माघ २५, २०८०
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...
मुलुकको अन्य भूभागलाई राजधानीसँग जोड्ने मुख्य नाकाका रूपमा रहेको धार्के–कलङ्की सडकखण्डको विकल्पका रूपमा अगाडि सारिएको धार्के–सीतापाइला सडकखण्डको निर्माण सुरु भएको छ ।
धार्के–कलङ्की सडकखण्डमा राजधानी भित्रिने र बाहिरिने सवारी साधनको चापले वर्षांैदेखि अत्यधिक ट्राफिक जामको सास्ती हुने गरेकोमा धार्के–सीतापाइला खण्ड निर्माणसँगै राजधानी भित्रिने र बाहिरिने सवारी साधनका लागि नागढुङ्गाको जाम छल्ने एउटा उपयुक्त विकल्प तयार हुने विश्वास गरिएको छ ।
काठमाडौँ सडक डिभिजन कार्यालयका प्रमुख कुवेर नेपालीले पृथ्वी राजमार्गअन्तर्गत धार्के–कलङ्की सडकखण्डको विकल्पका रूपमा अगाडि सारिएको धार्के–सीतापाइला सडकखण्ड कालोपत्रेको काम सुरु गरिएको जानकारी बताए ।
उनका अनुसार यसअघि नै यस सडकखण्डको ट्र्याक खोल्नुका साथै दुवैतिर सडक विस्तार गर्ने, फराकिलो गर्ने तथा ढुङ्गाको पर्खाल लगाउने, कल्भर्टसहित आवश्यक पूर्वाधार तयार भइसकेको छ ।
यो सडकखण्ड निर्माणका लागि काठमाडौँ सडक डिभिजन कार्यालय र भरतपुर सडक डिभिजन कार्यालयबाट काम भइरहेको छ । काठमाडौँतर्फको काम काठमाडौँ सडक डिभिजन कार्यालयबाट र धादिङतर्फको काम भरतपुर सडक डिभिजन कार्यालयबाट भइरहेको छ । यो सडकखण्डको शून्य किलोमिटर सीतापाइला (चक्रपथ)देखि रामकोट–भीमढुङ्गा–महेशफाँट हुँदै धार्के पुग्नेछ । सीतापाइलादेखि धार्केसम्म कुल २४ किलोमिटर रहेको यस सडकखण्डको चौडाइ १२ मिटर हुने डिभिजन कार्यालयले जनाएको छ । यो सडकखण्ड दुई लेनको हुनेछ ।
सीतापाइला (चक्रपथ)देखि ठूलोखोला भन्ने ठाउँसम्म कुल १० किलोमिटर काठमाडौँ सडक डिभिजन कार्यालयको मातहतमा र ठूलो खोलादेखि धार्केसम्मको १४ किलोमिटरको निर्माण भरतपुर सडक डिभिजन कार्यालयको मातहतमा भइरहेको डिभिजन प्रमुख नेपालीले जानकारी दिनुभयो । उहाँका अनुसार नागार्जुन÷सीएम÷जय बाबा भन्ने निर्माण कम्पनीले यो सडकखण्ड निर्माणको जिम्मेवारी पाएको छ ।
धार्केदेखि कलङ्कीसम्मको दूरी २४ किलोमिटर छ भने त्यसैगरी धार्केदेखि सीतापाइलासम्मको दूरी पनि २४ किलोमिटर नै छ । यो सडक दुई लेनको भएपछि नौबिसे पुग्न र नौबिसेबाट काठमाडौँ आउन दुईवटा विकल्प तयार हुनेछ । धार्के–सीतापाइला खण्डको निर्माण सम्पन्न भएसँगै नागढुङ्गामा सानो समस्या आए पनि, गाडी बिग्रे पनि घण्टौँ रोकिनुपर्ने बाध्यता अन्त्य हुने विश्वास गरिएको डिभिजन प्रमुख नेपालीले बताउनुभयो ।
कुल १५ करोड रुपियाँको लागतमा यो सडकखण्डको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) कुवेत सरकारले तयार पारेको हो । सडक निर्माणको सम्पूर्ण लागत खर्च दुई अर्ब ५० करोड रुपियाँ हुने प्रतिवेदनमा उल्लेख छ ।
सरकारले २० वर्षे दीर्घकालीन सडक गुरुयोजना (सन् २००२–२०२२) अन्तर्गत मुलुकको पूर्वबाट पश्चिम सिमाना छिचोल्ने गरी मध्यपहाडी राजमार्ग र हुलाकी राजमार्गको निर्माण गरिरहेको छ ।
यो २० वर्षे दीर्घकालीन सडक गुरुयोजनाअनुसार पहाडमा चार घण्टामा र तराईमा दुई घण्टा पैदल दूरीमा पक्की सडक सुविधा पुग्ने गरी सडक सञ्जालको विकास गर्ने लक्ष्य राज्यले लिएको छ । गोरखापत्र दैनिकमा खबर छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...
कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान सुरु गरेको छ । पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...
अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...
चालुु आर्थिक वर्ष २०८०/८१ मा नेपाली श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...
ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ। अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ । ...
सवारीसाधन सुविधा प्राप्त गर्ने कर्मचारीलाई इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...