कात्तिक २७, २०८०
तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...
प्रतिनिधिसभा सदस्य विद्या भट्टराईले कोरोना भाइरसको महामारीले चुनौतीसँगै अवसरहरु पनि ल्याएको बताएकी छन् ।
'अहिलेको यो कोरोनाको सङ्कट पनि देशलाई स्वाधीन अर्थतन्त्र र आत्मनिर्भर बनाउने उपयुक्त अवसर हो', नेपाल राष्ट्रिय शिक्षक सङ्गठन कास्कीद्वारा आयोजित ‘राष्ट्रिय अनलाइन वक्तृत्वकला प्रतियोगिता’को अवलोकन गर्दै उनले भने, 'भौतिक विकासले मात्र समृद्धि हासिल गर्न नसकिने भएकाले सामाजिक न्याय र समतामूलक विकासमा हामीले जोड दिनुपर्छ ।'
सांसद भट्टराईले कोरोनाको कहर र लकडाउनको विषम परिस्थितिमा पनि शिक्षक सङ्गठनले अनलाइनमार्फत् विद्यार्थीलाई सिकाइमा सक्रिय बनाउन उत्प्रेरित गरेकामा धन्यवाद व्यक्त गर्दै अहिलेको अवस्थामा प्रविधिमैत्री विद्यालय, अनलाइन कक्षा र शिक्षणका वैकल्पिक उपायहरु सञ्चालन गर्नुपर्नेमा जोड दिइन्।
कार्यक्रमको समीक्षा गर्दै नेपाल प्रगतिशील प्राध्यापक सङ्गठन केन्द्रीय समितिका अध्यक्ष प्रा डा यादवप्रकाश लामिछानेले वर्तमान समस्याका बीच विद्यार्थीको सहभागिता र विषयवस्तुप्रतिको गम्भीर्यता, गहिराई, प्रस्तुति प्रसंसायोग्य भएको बताए ।
नेपाल राष्ट्रिय शिक्षक सङ्गठन कास्कीका अध्यक्ष जगन्नाथ अधिकारीले अबको युग सूचना र प्रविधिको युग भएकाले कोरोनाले शिक्षक, विद्यार्थी र अभिभावकलाई प्रविधिमा जोडिन सिकाएको उल्लेख गर्दै यो प्रतियोगिता पनि यसै कोरोनाको कारण सम्भव भएको र यसका लागि नेपाल राष्ट्रिय शिक्षक सङ्गठनले महत्वपूर्ण भूमिका खेलेको बताए ।
सङ्गठनका जिल्ला अध्यक्ष रोमहर्षण पौडेलले समयको मागलाई ध्यान दिँदै सङ्गठनले पहिलो चरणको अनलाइनमार्फत शिक्षक तालिम र दोस्रो चरणअन्तर्गत वक्तृत्वकला प्रतियोगिता राखिएको जानकारी दिए ।
उक्त प्रतियोगितामा देशभरबाट ९७ विद्यार्थी सहभागी भएका थिए । प्रतियोगिताको तेस्रो दिन ‘आत्मगौरवका लागि आत्मनिर्भरता’ भन्ने शीर्षकमा १० जना विद्यार्थीले आफ्नो विचार प्रस्तुत गरेका थिए ।
विभिन्न चरण गरी १३ दिनसम्म चल्ने वक्तृत्वकला प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय हुनेले क्रमशः रु २५, १५ र १० हजार तथा सान्त्वना सातजनालाई जनही रु दुई हजार र सहभागी सबैलाई प्रमाणपत्र प्रदान गरिने कार्यक्रमका संयोजक तीर्थराज ढकालले जानकारी दिए ।
कार्यक्रम हरेक दिन बिहान ७ः३० देखि ९ः०० बजेसम्म जुम एपमा भइरहेको छ ।
तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...
बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...
पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...
काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...