×

NMB BANK
NIC ASIA

सरकारले पैसा नतिर्दा डायलासिस सेवा बन्द, ३०० मिर्गाैला रोगीको जीवन ‘भगवान् भरोसा’

जेठ २२, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

रुपन्देहीको देवदह नगरपालिकाका इन्द्रबहादुर थापामा ३० वर्षकै युवावस्थामा मिर्गाैलाको समस्यामा देखियो । आर्थिक अवस्थाले नभ्याएपछि उनले विगत डेढ वर्षदेखि बुटवलको गौतमबुद्ध सामुदायिक मुटु अस्पतालमा हप्तामा २ पटक मिर्गाैलाको डायलासिस गराउँदै आएका थिए ।

Sagarmatha Cement
Muktinath Bank

लकडाउनका बाबजुत पनि विभिन्न अप्ठ्यारो झेल्दै उनी अस्पतालमा आएर डायलासिस गर्थे । नियमित डायलासिस गर्दा उनलाई संघर्षका बीच जीवन लामै बिताउँछु भन्ने लागेको थियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बुधवारदेखि उनले लामो समय बाँच्ने सोचाइलाई बदलेका छन् । ‘अब बाँचिन्न होला । सरकारले मिर्गाैलाको उपचारबापत अस्पताललाई दिनुपर्ने रकम नदिएपछि मुटु अस्पतालले अब डायलासिस गर्न सकिँदैन भनेको छ । अब हामी गरीब बिरामी मर्ने नै त हो,’ उनले भने, ‘हामीलाई मार्ने भए सरकारले डायलासिस निःशुल्क गर्छु भनेर किन आशा देखायो ?’


Advertisment
Nabil box
Kumari

रुपन्देहीकै सैनामैनाका ५७ वर्षीय नारायण चालिसे पनि मिर्गाैलाका रोगी हुन् । मिर्गाैला पुनः प्रत्यारोपण गर्ने अवस्था नभएपछि मृटु अस्पतालमै सोमवार र बिहीवार डायलासिसका लागि अस्पताल आउँछन् । सन्तानविहीन चालिसले १ दिन डायलासिस छुट्यो भने मान्छे चिन्दैनन् । अब अस्पतालले डायलासिस सेवा बन्द गर्ने भएपछि उनको जीवन अब भगवान् भरोसा भएको छ ।
 
बुटवल ज्योतिनगरका ५० वर्षीय कृष्ण मल्ल पनि मुटुमै डायलासिस गर्दै आएका छन् । उनी भन्छन्, ‘सरकारले पैसा नदिएर अस्पतालले सेवा दिन सकिँदैन भनेपछि अब जे हुन हुन्छ । जति बाँचिन्छ बाँचिन्छ ।’

Vianet communication
Laxmi Bank

मुटु अस्पतालमा मिर्गाैलाको नियमित डायलासिस गर्दै आएपनि अब सेवा बन्द भएपछि समस्यामा परेका यी केही प्रतिनिधि पात्र हुन् । सरकारले मिर्गाैलाको उपचारबापत अस्पताललाई भुक्तानी गर्नुपर्ने ८ करोड रुपैयाँ रकम उपलब्ध नगराएपछि अस्पतालले आगामी असारदेखि डायलासिस सेवा बन्द गर्ने निर्णय गरेको छ । अस्पतालबाट सेवा लिइरहेका ३०० बिरामीको जीवन अनिश्चिततातर्फ धकेलिएको छ ।

११ महिनादेखि उपलब्ध गराएन रकम 

मिर्गाैलाको निःशुल्क डायलासिस सेवा दिएबापत सरकारले मुटु अस्पताललाई गत साउन महिनायता दिनुपर्ने रकम भुक्तानी गरेको छैन । अस्पतालका अध्यक्ष एजाज आलमले सरकारले उपलब्ध गराउनुपर्ने रकम नदिएपछि आफूहरूले असार १ गतेदेखि निःशुल्क डायलासिस सेवा बन्द गर्ने निर्णय गरेको बताए ।

