कात्तिक २८, २०८०
चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...
चीनको क्वाङ्सी प्रान्तमा रहेको बालबालिकाको विद्यालयमा बिहीवार सुरक्षागार्डले जथाभावी चक्कु प्रहार गर्दा कम्तीमा ३९ जना घाइते भएको त्यहाँको सरकारी सञ्चारमाध्यमले जनाएको छ । घटनाको मकसद खुलेको छैन ।
विगत केही वर्षयता चीनका विद्यालयहरूमा यस्ता किसिमका आक्रमण हुने गरेका छन् । कुनै प्रतिशोधको भाव बोकेका वा मानसिक समस्या भएका मानिसमाथि अधिकारीहरूले दोष थोपर्ने गरेका छन् ।
आजको आक्रमणमा ३७ जना बालबालिका विद्यार्थी र दुई वयस्क परेको स्थानीय सरकारले जनाएको छ । उनीहरूमध्ये केहीलाई गम्भीर चोटपटक लागेको छ ।
चिनियाँ सञ्चारमाध्यले आक्रमणकारीको थर ली भएको पत्ता लगाएको छ । उनलाई पक्राउ गरेर प्रहरीले अनुसन्धान थालेको जानकारी दिइएको छ ।
सन् २०१८ मा पनि यस्तै किसिमको सामूहिक आक्रमण भएको थियो । अनि सन् २०१० मा विभिन्न विद्यालयमा गरिएका आक्रमणमा लगभग २० विद्यार्थी मारिएका थिए । त्यसपछि शीर्ष अधिकारीहरूले कदम चालेका थिए अनि विद्यालयहरूले थप गेट र सुरक्षागार्ड राखेका थिए ।
चिनियाँ कानूनले हातहतियार बिक्री गर्न र राख्न प्रतिबन्ध लगाएको छ । सामूहिक आक्रमणहरू प्रायः चक्कु वा घरैमा बनाइएका बमले गरिने गरेको छ ।
चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...
पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...
पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...
सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् । सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...
हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...
आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...