×

NMB BANK
NIC ASIA

महाकाली अस्पतालको आइसोलेसन सङ्क्रमितले भरिभराउ

जेठ २२, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

कञ्चनपुरको भीमदत्तनगरमा रहेको महाकाली अस्पतालको आइसोलेसनकक्ष कोरोना भाइरस (कोभिड १९) का बिरामीले भरिभराउ भएको छ । बीस जना क्षमताको आइसोलेसनमा १५ कोरोना सङ्क्रमित भर्ना गरिएका छन् । एक जना आरडिटी पोजेटिभलाई आइसोलेसनमा राखिएको छ ।
 
मङ्गलबारदेखि कोरोना सङ्क्रमितको उपचार शुरु गरिएको अस्पतालमा कैलालीको गौरी गङ्गा नगरपालिकाका सात जनालाई बुधबार मात्रै उपचारका लागि भर्ना गरिएको छ । आठ कोरोना सङ्क्रमित कञ्चनपुरका रहेका छन् । कारोना सङ्क्रमित सबै जना भारतबाट फर्केका व्यक्ति हुन् ।
 
कैलालीको सेती प्रादेशिक अस्पतालमा आइसोलेसनमा राख्नका लागि ठाउँ अभाव भएपछि उनीहरुलाई महाकाली अस्पतालमा भर्ना गरिएको अस्पतालका डा सरोज आर्चायले बताए । उनका अनुसार अस्पतालमा कोरोना शङ्कास्पद १६ बिरामीलाई समेत राखिएको छ । कोरोनाका बिरामीलाई उपचारका लागि सेफर अस्पतालमा राख्ने तयारी भइरहेको छ । डा आर्चायले भन्नुभयो, “पिसीआर परीक्षणको नतिजा आउन ढिलाइ हुँदा बिरामीलाई राख्न समस्या भएको छ ।”

Muktinath Bank

सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयको लगानीमा निर्माण गरिएको ५० श्ययाको अस्पताल सञ्चालनमा आउन ढिलाइ हुँदा दासमेत समस्या भएको छ । महाकाली अस्पतालको सघन उपचारकक्षसमेत भेन्टिलेटरको अभावमा सञ्चालनमा छैन । भेन्टिलेटरका लागि तीन फार्मले बोलपत्र हालेकामा कसैको पनि स्वीकृत भएको छैन । सुदूरपश्चिम प्रदेशमा १४ आइसीयू वार्डमा आठ मात्रै भेन्टिलेटर छन् ।
 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x