×

NMB BANK
NIC ASIA

हिजो दिनभर : युएईबाट एक शवसहित १ सय ६८ नेपाली स्वदेश फिर्ता, कोरोनाको जोखिम बढेपछि दैलेखमा निषेधाज्ञा

जेठ २४, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

यस्ता छन् सरकारको प्रस्तावित ‘लक-डाउन टु लूज-डाउन’ मोडालिटीका पाँच तहहरू

Muktinath Bank

क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीएमसी)ले हाल जारी रहेको लक-डाउनलाई बिस्तारै लूज-डाउन तर्फ लैजान नयाँ मोडालिटी बनाएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सरकारले गरेको लक-डाउन परम्परागत रहेको र यसलाई सुधार्नुपर्ने आवश्यकता रहेको आवाज उठिरहेका बेला केन्द्रले आगामी ७० दिनभित्र जनजीवन सहज बनाउने भन्दै विस्तृत खाका तयार गरेको छ ।


Advertisment
Nabil box
Kumari

जारी लक-डाउन यही जेठ ३२ गतेसम्मका लागि कायम छ । त्यसपछि सीएमसी तयार गरेको बिस्तारै लक-डाउनलाई ‘लूज-डाउनतर्फ लैजाने कार्ययोजना तहगत रूपमा लागू हुने सीएमसी स्रोतले बतायो ।

Vianet communication
Laxmi Bank

राष्ट्रिय भण्डारणको वर्तमान अवस्था, आयातमुखी अर्थतन्त्र, अपर्याप्त राष्ट्रिय उत्पादन, वैदेशिक रोजगारीबाट ठूलो संख्यामा फिर्ता हुने अनुमान, खाद्यान्न संकट हुने संयुक्त राष्ट्रसंघको प्रक्षेपण र भारतबाट हुने आयात नियन्त्रणको सम्भावनालाई ध्यानमा राखेर लक-डाउन टु लूजडाउनको कार्ययोजना कार्यान्वयन गर्न लागिएको उल्लेख गरिएको लोकान्तरलाई प्राप्त कार्ययोजनामा उल्लेख छ ।

उक्त खाकामा लूज-डाउनमा जाँदा आउने चुनौतीहरूको पनि विश्लेषण गरिएको छ । लूज-डाउनमा जाँदा सुरक्षा तथा अर्थ क्षेत्रमा हालको तुलनामा बढी चाप पर्न सक्ने, भारतीय सीमामा नेपाली नागरिक मात्र नभएर गैर-नेपालीको चाप पनि बढ्न सक्ने, वैदेशिक रोजगारीबाट फर्केकाहरूलाई क्वारेन्टाइन व्यवस्थापन गर्न चुनौती हुने र खाद्य आपूर्तिमा असर पर्ने, मानिसको चहलपहल बढ्दा संक्रमणको मात्रा बढ्न सक्ने र बढ्दो संक्रमण समुदायमा फैलिसकेको हुनाले कुनैपनि बेला भयावह चुनौती सिर्जना हुन सक्ने उक्त खाकामा उल्लेख गरिएको छ ।

यस्ता छन् लूज-डाउनका तहहरू

लूज-डाउनको पहिलो तह हालको लक-डाउनको मिति सकिएको (जेठ ३२)मितिबाट दुई हप्तासम्म लागू हुनेछ । उक्त दुई सातासम्म कृषि, दैनिक उपभोग्य सामग्री, अत्यावश्यक सवारी साधन, आन्तरिक हवाई उडानहरू खोलिनेछ । तर हवाई उडानमा ४० प्रतिशत यात्रुहरू रहनेछन् । यी क्षेत्रहरू खोल्दा सामाजिक दूरी पूर्ण रूपमा कायम गरिनेछ ।

दुई सातासम्म उल्लेखित सेवाहरू खुकुलो बनाएपछि लूज-डाउनको दोस्रो तह खुल्नेछ । यो तह पुनः २ सातासम्म कायम रहनेछ ।

दोस्रो तहमा घरेलु तथा साना उद्योग पूरै खोल्ने, अन्य ठूला उद्योग आंशिक खोल्ने, विद्यालय आंशिक खोल्ने, सेवा र मनोरन्जनका क्षेत्रहरू आंशिक रूपमा खोल्ने र निर्माण पूरै खोल्ने प्रस्ताव गरिएको छ ।

