×

NMB BANK
NIC ASIA

सरकारले उद्योग र व्यापारमा सहुलियत दिनुपर्छ : सांसद

जेठ २४, २०७७

NTC
Sarbottam
फाइल फोटो
Premier Steels
Marvel

प्रतिनिधि सभाको शनिवारको बैठकमा विभिन्न दलका सांसदले कोभिड –१९ का कारण देशको अर्थतन्त्र नाजुक भएका अवस्थामा सरकारले उद्योग र व्यापारमा सहुलियत दिनुपर्ने माग गरेका छन् ।

Sagarmatha Cement
Muktinath Bank

बैठकमा विनियोजन विधेयक २०७७ माथिको छलफलमा राष्ट्रिय जनता पार्टीका लक्ष्मणलाल कर्णले बजेट परम्परागत भएको पिप्पणी गर्दै भने, ‘देशको अर्थतन्त्र नाजुक भएको अवस्थामा कम्तीमा उद्योग र व्यापारका लागि सरकारले सहुलियत दिनुपर्ने थियो तर दिएको छैन । गरीब किसानका लागि बीउ, मल अभाव छ, त्यसमा सरकारको ध्यान जान सकेको छैन, गरीबलाई उत्थान गर्ने सरकारको के योजना छ, त्यो स्पष्ट आउन सकेन ।’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बजेट सबै हिसाबले समानुपातिक नभएको बताउँदै उनले माछा र कुखुरामा अहिले ठूलो लगानी भए पनि उचित बजारको व्यवस्था नभएको बताए ।


Advertisment
Nabil box
Kumari

राष्ट्रिय जनता पार्टीकै रानी मण्डलले कोभिड–१९  नियन्त्रणका लागि पर्याप्त मात्रामा क्वारेन्टीन र आइसोलेसनको व्यवस्था गर्न माग गरे । राप्रपाका राजेन्द्रप्रसाद लिङ्देनले प्रधानमन्त्री रोजगार कार्यक्रमबाट लक्षित समुदायले लाभ लिन नसकेको बताए ।

Vianet communication
Laxmi Bank

‘स्वास्थ्य क्षेत्रमा प्राप्त बजेटको व्यवस्था भए पनि त्यो लक्षित ठाउँमा पुग्न सकेको छैन, जहाँ पुग्नुपर्ने हो त्यहाँ पुग्न सकेको छैन, त्यसैले सरकारले बजेटमा मात्रै व्यवस्था गर्नेभन्दा पनि कार्यान्वयनमा जोड दिनुपर्छ,’ उनले भने ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का देवेन्द्र पौडेलले मुलुक कोभिड–१९ बाट आक्रान्त बनेका अवस्थामा अस्पतालमा काम गर्ने चिकित्सकको मनोबल बढाउने खालका कार्यक्रम ल्याउनुपर्नेमा जोड दिए । नेपाली कांग्रेसका दिव्यमणि राजभण्डारीले कृषि क्षेत्रलाई प्रोत्साहन गर्ने प्रकृतिका कार्यक्रमलाई बजेटमा समावेश गर्न नसकिएको टिप्पणी गरे । उनले कोभिड–१९ को परीक्षण पीसीआर प्रविधिबाट गर्न आग्रह गरे ।

संघीय समाजवादी पार्टीका रामसहायप्रसाद यादवले बजेट हेर्दा सरकार कोरोना नियन्त्रणमा गम्भीर नदेखिएको बताए । सोही दलका विमलप्रसाद श्रीवास्तवले उखु किसानका समस्या समाधान गर्नेतर्फ बजेटले ध्यान नसकेको बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x