कात्तिक २०, २०८०
काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...
आठ वर्षअघिदेखि शुरू भएको वाग्मती सफाइ महाअभियानलाई बन्दाबन्दीका बीच मनदेखि नै सफाइ गर्ने गरी नयाँ कार्यक्रम शुरु गरिएको छ ।
मुहानदेखिकै वाग्मती सफाइ अभियान चलाउँदै आएको वाग्मती सुन्दरता सरोकार मञ्चले आजदेखि मानिसको मनदेखि नै सफाइका लागि जागरण फैलाउन लागेको हो । मञ्चका अध्यक्ष उत्तम पुडासैनी वाग्मतीमा आउने कुहिने फोहरलाई घरघरमै जैविक मल बनाउने अभियानलाई तीव्ररूपमा अघि बढाउन लागिएको बताउँछन् ।
अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिसँगको सहकार्यमा मञ्चले सुपथ मूल्यमा तीन हजार परिवारलाई कुहिने फोहर हालेर मल बनाउने बीन वितरण गरेको छ । बजारमा रु चार हजारभन्दा बढी पर्ने बीन अधिकार सम्पन्न वाग्मती समितिले खरिद गरेर दिएपछि रु एक हजार ३५० मा बिक्री भइरहेको अध्यक्ष पुडासैनीले बताए ।
सुन्दरीजलदेखि नयाँबानेश्वर सम्मको वाग्मती किनार दायाँबायाँका बासिन्दालाई सहुलियत दरको बीन वितरण गरी कौशी खेतीमा प्रोत्साहन गर्न लागिएको हो । नदी किनारका बस्तीबाट निस्कने कुहिने फोहर बीनमा राखी घरमै जैविक मल बनाएर कौशीखेतीलाई प्रोत्साहन गर्दा वाग्मतीमा कम फोहर आउने विश्वास गरिएको छ ।
यसबाट तरकारीमा वाग्मती किनारका बासिन्दा आत्मनिर्भरसमेत हुनेछन् । नदी किनारका बासिन्दा आत्मनिर्भर हुने यो अभियानमा सहभागी हुन यस क्षेत्रका स्थानीय तहसँग पनि सहकार्य गर्न लागिएको मञ्चले जनाएको छ । मानिसमा पनि जनचेतना फैलाउन तालिम, प्रशिक्षणलगायत कार्यक्रमलाई निरन्तरता दिइएको छ । यो अभियानसँगै वाग्मती सफाइमा मनदेखि नै काम गर्ने अभियान शुरु भएको मञ्चले जनाएको छ ।
यो अभियानमा तीव्रता दिएपछि नकुहिने प्लाष्टिकलगायत फोहरलाई मात्र स्थानीय तहले व्यवस्थापन गरे पुग्छ । अधिकार सम्पन्न वाग्मती र नदी किनार जोडिएका स्थानीय तहले सहकार्य गरी काम अघि बढाएमा प्रत्येक घरबाट कुहिने फोहर बाहिर निकाल्न नपाउने गरी व्यवस्था गर्न सकिन्छ । यसबाट घरमै केही न केही खेती गर्न पनि प्रोत्साहन हुने अधिकार सम्पन्न वाग्मती समिति सञ्चालक सदस्य माला खरेल बताउँछन् ।
गुह्येश्वरीमाथिको नदी सफाइ गर्दै आएको मञ्चले आज ३२९औँ हप्ताको कार्यक्रम गोकर्णेश्वर नगरपालिका वडा नं ५ स्थित ढुङ्गे उद्यान क्षेत्रमा सफाइ गरिएको थियो । सामाजिक दूरी कायम गरी बन्दाबन्दीको पालना गर्दै सफाइ अभियानलाई निरन्तरता दिएको अभियानकर्मी ईश्वर पुडासैनीले बताए ।
यसैगरी सफाइ महाअभियानको ३६९औँ हप्तामा पशुपति क्षेत्र र शङ्खमूल क्षेत्रमा निरन्तरता दिइएको छ । पशुपति क्षेत्रमा अभियानकर्मी एवं अधिकार सम्पन्न वाग्मती समिति सञ्चालक सदस्य खरेलले निरन्तरता दिनुभयो ।
यसैगरी शङ्खमूल उद्यानमा अभियानकर्मी डा लक्ष्मी पौडेललगायतले निरन्तरता दिनुभयो । मनोहरा, तिलगङ्गा, ललितपुरको गोदावरी खोलालगायत नदीमा पनि सफाइ अभियान जारी रहेको जनाइएको छ । यी स्थानमा नदी किनार क्षेत्रमा घर हुने अभियानकर्मीले निरन्तरता दिएका हुन् । नदी किनारभन्दा टाढा घर हुने अभियानकर्मीले भने आआफ्नो टोल क्षेत्रमा सफाइ गरेको अभियानकर्मी किशोरसिंह शाहीले जानकारी दिए ।
कोरोना भाइरसको सङ्क्रमणबाट बच्न जारी बन्दाबन्दीकाबीच सामाजिक दूरी कायम गरेर सफाइ अभियान चलाइएको हो । विसं २०७० जेठ ५ गतेदेखि शुरु भएको महाअभियानले अपेक्षाकृत सफलता पाउन सकेको छैन । सफाइका नाममा स्रोतको अपारदर्शिता भएको, केही व्यक्तिको स्वार्थसिद्धिका लागि काम भएको लगायत गुनासा सुनिने गरेका छन् । महाअभियान शुरु भएपछि देशव्यापीरुपमा सफाइ जागरण फैलिएको छ । यो सकारात्मक पक्ष हो ।
अभियानकै प्रभावमा बन्दाबन्दीअघिसम्म देशभर १०६ भन्दाबढी स्थानमा सफाइ अभियान शुरु भएको जनाइएको छ । देशभरका सफाइ अभियानलाई स्थानीय तहले सहयोग नगर्दा भने काम गर्न असहज भइरहेको धेरै अभियानकर्मीको गुनासो छ ।
काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...
बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...