सीएमसीले प्रस्ताव गरेको तेस्रो तहमा कृषि क्षेत्र, दैनिक उपभोग्य सामग्री बिक्री–वितरण केन्द्र, निजी सवारी साधन सञ्चालन पूरै खोल्न सकिने उल्लेख छ ।  सार्वजनिक यातायातमा जोरबिजोर प्रणाली लगाउन सकिने बताइएको छ ।

त्यस्तै चौथो तहमा माथि आंशिक खुलाइएका र बन्द गरिएका सबै क्षेत्रहरू पूर्ण रूपमा खोल्ने प्रस्ताव सीएमसीले गरेको छ । जसमा विद्यालय, कलेजसमेत पर्छन् । पाँचौ तहमा सबै क्षेत्र खुला गरिसकेपछि पनि नियमित अनुगमन, सुरक्षाका उपायहरूको प्रत्याभूति लगायतका कामहरू भइरहने छन् ।

सबै क्षेत्रहरूलाई तहगत रूपमा खोल्दै जानुका साथै नियमित समीक्षा गरिने, उच्च सतर्कता अपनाइने लगायतका रणनीतिहरू पनि सीएमसीले प्रस्ताव गरेको हो ।

जेठ २५ बाटै पहिलो तहको शुरुवात गर्ने उच्चस्तरीय समितिको प्रस्ताव !

कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले जेठ २५ गतेदेखि नै लूज-डाउनको पहिलो चरण शुरुवात गर्न सकिने प्रस्ताव गरेको छ ।

पसल तथा डिपार्टमेन्टल स्टोरहरू, कपाल काट्ने सैलून, जिल्ला नकट्ने छोटो दूरीका यात्रुवाहक सवारी साधनहरू, सम्बन्धित कार्यालयको परिचयपत्रका आधारमा कामसँग सम्बन्धित सवारी साधनहरू, अस्पताल, प्रयोगशाला र निजी क्लिनिकहरू जेठ २५ गतेबाटै खोल्नुपर्ने प्रस्ताव उच्चस्तरीय समन्वय समितिले गरेको छ ।

यी प्रस्तावहरू कोरोनाको संक्रमण धेरै भएका जिल्लाहरूमा भने लागू हुनेछैनन् । १ सय भन्दा कम सक्रिय संक्रमण भएका जिल्लाहरूलाई प्राथमिकताका आधारमा छुट्याएर उल्लेखित क्षेत्रहरू खुला गर्न सकिने विषयमा समितिमा छलफल भइरहेको एक मन्त्रीले बताए ।

कोभिड- १९ बाट मृत्यु हुनेको संख्या ११अर्का व्यक्तिको पनि मृत्युपछि कोरोना पुष्टि

नेपालमा कोरोनाभाइरस (कोभिड– १९)बाट मृत्यु हुनेको संख्या ११ पुगेको छ ।

सुर्खेतको पञ्चपुरी नगरपालिकाका २८ वर्षीय पुरुषको मृत्युपछि पीसीआर परीक्षण गर्दा कोभिड- १९ पोजेटिभ आएको जानकारी स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले दिए ।

उनी भारतबाट आएर क्वारेन्टाइनमा बसेका थिए । क्वारेन्टाइनमा रहँदा कुनै लक्षण नदेखिएको र आरडीटी नेगेटिभ आएपछि घर फर्किएका उनको घर फर्किएकै दिन मृत्यु भएको प्रवक्ता देवकोटाले जानकारी दिए ।

२२ गते मृत्यु भएका ती व्यक्तिको त्यसपछि स्वाब परीक्षण गरिएको थियो ।

यससँगै मृतकको संख्या ११ पुगेको हो ।

नेपालमा कोरोना संक्रमितको संख्या २९ सय १२ पुग्योथप २ सय ७८ जनामा संक्रमण

नेपालमा कोरोनाभाइरस (कोभिड– १९)बाट संक्रमति हुनेको संख्या २ हजार ९ सय १२ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रवार पत्रकार सम्मेनल गरी दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा थप २ सय ७८ जनामा कोभिड– १९ पुष्टि भएको छ ।

