×

NMB BANK
NIC ASIA

पिसिआर रिपोर्ट नआउँदा छोराले बाबुको किरिया गर्न पाएनन्

जेठ २२, २०७७

NTC
Sarbottam
फाइल तस्वीर
Premier Steels
Marvel

सल्यान जिल्लामा स्वाब सङ्कलन गरेको नौ दिन बितिसक्दा पनि पिसिआर रिपोर्ट नआएपछि छोराले आफ्ना बाबुको किरिया गर्न घर जान वञ्चित हुनुपरेको छ ।

Sagarmatha Cement
Muktinath Bank

बनगाड कुपिण्डे नपा वडा नं ६ डुरखोलाका यादव विक र नोखराज विकले घरमा बुवाको मृत्यु हुँदा पनि रिपोर्ट नआएपछि घर जान पाएका छैनन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नगरपालिकाले प्रभावकर मावि देवस्थलको क्वारेन्टिनमा रहेका ३९३ जनाको जेठ १३ गते स्वाब सङ्कलन गरी सुर्खेत पठाइएकामा अहिलेसम्म रिपोर्ट नआउँदा बुवाको काजकिरिया गर्न नपाएको यादवले जानकारी दिए ।


Advertisment
Nabil box
Kumari

‘घरमा बुवाको मृत्यु भएको छ, किरिया बस्ने हामी दुवै छोरा यही छौँ, रिपोर्ट नआएर जान मिल्दैन भन्छन् रिपोर्ट आउने पनि थाहा छैन,’ उनले भने ।

Vianet communication
Laxmi Bank

रिपोर्ट ढिला आउँदा क्वारेन्टिनमा अन्य समस्यासमेत थपिँदै जानथालेको नगरपालिकाका स्वास्थ्य प्रमुख वासुदेव पोखरेलले जानकारी दिए ।

‘नगरभित्रका क्वारेन्टिनमा रहेका ७११ जनाको स्वाब सङ्कलन गरी पठाइएकामा १५८ जनाको रिपोर्ट आएको छ जसमा ४२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ, अझै ५५३ जनाको रिपोर्ट नआउँदासम्म अन्योल छ,’ पोखरेलले भने ।

यसैबीच गत शनिबार कोरोना सङ्क्रमण पुष्टि भएका १७ जना अहिलेसम्म पनि प्रभाकर मावि र बनगाड क्याम्पसमा रहेको क्वारेन्टिनको बरण्डामा बस्न बाध्य भएका छन् । सँगै सङ्क्रमित भएका १२ जनालाई सल्यान अस्पतालको अइसोलेशनमा शनिबार भर्ना गरिएको भए पनि बाँकीलाई श्यया अभाव भएको भन्दै क्वारेन्टिनको बरण्डामा राखिएको हो ।

सङ्क्रमित र क्वारेन्टिनमा रहेका व्यक्तिले प्रयोग गर्ने शौचालय एउटै भएका कारण आफूहरुलाई समेत अप्ठेरो भएको एक सङ्क्रमितको भनाइ छ । ‘यहाँ शौचालयदेखि खानेपानीको धारासमेत एउटै छ, अरुले धारा नछोउ भनेर हेपेर बोल्छन्, हामीबाट अरुलाई कोरोना सङ्क्रमण नहोस् भनेर हामी आफैँ बरण्डामा सुत्ने र बस्ने गरेका छौँ,’ उनले भने ।

प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले पहल भइरहेको जानकारी दिए । आफूले रिपोर्ट तथा व्यवस्थापनका लागि दैनिक पहल गरिरहेको बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x