कात्तिक २७, २०८०
तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...
जेठ २३, २०७७
क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीएमसी)ले हाल जारी रहेको लक-डाउनलाई बिस्तारै लूज-डाउन तर्फ लैजान नयाँ मोडालिटी बनाएको छ ।
सरकारले गरेको लक-डाउन परम्परागत रहेको र यसलाई सुधार्नुपर्ने आवश्यकता रहेको आवाज उठिरहेका बेला केन्द्रले आगामी ७० दिनभित्र जनजीवन सहज बनाउने भन्दै विस्तृत खाका तयार गरेको छ ।
जारी लक-डाउन यही जेठ ३२ गतेसम्मका लागि कायम छ । त्यसपछि सीएमसी तयार गरेको बिस्तारै लक-डाउनलाई ‘लूज-डाउनतर्फ लैजाने कार्ययोजना तहगत रूपमा लागू हुने सीएमसी स्रोतले बतायो ।
राष्ट्रिय भण्डारणको वर्तमान अवस्था, आयातमुखी अर्थतन्त्र, अपर्याप्त राष्ट्रिय उत्पादन, वैदेशिक रोजगारीबाट ठूलो संख्यामा फिर्ता हुने अनुमान, खाद्यान्न संकट हुने संयुक्त राष्ट्रसंघको प्रक्षेपण र भारतबाट हुने आयात नियन्त्रणको सम्भावनालाई ध्यानमा राखेर लक-डाउन टु लूजडाउनको कार्ययोजना कार्यान्वयन गर्न लागिएको उल्लेख गरिएको लोकान्तरलाई प्राप्त कार्ययोजनामा उल्लेख छ ।
उक्त खाकामा लूज-डाउनमा जाँदा आउने चुनौतीहरूको पनि विश्लेषण गरिएको छ । लूज-डाउनमा जाँदा सुरक्षा तथा अर्थ क्षेत्रमा हालको तुलनामा बढी चाप पर्न सक्ने, भारतीय सीमामा नेपाली नागरिक मात्र नभएर गैर-नेपालीको चाप पनि बढ्न सक्ने, वैदेशिक रोजगारीबाट फर्केकाहरूलाई क्वारेन्टाइन व्यवस्थापन गर्न चुनौती हुने र खाद्य आपूर्तिमा असर पर्ने, मानिसको चहलपहल बढ्दा संक्रमणको मात्रा बढ्न सक्ने र बढ्दो संक्रमण समुदायमा फैलिसकेको हुनाले कुनैपनि बेला भयावह चुनौती सिर्जना हुन सक्ने उक्त खाकामा उल्लेख गरिएको छ ।
यस्ता छन् लूज-डाउनका तहहरू
लूज-डाउनको पहिलो तह हालको लक-डाउनको मिति सकिएको (जेठ ३२)मितिबाट दुई हप्तासम्म लागू हुनेछ । उक्त दुई सातासम्म कृषि, दैनिक उपभोग्य सामग्री, अत्यावश्यक सवारी साधन, आन्तरिक हवाई उडानहरू खोलिनेछ । तर हवाई उडानमा ४० प्रतिशत यात्रुहरू रहनेछन् । यी क्षेत्रहरू खोल्दा सामाजिक दूरी पूर्ण रूपमा कायम गरिनेछ ।
दुई सातासम्म उल्लेखित सेवाहरू खुकुलो बनाएपछि लूज-डाउनको दोस्रो तह खुल्नेछ । यो तह पुनः २ सातासम्म कायम रहनेछ ।
दोस्रो तहमा घरेलु तथा साना उद्योग पूरै खोल्ने, अन्य ठूला उद्योग आंशिक खोल्ने, विद्यालय आंशिक खोल्ने, सेवा र मनोरन्जनका क्षेत्रहरू आंशिक रूपमा खोल्ने र निर्माण पूरै खोल्ने प्रस्ताव गरिएको छ ।
सीएमसीले प्रस्ताव गरेको तेस्रो तहमा कृषि क्षेत्र, दैनिक उपभोग्य सामग्री बिक्री–वितरण केन्द्र, निजी सवारी साधन सञ्चालन पूरै खोल्न सकिने उल्लेख छ । सार्वजनिक यातायातमा जोरबिजोर प्रणाली लगाउन सकिने बताइएको छ ।
त्यस्तै चौथो तहमा माथि आंशिक खुलाइएका र बन्द गरिएका सबै क्षेत्रहरू पूर्ण रूपमा खोल्ने प्रस्ताव सीएमसीले गरेको छ । जसमा विद्यालय, कलेजसमेत पर्छन् ।
पाँचौ तहमा सबै क्षेत्र खुला गरिसकेपछि पनि नियमित अनुगमन, सुरक्षाका उपायहरूको प्रत्याभूति लगायतका कामहरू भइरहने छन् ।
सबै क्षेत्रहरूलाई तहगत रूपमा खोल्दै जानुका साथै नियमित समीक्षा गरिने, उच्च सतर्कता अपनाइने लगायतका रणनीतिहरू पनि सीएमसीले प्रस्ताव गरेको हो ।
जेठ २५ बाटै पहिलो तहको शुरुवात गर्ने उच्चस्तरीय समितिको प्रस्ताव !
कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले जेठ २५ गतेदेखि नै लूज-डाउनको पहिलो चरण शुरुवात गर्न सकिने प्रस्ताव गरेको छ ।
पसल तथा डिपार्टमेन्टल स्टोरहरू, कपाल काट्ने सैलून, जिल्ला नकट्ने छोटो दूरीका यात्रुवाहक सवारी साधनहरू, सम्बन्धित कार्यालयको परिचयपत्रका आधारमा कामसँग सम्बन्धित सवारी साधनहरू, अस्पताल, प्रयोगशाला र निजी क्लिनिकहरू जेठ २५ गतेबाटै खोल्नुपर्ने प्रस्ताव उच्चस्तरीय समन्वय समितिले गरेको छ ।
यी प्रस्तावहरू कोरोनाको संक्रमण धेरै भएका जिल्लाहरूमा भने लागू हुनेछैनन् । १ सय भन्दा कम सक्रिय संक्रमण भएका जिल्लाहरूलाई प्राथमिकताका आधारमा छुट्याएर उल्लेखित क्षेत्रहरू खुला गर्न सकिने विषयमा समितिमा छलफल भइरहेको एक मन्त्रीले बताए ।
तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...
पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...
बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...
पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...
सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...
रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन । सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...
कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...