उनीहरूमध्ये २ सय ६७ जना पुरुष र ११ जना महिला छन् ।

कोभिड– १९ संक्रमण निको भई डिस्चार्ज हुनेको संख्या ३ सय ३३ पुगेको प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए । देवकोटाका अनुसार पछिल्लो २४ घण्टामा ३४  जना डिस्चार्ज भएका छन् ।

कोरोनाको रिर्पोट 'नेगेटिभनआउँदै अस्पतालले बिरामीलाई घर पठायो

बुटवलको कोरोना विशेष अस्पतालले शुक्रबार २७ जना कोरोना संक्रमितलाई रिर्पोट नेगेटिभ नआउँदै घर पठाइएको छ । अस्पतालले १४ दिन क्वारेन्टाइनमा बसेका तर, कोरोनाको कुनै लक्षण नदेखिएकाहरुलाई पनि डिस्चार्ज गरेको हो ।

सरकारले जेठ २१ गते अस्पताललाई पत्रचार गरी १४ दिन आइसोलेनमा बसेका तर कोरोनाको लक्षण नदेखिएका संक्रमितलाई घर पठाउनू भनेको अस्पतालले जनाएको छ ।

सोही बमोजिम शुक्रबार अस्पतालले १४ दिनदेखि आइसोलेनमा उपचार गराइरहेका कपिलवस्तुका ९ जना र रुपन्देहीका १८ जना संक्रमितलाई घर पठाइएको अस्पतालका फोकल पर्सन डा. सुदर्शन थापाले लोकान्तरलाई जानकारी दिए ।

‘उहाँहरुमा कुनै लक्षण छैन । हामीले सरकारले निर्देशन गरेबमोजित घर पठाएका हौ । उनीहरु १३ देखि ५१ वर्ष उमेर समूहका छन्,’ उनले भने ।

उनीहरूलाई लिन सम्बन्धित गाउँपालिकाले एम्बुलेन्स पठाएका छन ।

थापाले थपे, ‘उनीहरुको ४ पटकसम्म जाँच गर्दा पनि रिर्पोट पोजेटिभ आएको थियो । १४ दिनपछि कोरोना सर्ने सम्भावना कम हुन्छ । उहाँहरु घरमै आइसोलेट हुनुहुन्छ । सुरक्षित रुपमा बस्नुहुन्छ । लक्षण देखिए हामीलाई सम्पर्क गर्नुहुन्छ ।’

अस्पतालमा अहिले १४ दिन पूरा नगरेका जनरल आइसोलेसनमा ३ जना र आइसियुमा ३ जना बिरामी छन् । अस्पतालबाट १५ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् ।

कोरोनाको जोखिम बढेपछि दैलेखमा निषेधज्ञा जारी

जिल्ला प्रशासन कार्यालय दैलेखले  नारायण र दुल्लु नगरपालिकामा निषेधाज्ञा जारी गरेको छ । आज (शुक्रबार) साँझ ६ बजेदेखि लागू हुने गरी निषेधाज्ञा जारी गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । 

प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले निषेधाज्ञा नारायण नगरपालिकाको पूर्वमा लोहोरेखोला, पश्चिममा छामघाट, उत्तरमा छान्ना र दक्षिणमा चुप्रा बजारभित्र तथा  दुल्लु नगरपालिकाको माथिल्लो ढुगेश्वर, चुप्रा शिरिस्थान, पश्चिममा पादुकाखोला र कर्णाली राजमार्ग, उत्तरमा भैरवी गाउँपालिका र पश्चिममा पादुकाखोलासम्म जारी गरिएको जानकारी दिए ।

कोरोना संक्रमणको जोखिम मानिएको नारायण नगरपालिका क्षेत्रभित्र आवतजावत तथा अतिआवश्यक पर्ने सवारी साधन, औषधि, आन्तरिक सुरक्षालगायतका क्षेत्रबाहेक सम्पूर्ण कार्य बन्द गरिने जनाइएको छ । 

निषेधाज्ञा उल्लङ्घन गर्नेलाई कानूनबमोजिम कारवाही गरिने विज्ञप्तिमा उल्लेख छ । साथै संक्रमणबाट जोगिन, भीडभाड नगर्न/नगराउन, जमघटन नहुन सबैलाई प्रशासनले आग्रह गरेको छ ।

