×

NMB BANK
NIC ASIA

प्रदेशभर पीपीई बाँड्ने स्वास्थ्य कार्यालयमै कोरोना पुष्टि भएपछि बनाइयो क्वारेन्टीन !

जेठ २२, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

कार्यालयका कर्मचारीमा कोरोना संंक्रमण पुष्टि भएपछि २ नम्बर प्रदेश स्वास्थ्य आपूर्ति केन्द्रको कार्यालयलाई नै क्वारेन्टीन बनाएर कार्यालय सञ्चालन गरिएको छ ।

Muktinath Bank

प्रदेशको सामाजिक विकास मन्त्रालय अन्तर्गतको प्रदेश स्वास्थ्य आपूर्ति केन्द्रमा कार्यरत महिला कर्मचारीमा कोरोना पोजेटिभ देखिएपछि सबै कर्मचारी कार्यालयमै क्वारेन्टीनमा बसेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

जेठ १५ गते कार्यालयमा कार्यरत महिला कर्मचारीमा कोरोना पोजेटिभ देखिएको थियो । कार्यालयका सूचना अधिकारी श्रवण नायकका अनुसार कार्यालयमा कार्यरत ९ जना कर्मचारीको जेठ ११ गते स्वाब संकलन गरेर परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं पठाइएकोमा १ जना कर्मचारीको रिपोर्ट पोजेटिभ आएको थियो । 


Advertisment
Nabil box
Kumari

कोरोना पोजेटिभ आएकी महिला कर्मचारीलाई प्रादेशिक अस्पताल जनकपुरको कोभिड विशेष अस्पतालको आइसोलेसनमा भर्ना गराइएको छ । ‘उहाँलाई भर्ना गराइएपछि कार्यालयलाई पूर्णरुपले स्यानिटाइज गरेर डिसइन्फेक्ट गरेर क्वारेन्टीनमा रुपान्तरण गरी कार्यालय सञ्चालन गर्दै आएका छौं,’ सूचना अधिकारी नायकले भने, ‘त्यस दिनदेखि हामी सबै कर्मचारी आ–आफ्नो घर नगएर कार्यालयमा नै बस्ने गरेका छौं ।’

Vianet communication
Laxmi Bank

कार्यालयमा कार्यरत ११ जना कर्मचारी कार्यालयको कार्यकक्ष तथा हलमा नै सुत्ने गरेका छन् । कार्यालयमा नै खाना पकाएर खाने गरेका छन् । ‘अन्य कार्यालय भएको भए शिलबन्द गरेर आ–आफ्नो घरमा नै क्वारेन्टीन हुँदा पनि हुन्थ्यो तर हामीले आफ्नो कार्यालय बन्द गरे प्रदेशका ८ वटै जिल्लाका अस्पताल, आइसोलेसन, क्वारेन्टीन, स्वास्थ्य कार्यालयमा स्वास्थ्य सामग्रीको आपूर्ति नै ठप्प हुन्छ,’ नायकले भने । 

केन्द्रले आठै जिल्लाबाट आउने निकायलाई स्वास्थ्य सामग्री नियमित रुपमा आपूर्ति जारी राखेको उनले बताए । स्वास्थ्य निकायलाई पर्सनल प्रोटेक्सन इक्विपमेन्ट (पीपीई), सर्जिकल मास्क, एन ९५ मास्क, ग्लोब्स, स्यानिटाइजर तथा प्रयोगशालाका लागि कोरोना परीक्षण गर्ने किट, केमिकल रिएजेन्ट लगायतका सामग्री आपूर्ति गर्ने गरिएको उनले बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x