कात्तिक १७, २०८०
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...
कोभिड–१९ रोकथाम र नियन्त्रणका गर्न बन्दाबन्दी जारी रहँदा काठमाडौं जिल्लामा लक्ष्यनुसार नै सडक मर्मतको काम भएको छ । आर्थिक वर्षको अन्तिम चौमासिकको शुरुदेखि सरकारले बन्दाबन्दी गरे पनि डिभिजन सडक कार्यालयले नियमितरूपमा काम गर्दा लक्ष्यनुसार मर्मत सम्पन्न भएको हो ।
चालू आवमा ४१ किलोमिटर सडक मर्मत (ओभर ले) को लक्ष्य लिइएकामा अहिलेसम्म ४० किमीभन्दा बढीमा ‘ओभर ले’ सकिएको छ । अहिले झण्डै ३०० मिटर सडकमा ‘ओभर ले’ बाँकी रहेकाले अबको केही दिनमा सकिने कार्यालयले जनाएको छ । यस वर्ष डिभिजनले सडक मर्मतलाई नै बढी जोड दिएको डिभिजनका प्रमुख कुबेर नेपालीले बताए ।
नयाँ सडक र पुलको काम उल्लेखनीयरूपमा हुन नसके पनि यस वर्ष सडक मर्मतको काम लक्ष्यनुसार भएको हो । उनले भने, 'मुख्य र सहायक सडकमा गर्नैपर्ने मर्मतको काम अब धेरै बाँकी छैन ।'
विगतका वर्षहरूमा काठमाडौं उपत्यकामा रहेका खाल्टाखुल्टीकै कारण सडक विभागको आलोचना हुने गरेको थियो । शहरी क्षेत्रमा समेत धेरै सडक हिउँदमा धुलो र वर्षाका समयमा धुलो हुँदा स्थानीयवासी हैरान थिए ।
वर्षा पहिले गौशाला–चावहिलबाहेक अधिकांश सडक कालोपत्र भइसकेको छ । यसबीचमा विभिन्न स्थानमा पटके मर्मतको कामसमेत भइरहेको छ ।
उनले भने, 'नयाँ निर्माणभन्दा पहिले बनेका सडक मर्मत बढी भएको छ ।'
बन्दाबन्दीका समयमा विभिन्न निकायले आफ्ना काम ठप्प गरेका थिए । सडक विभागअन्तर्गतकै कतिपय सडक आयोजनाले बन्दाबन्दीको केही सातासम्म निर्माणको काम अघि बढाएको थिएन ।
डिभिजनले भने बन्दाबन्दीको शुरुवाती दिनदेखि नै काम गरिरहेको छ । शुरुका दिनमा थोरै जनशक्तिबाट सडक रङरोगनको काम शुरु भएको थियो । बन्दाबन्दीको केही सातादेखि नै आवश्यक स्वास्थ्य सावधानी अपनाएर सडक निर्माण र मर्मतको काम भइरहेको प्रमुख नेपालीले बताए । डिभिजनले सामाजिक दूरी र आवश्यक स्वास्थ्य सामग्रीको प्रयोग गरेर बन्दाबन्दीमा समेत निर्माणको काम गरिरहेको उनले जानकारी दिए ।
बन्दाबन्दीको अवधिमा मात्रै १५ किमीभन्दा बढी सडक ‘ओभर ले’ भएको छ । चालू आवभित्र कालोपत्र भएका सडकमा रङरोगनको काम झण्डै तीन किमीमात्रै बाँकी रहेको उनले बताए । ‘ओभर ले’ र नयाँ सडकमा कालोपत्र भएका ठाउँमा सडक चिह्न लगाउने काम पनि अघि बढिरहेको छ । उनले भने, 'ओभर ले भएका अरु सडकमा केही दिनभित्रै रोड मार्किङ सकिनेछ ।'
चालू आवमा नयाँ सडक निर्माण र पुल निर्माणको काम भने लक्ष्यनुसार हुन नसकेको विभागले जनाएको छ । ३० किमी सडक निर्माणको लक्ष्य राखिएकामा १२ किमीमात्रै सकिएको प्रमुख नेपालीले बताए ।
सडक मर्मत (ओभर ले) का लागिभन्दा नयाँ सडक निर्माणका लागि जनशक्ति र सामग्री दुवै बढी चाहिने र धेरै समय लाग्ने भएकाले गर्न नसकिएको उनको भनाइ छ ।
‘ओभर ले’ मा कालोपत्र सडकमा माथिबाट कालोपत्र थप्न सजिलो भए पनि नयाँ बनाउँदा आवश्यक पूर्वाधार निर्माणदेखि धेरै किसिमका काम गर्नुपर्ने हुन्छ । डिभिजनले अहिले सितापाइला क्षेत्रमा सडक कालोपत्र गरिरहेको छ ।
पहिले एक लेनको सडकलाई दुई लेनको चौडा गरेर कालोपत्र भइरहेको हो । बिहीबारसम्म दुई किमी सकिएकामा शुक्रबार थप डेढ किमी सडकमा कालोपत्र हुने उनले जानकारी दिए ।
डिभिजनले काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) सँग संयुक्त ठेक्कामा गौशाला–चावहिल र पुलतीसडक सडकमा निर्माणको काम गरिरहेको छ ।
यो सडकमा संयुक्त ठेक्कामा पाइप हाल्ने र सडक निर्माण भइरहेको छ । पुतलीसडकमा ह्युमपाइप बिच्छाएर सडक निर्माण भइसकेको छ ।
गौशाला–चावहिलमा भने पाइप बिच्छाउने काममात्रै सकिएको छ । नेपाल विद्युत् प्राधिकरणले भूमिगत तार बिच्छाउन लागेकाले सडक कालोपत्र गर्न नसकिएको हो ।
उनले भने, 'गौशालादेखि मित्रपार्कसम्मको सडक चालू आवभित्र सम्पन्न भए पनि मित्रपार्कदेखि चुच्चेपाटी गर्न सकिने देखिएको छैन ।'
नयाँ सडक निर्माणमात्रै होइन पुल निर्माणको कामले पनि गति लिन सकिरहेको छैन । डिभिजनले चालू आवमा पाँच सडक पुल निर्माणाधीन रहेकामा ती सबैको निर्माण रोकिएको उनले बताए ।
उनले भने, “चालू आवमा सम्पन्न हुने सम्भावना कम छ ।'
डिभिजनले जनशक्ति र निर्माण सामग्री सहजरूपमा उपलब्ध नभए पनि निर्माणलाई निरन्तरता दिएको हो । वर्षाका कारणले पनि चालू आवका बाँकी दिनमा काम गर्न सहज नभएको उनले बताए ।
बन्दाबन्दीको समयमा सडक निर्माणका लागि आवश्यक पर्ने जनशक्ति टाढाका जिल्लाबाट ल्याउन नसकिने त छँदैछ आवश्यक सामग्री पनि सहजरूपमा उपलब्ध छैन ।
अहिले पनि क्रसर उद्योग रातमा मात्रै खुल्ने गरेका छन् । उनले भने, 'लकडाउनले गर्दा भनेको जस्तो सामान नपाउने र पाए पनि गुणस्तरीय नपाउने समस्या छ ।'
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...
उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...
पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...