×

NMB BANK
NIC ASIA

मैदानमा फर्किंदै स्वारेज

जेठ २५, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

स्पेनिस क्लब बार्सिलोनाका स्टार स्ट्राइकर लुइस स्वारेज चाँडै नै मैदान फर्किंने भएका छन्। घुँडाको चोटको कारण लामो समय मैदान बाहिर रहेका स्वारेज चोटमुक्त भएका भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्।

Muktinath Bank

स्पेनिस महारथी बार्सिलोनाले शनिबार स्वारेज पूर्ण रूपमा चोटबाट मुक्त भएको जानकारी दिएको हो। बार्सिलोनाले क्लबको चिकित्सकले स्वारेज पूर्णरूपमा फिट भएको र ला लिगाअन्तर्गत अर्को साता तय भएको मालोर्काविरुद्धको खेलमा मैदान उत्रन तयार भएको जनाएको छ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

स्वारेजले गत १२ जनवरीमा चोट बोकेका थिए। उनको दायाँ घुँडामा गम्भीर चोट लागेपछि शल्यक्रिया गरिएको थियो। घुँडाको शल्यक्रिया गरेको एक सय ४७ दिनपछि स्वारेज पूर्णरूपमा फिट भएका हुन्।


Advertisment
Nabil box
Kumari

स्वारेजले अन्तिम पटक स्पेनिस सुपर कपअन्तर्गत जनवरीमा एट्लेटिको म्याड्रिडविरुद्धको सेमिफाइनल खेल खेलेका थिए। स्वारेजले यस सिजन २३ खेल खेल्दै १४ गोल गरेका छन्।

Vianet communication
Laxmi Bank

कोरोना भाइरसको महामारीका कारण स्थगित ला लिगा जुन ११ बाट सुचारु हुँदैछ। विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसको महामारीका कारण दुई महिनाभन्दा लामो समयदेखि स्थगित ला लिगा जुन ११ बाट सुरु गरिन लागिएको हो। लिग सञ्चालकले सम्बद्ध पक्षहरूसँग आवश्यक छलफल गरेर जुन ११ को मिति तय गरेको हो। रियल बेटिस र सेभिलबीचको खेलसँगै ला लिगा सुचारु गरिनेछ। बार्सिलोनाले भने जुन १३ मा मालोर्कासँग खेल्नेछ।

ला लिगाका नयाँ सिजन भने आगामी सेप्टेम्बर १२ तारिखमा सुरु हुने भएको छ। कोरोना भाइरसको महामारी अझै साम्य नभएकाले लिगका क्रममा पनि सावधानी भने अपनाइनु पर्नेछ। जर्मन बुन्डेस लिगाजस्तै स्पेनिस ला लिगा पनि बन्द रंगशालामा खेलाइने भएको छ। ला लिगा गत मार्च १२ तारिखमा स्थगित भएको थियो।

स्पेनिस ला लिगामा अब सबै क्लबले ११÷११ खेल खेल्न बाँकी छ। २७ खेल खेलेको साबिक विजेता बार्सिलोना ५८ अंकसहित तालिकाको पहिलो स्थानमा छ। समान खेलबाट ५६ अंक बटुलेको रियल म्याड्रिड तालिकाको दोस्रो स्थानमा आसीन छ। ४७ अंकसहित सेभिल तेस्रो स्थानमा छ। अन्नपूर्ण पोस्टमा खबर छ ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x