अब कोरोनाबाट मृत्यु हुनेको अन्त्येष्टि धार्मिक विधिपूर्वक गर्न सकिने

कोभिड–१९ को सङ्क्रमबाट निधन भएका व्यक्तिको अन्त्येष्टि धार्मिक विधिपूर्वक गर्न सकिने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जारी गरेको कोभिड–१९ का कारण मृत्यु भएका बिरामीको शव व्यवस्थानसम्बन्धी कार्यविधि–२०७६ पहिलो संशोधनमा मृत शरीरसँग सिधै सम्पर्कमा नआउने किसिमले धार्मिक विधि पूजापाठ, पानी छर्किनेजस्ता क्रियाकपाल गर्न केही समस्या नहुने जनाइएको छ ।

अन्त्येष्टि कार्यमा संलग्न सबैले नियमितरुपमा हात धुने, मास्क र पञ्जाको प्रयोग गर्नुपर्ने, बिरामीको परिवारले हेर्न चाहेमा मात्र खोली मृतकको अनुहार देखाउन सकिने र एक मिटरको दूरीमा बसेर हेर्न सकिने कार्यविधिमा उल्लेख गरिएको छ ।

यस्तै कार्यविधिमा मृतकले प्रयोग गरेका लत्ताकपडा तातोपानी र साबुनमा भिजाएर धुने र घाममा सुकाएर पुनः प्रयोग गर्न सकिने उल्लेख गरिएको छ । मृतकको शरीरसँगै सिधै सम्पर्कमा आउने कार्यजस्तै मुसार्ने, अङ्गालो हाल्ने, ढोग्ने, चुम्बन गर्नेजस्ता कार्य भने गर्न नहुने, अन्त्येष्टिको कार्य सकेपछि सबै व्यक्तिले हात साबुनपानीले राम्ररी धुनुपर्नेजस्ता कुरा अपनाउनुपर्ने कार्यविधिमा भनिएको छ ।

यस्तै बेवारिसे वा कसैबाट दाबी नभएका र कोभिड–१९ बाट मृत्यु भएको शङ्का लागेमा जतिसक्दो चाँडो जमिनमुनि गाडी सुरक्षित राख्नुपर्ने उल्लेख कार्यविधिमा गरिएको छ ।

सङ्क्रमित भई मृत्यु भएको अवस्थामा शव लिन जानुपूर्व शवबाहनका चालक तथा कर्मचारीले सर्जिकल मास्क र पञ्जाको प्रयोग गर्नुपर्ने, सकेसम्म मृतकको शरीर शवबाहनमा नै ल्याउनुपर्ने र शवबाहन नभएको स्थानमा शव बोक्न प्रयोग हुने साधन बोक्ने व्यक्तिले मृतकको शरीर नछुने गरी बनाउनुपर्ने कार्यविधमा उल्लेख गरिएको छ । अन्त्येष्टि गर्दा व्यक्तिगत सुरक्षा कवच, मास्क, स्यानेटाइजर, पञ्जाको प्रयोग गर्नुपर्ने उल्लेख छ ।

नेपालमै बनेको कोरोना भाइरस औषधिको परीक्षण प्रक्रिया शुरू

कोरोना भाइरसविरुद्ध औषधि तयार पारेको दाबी गर्ने त्रिभुवन विश्वविद्यालय, वन विज्ञान अध्ययन संस्थानका प्राध्यापक डाक्टर दिलीपकुमार दासले प्रदेशको सामाजिक विकास मन्त्रलयमार्फत आफूले तयार पारेको औषधिको परीक्षण प्रक्रिया थालेका छन् ।

उनले वाग्मती प्रदेशका सामाजिक विकास मन्त्रीको संयोजनमा आजबाट औषधिको औपचारिक तथा कानूनी परीक्षणको प्रक्रिया प्रारम्भ गरेका हुन् ।

औषधिका सम्बन्धमा मन्त्री युवराज दुलालले आज प्रदेशका विज्ञ तथा देशका प्रतिष्ठित वैज्ञानिकसँग समेत छलफल गरेका थिए । छलफलपछि उक्त औषधिको औपचारिक परीक्षण प्रारम्भ गर्ने निर्णय भएको मन्त्री दुलालले जानकारी दिए । ‘अब नेपाल स्वास्थ्य अनुसन्धान परिषद्मार्फत औषधिको परीक्षणलगायतको काम हुन्छ,’ उनले भने ।

