कात्तिक २३, २०८०
सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् । सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...
प्रहरी हिरासतमा मारिएका अश्वेत अमेरिकीको स्मृतिमा देशभरी हजारौँले प्रदर्शन गरेका छन् । प्रहरीद्वारा हत्या गरिएका जर्ज फ्लोइडमाथि अन्याय भएको भन्दै प्रदर्शनकारीहरुले फ्लोइडलाई न्यायको माग गर्दै प्रदर्शन गरेका हुन् ।
उनीहरुले अमेरिकाका धेरै शहरहरुमा ‘प्ले कार्ड’सहित शान्तिपूर्ण प्रदर्शन गरेको विभिन्न सञ्चार माध्यमहरुले समाचार सम्प्रेषण गरेका छन् । गत मे २५ मा फ्लोइडको हत्या भएपछि देशभर भएका प्रदर्शनहरू हिंसात्मक बनेका थिए यद्यपि आन्दोलन पछिल्ला दिनहरू शान्तिपुर्ण रहेका छन् ।
फ्लोइडका परिवारजनले आन्दोलनलाई शान्तिपूर्ण गराउन आह्वान गरेपछि देशभरी आन्दोलन शान्तिपूर्ण भएको हो । त्यसअघि आन्दोलनका क्रममा दर्जनभन्दा बढीको मृत्यु भइसकेको छ भने करोडौँ अमेरिकी डलर बराबरको भौतिक क्षति भएको छ ।
अमेरिकाको मिनियापोलिसस्थित प्रहरी कार्यालयमा श्वेत प्रहरीले घाँटी च्यापेर ४६ बर्षीय फ्लोइडको हत्या गरेको आरोप लगाइएको छ । घाँटी च्यापेर हत्या गरेको भिडियो सार्वजनिक भएपछि आन्दोलन चर्किएको हो भने सरकारले छानविन प्रक्रिया पनि अगाडि बढाएको छ ।
प्रहरीले हत्या आरोपित प्रहरीलाई बर्खास्त गरेर नियन्त्रणमा लिई छानविन तथा कारबाही शुरु गरेको हो । प्रदर्शनकारीले अमेरिकाको प्रहरी र न्याय सेवामा व्यापक परिवर्तनको आवश्यकता रहेकोमा जोड दिँदै आएका छन् ।
देशका न्युयोर्क, वासिङटन डिसी, सिकागो, लस एन्जलसलगायतका ठाउँमा प्रदर्शनकारीले गत एक हप्ताभन्दा लामो समयदेखि प्रदर्शन गर्दै आएका छन् । शुक्रबार लस एन्जलसमा प्रदर्शन गर्नेहरुले बाजा बजाउँदै नारा लगाएका थिए । आन्दोलनका क्रममा दश हजराभन्दा बढी प्रदर्शनकारी पक्राउ गरेका छन् भने हजारौँ घाइते भएका छन् ।
सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् । सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...
पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...
११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...
पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...
हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...
आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...
आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...
दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो । यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...