नेपालमा कोरोना संक्रमितको संख्या २९ सय १२ पुग्यो, थप २ सय ७८ जनामा संक्रमण

नेपालमा कोरोनाभाइरस (कोभिड– १९)बाट संक्रमति हुनेको संख्या २ हजार ९ सय १२ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रवार पत्रकार सम्मेनल गरी दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा थप २ सय ७८ जनामा कोभिड– १९ पुष्टि भएको छ ।


Advertisement

उनीहरूमध्ये २ सय ६७ जना पुरुष र ११ जना महिला छन् ।

कोभिड– १९ संक्रमण निको भई डिस्चार्ज हुनेको संख्या ३ सय ३३ पुगेको प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।


Advertisement

देवकोटाका अनुसार पछिल्लो २४ घण्टामा ३४  जना डिस्चार्ज भएका छन् ।

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्