डाक्टर दासलाई प्रदेश सरकारको साथ रहने तथा सरकारका तर्फबाट सबै प्रकारको सहयोग रहने उनको भनाइ छ । आफूले तयार पारेको औषधिले कोरोना भाइरसविरुद्ध पूर्णरुपमा काम गर्ने जिकिर गर्ने डाक्टर दासका अनुसार उनले रोगको निदान गर्ने समूह र सङ्क्रमण हुन नदिने समूह गरी दुई भागमा नौ प्रकारका औषधि तयार पारेका छन् ।

सोमध्ये छ प्रकारका औषधिलाई सङ्क्रमण लाग्न नदिन सुईका रुपमा प्रयोग गर्न सकिने तथा तीन प्रकारका औषधिलाई सङ्क्रमण पछि उपचारका लागि र रोगको निदानका लागि प्रयोग गर्न सकिने उनको भनाइ छ । आफूले कोरोना भाइरसको बनावट त्यसका रसायनिक तथा अन्य गुणको अध्ययन गरेको र विभिन्न १५ प्रकारका वनस्पतिमार्फत त्यसलाई नष्ट गर्ने औषधि तयार पारेको उनको भनाइ छ ।

डाक्टर दासले उक्त औषधिले कोरोना भाइरसको पहिलो पत्रमा हुने बोसो तथा प्रोटिनलाई समेत टुक्र्याउने र भाइरसलाई निष्क्रिय बनाउने बताए । द्रुत सङ्क्रमक भाइरस भएकाले भाइरसलाई ल्याबमा ल्याएर परीक्षण नगरेको तर अन्य वैज्ञानिक परीक्षण गरेको उनको भनाइ छ ।

वर्षौंदेखि मानव जातिले विभिन्न तरिकामा प्रयोग गर्दै आएका वनस्पतिको प्रयोगबाट औषधि तयार भएकाले यसको प्रयोगबाट कुनै पनि प्रकारको ‘रियाक्सन’ नहुने तर कसैकसैमा सामान्य खालको एलर्जीसम्म हुनसक्ने डाक्टर दासको भनाइ छ ।

राससले पहिलोपटक समाचार प्रकाशन तथा प्रशारण गरेपछि डाक्टर दासको अनुसन्धान सार्वजनिक भएको थियो । समाचारपछि नेपालमै कोरोनाविरुद्ध औषधि पत्ता लागेको भन्दै देश विदेशमा चर्चा चलेको थियो । वनारस विश्वविद्यालयबाट रसायन शास्त्रमा विद्यावारिधि गरेका डाक्टर दास त्रिभुवन विश्वविद्यालय, वन विज्ञान अध्ययन संस्थान, हेटौँडा क्याम्पसमा प्राध्यापन गराउँछन् ।

बाराको कलैयाका स्थायी बासिन्दा डाक्टर दासले हेटौँडाकै मकवानपुर बहुमुखी क्याम्पसलगायतका शैक्षिक संस्थामा समेत अध्यापन गराउँथे । यसैबीच, डाक्टर दासलार्ई विश्व स्वास्थ्य सङ्गठन डब्लुएचओले कोरोनाविरुद्ध तयार पारेको औषधिलाई सुईमार्फत दिइने सुईका रुपमा मात्र नबनाएर खाने झोल सिरपका रुपमा समेत उत्पादन गर्न सुझाव दिएको छ ।

भिडियो कन्फेरेन्समार्फत कुराकानी गरेपछि स्वास्थ्य सङ्गठनले इमेलमार्फत उक्त सुझाव दिएको डाक्टर दासले जानकारी दिए । उनका अनुसार डब्लुएचओले १६ पृष्ठ लामो सुझाव तथा जिज्ञासा पठाएको छ । डाक्टर दासका सहयोगी अनुसान्धानकर्ता तथा संस्थानका प्राध्यापक वनस्पति शास्त्री दामोदर गैरेका अनुसार डब्लुएचओले सुईमार्फत औषधि दिँदा कतिपयलाई एलर्जी हुनसक्ने भएकाले खाने झोलका रुपमा तयार पार्न अनुरोध गरेको जानकारी दिए ।

