मंसिर ८, २०८०
‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...
प्रतिनिधि सभाको शनिवारको बैठकमा विनियोजन विधेयक २०७७ का विभिन्न शीर्षकमाथिको छलफलमा भाग लिँदै सांसदले कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट आक्रान्त भएको मुलुकको अर्थतन्त्रको विकासमा ध्यान दिन आग्रह गरेका छन् ।
सांसदले दीगो अर्थतन्त्र विकासतर्फ बजेट केन्द्रित गर्न सरकारको ध्यानाकर्षण गराए ।
सर्वसाधारणमा संक्रमणको दर बढ्दो क्रममा रहेकाले त्यसलाई रोक्न आवश्यक योजनासहित थप सक्रियता बढाउनुपर्ने आवश्यकता रहेको सांसदको भनाइ थियो । पछिल्ला दिनमा कोभिड–१९ को संक्रमण दैनिक २ देखि ३ सयको हाराहारीमा देखिन थालेको छ ।
बैठकमा नेपाली कांग्रेसका मीनबहादुर विश्वकर्माले आत्मनिर्भर अर्थतन्त्र निर्माणमा ध्यान दिनुपर्ने बताए । उद्योग खुलाउनेतर्फ बजेट व्यवस्था गर्न नसकिएको उनको आरोप थियो ।
उनले जातीय भेदभाव तथा छूवाछूत अन्त्य गर्ने गरी उचित बजेटको व्यवस्था हुन नसकेको पनि बताए । विद्युतीय सवारी साधनको कर बढाएर सरकारले व्यवसायीलाई हतोत्साहित पारेको उनले जिकिर गरे ।
सोही दलका पार्वता डिसी चौधरीले कोभिड–१९ नियन्त्रणका लागि सञ्चालन भएका क्वारेन्टीन व्यवस्थित गर्न सरकारसँग माग गरिन् । कोरोना नियन्त्रणका लागि बजेट न्यून भएको उनको भनाइ थियो । कांग्रेसकै पद्मनारायण चौधरीले कृषि क्षेत्र आर्थिक विकासको आधार भए पनि बजेटको प्राथमिकतामा नपरेको भनी चिन्ता प्रकट गरे । उनले पीसीआर परीक्षणको दायरा बढाउँदै आइसोलेसन र क्वारेन्टीन व्यवस्थापनमा तत्काल ठोस कदम चाल्न आग्रह गरे ।
कांग्रेसकै राजेन्द्रकुमार केसीले वन तथा वातावरण मन्त्रालयको खर्च कटौतीको प्रस्ताव राख्दै वन नेपालको समृद्धिको स्रोत भए पनि यसबाट प्रचुर फाइदा लिन नसकिएको बताए ।
कांग्रेसकै देवेन्द्रराज कँडेलले कोभिड–१९ रोक्नका लागि पीसीआर परीक्षण बढाउन माग गरे । उनले कोभिड–१९ रोकथाममा सरकारले चालेको कदम अपुग भएको बताए ।
सांसद पद्मनारायण चौधरीले विनियोजन विधेयक २०७७ अन्तर्गत कृषि तथा पशुपन्छी विकास मन्त्रालय शीर्षकको खर्च कटौती प्रस्ताव राख्दै संकटपूर्ण अवस्थामा रहेको मुलुकको आर्थिक विकासमा ध्यान दिन सरकारलाई आग्रह गरे ।
शनिवारको बैठकमा सांसदले अर्थ, श्रम, रोजगार तथा समाजिक सुरक्षा, वन तथा वातावरण, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, उद्योग, वाणिज्य तथा आपूर्ति, स्वास्थ्य तथा जनसंख्या, कृषि तथा पशुपन्छी र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका विभिन्न शीर्षकमाथि छलफल गरेका थिए ।
‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...
जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ। सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...
दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् । विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...