क कार्यालय तोकिदिएको जानकारी दिए। नेपालमा वर्षायाम सुरु हुने भएकाले जुन २० देखि उता सेप्टेम्बर २९ सम्म सगरमाथा उचाइ मापनको काम रोकिने बताइएको छ।


Advertisment
Nabil box
Kumari

यता, नेपालको साइडबाट पनि सर्वेक्षणको काम २०७६ पुसतिर नै सकिएको नेपाल सरकार भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गतका नापी विभागका सूचना अधिकारी दामोदर ढकालले जानकारी दिए। २०७४ माघबाट समरमाथाको विभिन्न कोणबाट उचाइ नाप्ने काम सुरु गरिएको थियो। सगरमाथाको उचाइ नाप्न नेपालले यसपटक परम्परागत र आधुनिक विधि गरी दुवै विधि अपनाएको उनको भनाइ छ।

Vianet communication
Laxmi Bank

दुईदेशबीचको कूटनीतिक सम्झौतापछि सरकारको निर्देशनमा नै सगरमाथा क्षेत्रमा चिनियाँ सर्वेक्षण विमान उडानका लागि अनुमति दिइएको हो।
सूचना अधिकारी ढकालका अनुसार परम्परागत विधि अन्तर्गत लेबलिङ विधि रहेको छ। यसमा समतलन नापि र त्रिकोणमितिय नापी पर्दछ। समतलन नापीमा पनि परिशुद्घ समतलन र त्रिकोणमितिय समतलन नापि रहेको छ। आधुनिक विधि अन्तर्गत ग्लोबल नेभिगेसन स्याटलाइट सिस्टम(जीएनएसएस) रहेको छ। अर्को गुरुत्वोकार्षण सर्वेक्षण विधि रहेको छ। परम्परागत तथा नयाँ विधिबाट नापी लिएपछि सर्भे करेक्सनका लागि यो विधि गर्न अत्यन्त जरुरी हुने ढकालले बताए। सगरमाथाको चुचुरोमा ग्राउन्ड पेनिट्रेटिङ राडर(जीपीआर) विधिबाट सर्वेक्षण गरिएको थियो। त्यसपछि मौसमसम्बन्धी तथ्यांक पनि लिन जरुरी हुन्छ भनी ढकाल भन्छन्।

यी सबै सर्वेक्षणका विधि सकेर गत पुसमा सर्वेक्षण टोली फर्किएर तथ्यांक चेकजाँचको काम भइरहेकोमा लकडाउनका कारण अहिले रोकिएको ढकालले जानकारी दिए। तथ्यांक संशोधनको अन्तिम तयारीमा रहेको बेला कोरोनाका कारण लकडाउन लागु भएपछि काम रोकिएको भन्दै ढकालले नभए गोष्ठी गरेर सगरमाथाको नयाँ उचाइ सार्वजनिक गर्ने तयारीमा नापी विभाग रहेको बताए।

विश्वको सर्वोच्च शिखर सगरमाथा नेपाल र चीनको स्वशासित क्षेत्र तिब्बतको सिमानामा पर्दछ। हाल सगरमाथको उचाइ ८,८४८ मिटर रहेको छ। सो उचाइको मापन सन् १९५२ देखि १०५४ सम्म छिमेकी मुलुक भारतमा बेलायती उपनिवेशको सरकारको समयमा भएको थियो। सर्भे अफ इन्डियाका बी.एल गुलाइटीको समूहले गरेको यो मापनलाई अहिलेसम्म विश्वले नै मान्यता दिइरहेको छ। त्यसपछिका समयमा पनि विभिन्न मुलुकले सगरमाथाको उचाइको मापन गरेको भए पनि अपानाइएका विधिका कारण तीनलाई अन्तर्राष्ट्रिय मान्यता दिएको पाइँदैन। अन्नपूर्ण पोस्टमा खबर छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x