गैरेका अनुसार डब्लुएचओले औषधिको कम्पोजिसनका बारेमा थाहा पाएपछि सकारात्मक प्रतिक्रिया दिएको छ । ‘डब्लुएचओले हामीलाई आवश्यक परे कति परिमाणमा औषधि तयार पार्न सक्छौँ भनेरसमेत सोधेको छ,’ उनले भने ।

युएईबाट एक शवसहित १ सय ६८ नेपाली स्वदेश फिर्ता

सरकारले म्यान्मासँगै आजै संयुक्त अरब इमिरेट्स (युएई) बाट पनि नागरिकको उद्धार गरेको छ । कोभिड–१९ को विश्वव्यापी सङ्मणका कारण उत्पन्न असहज अवस्थामा स्वदेश आउनैपर्ने परिस्थितिमा रहेका नेपालीलाई फर्काउने क्रममा आज युएईमा अड्किएका १६८ नेपालीलाई स्वदेश फर्काएको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयका निर्देशक तथा प्रवक्ता देवचन्द्रलाल कर्णले उनीहरु एयर अरेबियाको एविवाई १७५१ नम्बरको जहाजमार्फत आज साँझ ६:०० बजे काठमाडौँ अवतरण गरेको जानकारी दिए ।

जहाजमा एउटा शवसमेत ल्याइएको छ । यसअघि आज बिहान म्यान्माबाट त्यहीँका सेनाको एयरफोर्सको फोकर–६० को फ्लाइट नम्बर एमएएच–००३ बाट २६ नेपालीलाई स्वदेश फर्काएको थियो । उक्त विमानबाट दुई नेपालीसहित ४३ जना म्यान्मा गएका छन् ।

कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सिसीएमसी) को समन्वयमा प्रभावित भएका नेपालीलाई प्राथमिकताका आधारमा नेपाल ल्याउन थालिएको हो । उनीहरुको आवश्यक व्यवस्थापन सिसीएमसीको निर्णयअनुसार हुन्छ । आज युएईबाट आएकामा प्रदेश नं १ का ४६, प्रदेश नं २ का २३, वाग्मती प्रदेशका ३७, गण्डकी प्रदेशका २३, प्रदेश नं ५ का २३, कर्णाली प्रदेशका चार र सुदूरपश्चिम प्रदेशका १२ जना रहेका छन् ।

उनीहरुलाई उपत्यकाको तोकिएको होल्डिङ सेन्टरमा लगिएको नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले जानकारी दिए । सरकारले काठमाडौँको यती पार्टी प्यालेस वसुन्धरा, स्काईजन पार्टी प्यालेस सुकेधारा र कुण्डलिनी पार्टी प्यालेस वसुन्धारालाई होल्डिङ सेन्टर बनाएको छ ।

जगेडाका रुपमा मिराकल पार्टी प्यालेस सुकेधारालाई तयारी अवस्थामा राखिएको छ । काठमाडौँमा रहेका होल्डिङ सेन्टरमा वाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं ५ का नागरिकलाई छुट्टाछुट्टै रुपमा राखिनेछ । भक्तपुरमा एक हजार क्षमताका दुई पार्टी प्यालेसलाई होल्डिङ सेन्टर बनाइएको छ ।

जसमा सूर्यविनायक नगरपालिका–५ कटुञ्जेस्थित इम्पेरियर बैंक्वेट र मध्यपुरथिमि नगरपालिका–४ स्थित हेरिटेज बैंक्वेट रहेको छ । यहाँ प्रदेश नं १ र २ का नागरिकलाई छुट्टाछुट्टै रुपमा राखिने छ । ललितपुरमा ९०० जनाका लागि डिलाईट पार्टी भेन्यू महाक्ष्मीस्थान र मण्डला पार्टी भेन्यू खरिबोट ग्वार्काेमा होल्डिङ सेन्टर बनाइएको छ ।

जगेडाका रुपमा सिद्धार्थ कलेज धोबीघाट तयार पारिएको छ । यहाँ कर्णाली र सुदूरपश्चिम प्रदेशका नागरिक राखिने छन् । उद्धार गरिएकालाई प्रारम्भिक चरणमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जाँच गरेपछि उपत्यकाका तोकिएका ‘होल्डिङ सेन्टर’ मा राखिन्छ । त्यसपछि आवश्यक प्रक्रिया पूरा गरेर सम्बन्धित जिल्लाको क्वारेन्टिन वा सेल्फ क्वारेन्टिनमा पठाइन्छ ।