अस्पतालले रकम भुक्तानी गर्न नसकेपछि सप्लायर्सले बिरामीका लागि आवश्यक पर्ने औषधि र उपकरण रोकेका छन् । मौज्दातमा रहेको औषधि सकिएपछि उपचार सेवा बन्द गर्नुपरेको आलमले बताए ।

‘अब हामीले उधारो सम्झौता कार्यान्वयन गर्न सकिएन । बिरामीको उपचार सेवा रोक्ने अस्पतालको मनसाय नहुँदा–नहुँदै पनि सरकारबाट भुक्तानी हुनुपर्ने रकम रोकिँदा चर्को आर्थिक संकटमा पुगेको छौं । अन्ततः बिरामीप्रति पर्न जाने असुविधाप्रति क्षमा मागेर भए पनि सेवा बन्द गर्नुपर्ने अवस्था आयो,’ आलमले भने । अस्पतालले बुटवल, पाल्पा र दाङको लमहीबाट पनि डायलासिस सेवा उपलब्ध गराउँदै आएको छ ।

सरकारले मिर्गौला पीडितको उपचारका लागि प्रतिव्यक्ति प्रतिडायलासिस २ हजार ५०० रुपैयाँ दिने गरेको छ । जुन रकम ९ वर्षअघि निर्धारण गरिएको थियो ।

नविकरणका नाममा अस्पताललाई यता र उता

अस्पताल नविकरण नगरेको भन्दै सरकारले भुक्तानी रोकेको अस्पतालको भनाइ छ । संघीय सरकारले अस्पताल दर्ता प्रदेशको अधिकार भन्ने र प्रदेश सरकारको नियमावली नबन्दा अस्पतालहरू लामो समयसम्म नविकरण हुन सकेका छैनन् । अहिले प्रदेशले नियमावली बनाइसकेको छ ।

प्रदेशमा अस्पताल नविकरण गर्ने बेलामा संघ सरकारले विशिष्टकृत सेवा दिने अस्पताल संघ अन्तर्गत नै पर्ने भन्दै पत्राचार गरेपछि नविकरण रोकिएको छ ।

कहिले अस्पताल प्रदेशले नविकरण गर्ने भन्ने फेरि संघले नै गर्ने भन्दै घरी यता घरी उता गरेर अल्मल्याएको अस्पतालको भनाइ छ । मृटु अस्पताल विगत १४ महिनादेखि नविकरण हुन सकेको छैन । ‘कहिले प्रदेशले ऐन बनेको छैन भन्यो । कहिले नियमावली बनेपछि दर्ता गर्ने भयो । अहिले फेरि अस्पताल संघमा नै दर्ता गर्ने निर्णय भएको छ भन्ने सुनियो, अब के गर्ने ?’ सञ्चालक दिनेशराज रेग्मीले भने ।

प्रत्येक ३ वर्षमा अस्पताल नविकरण गर्नुपर्ने व्यवस्था छ । संघीय संरचना नहुँदै अस्पतालहरू जिल्लाका साविक जनस्वास्थ्य कार्यालयमा दर्ता हुने गरेका थिए । संघीय व्यवस्था लागू भएर संघ काठमाडौंमा पुगेपछि सिंहदरबार गाउँगाउँमा भन्ने सरकारको नारा कागजमै सीमित भएको छ । जिल्लाबाट हुने अस्पताल नविकरण गर्न अब काठमाडौं धाउनुपर्ने भएको अस्पताल सञ्चालकको गुनासो छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्पताललाई पत्र पठाउँदै क्यान्सर, मुटु रोग, मिर्गौला रोगको सेवा प्रदान गर्ने स्वास्थ्य संस्था संघ सरकारअन्तर्गत पर्ने उल्लेख गरेको छ । ५ नम्बर प्रदेशमा ६०० मिर्गाैला पीडित बिरामीले विभिन्न १२ वटा अस्पतालमा डायलासिस गराउँदै आएका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x