त्यसरी नजाँदासम्मका लागि सेन्टरमा उनीहरुको आवश्यक व्यवस्थापनको जिम्मा भने नेपाली सेनालाई दिइएको छ । उपत्यकाका तीन जिल्लामा झण्डै तीन हजार क्षमताका होल्डिङ सेन्टर निर्माण गरिएको छ ।

उद्धारका लागि प्रवेशाज्ञाको अवधि समाप्त भएका, रोजगारी गुमाएका विद्यार्थी, छोटो अवधिका लागि भ्रमणमा गएका व्यक्ति, तालीम तथा सेमिनारमा भाग लिन गएका कर्मचारी, आफन्तको मृत्यु भई काजकिरिया गर्न आउनुपर्ने व्यक्ति तथा उपचारका लागि गएका बिरामी, आममाफी पाएर आउन नपाएका, कोरोनाबाहेक अन्य कारणले अस्वस्थ रहेका, सुत्केरी तथा गर्भवती, बालबालिका, ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिलाई प्राथमिकतामा छन् ।

भारतीय चेलीको दादागिरी’को विषयले संसद्‍मा हंगामा

संसद्मा भारतीय चेलीहरूको दादागिरी बढेको भन्ने नेकपा सांसद गंगा चौधरी सत्गौवाको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन माग गर्दै मधेसकेन्द्रित दलका सांसदहरूले संसद्मा विरोध जनाएका छन् ।

शुक्रवार बसेको प्रतिनिधि सभा बैठकको शुरूमै सभामुखसँग समय लिएर समाजवादी पार्टी नेपालकी सरिता गिरीले सत्तारुढ सांसदको अभिव्यक्ति घृणाको अभिव्यक्ति भएको भन्दै संसदको रेकर्डबाट हटाउन माग गरिन् ।

सांसद गिरीले घृणाको अभिव्यक्ति कानूनी कारवाहीका लागि आधार हुने भन्दै गृह मन्त्रालयको ध्यानाकर्षण गराइन् । उनले यो विषय संसद्को रेकर्डमा कायम रहे विभाजनको दरार उत्पन्न हुने जिकिर गरिन् ।

आफूले भारत र चीनसँग वार्ता गर्न आग्रह गरेपछि मिडियाले भारतसँग नसोधी नक्सा प्रकाशित गरेको भनेर तोडमोड गरेको आरोप उनले लगाइन् ।

राजपाकी अमृता अग्रहरीले सत्तारुढ दलकी सांसदको अभिव्यक्ति अस्वीकार्य भएको भन्दै गंगा चौधरीले माफी माग्नुपर्ने बताइन् ।  उनले यसो भन्दै गर्दा नेकपाका सांसद खगराज अधिकारी र झपट रावल उठेर नियमापत्ति जनाएका थिए ।

त्यसपछि सभामुख अग्नि सापकोटाले अग्रहरीलाई मर्यादित ढंगले बोल्न र नेकपा सांसदलाई बस्न रुलिङ गरे ।  ‘संसद् कसैको अपमान गर्ने थलो होइन, कसैको रगत उम्लेमा बाग्मतीमा गएर पौडी खेल्न सुझाव दिन्छु,’ उनले भनिन् ।

राजपा सांसद अग्रहरी बोलेपछि सभामुख सापकोटाले कार्यसूचीअनुसार शिक्षा समितिकी सभापति जयपुरी घर्तीलाई प्रतिवेदन पेश गर्न समय दिए । त्यसलगत्तै मधेस केन्द्रित दलका सांसदहरु उठेर विरोध जनाएका थिए । ‘आजलाई बस्नुस्, पछि उपयुक्त समयमा छलफल गरौंला,’ सभामुख सापकोटाले आग्रह गरे ।

यसअघि गत १८ गते बसेको बैठकमा नेकपा सांसद सत्गौवाले नेपालको संसद्मा भारतीय चेलीहरूको दादागिरी बढेको आरोप लगाएकी थिइन् । संसद्मा भारतमा जन्मिएर अंकीकृत नागरिकता प्राप्त गरेका केही सांसद छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x