×

NMB BANK
NIC ASIA

छर्ने बेलासम्म धानको बीउ अभाव

जेठ २५, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

शिवराज नगरपालिका– ३ खरेन्द्रपुरका निसार अहमदको खेत जोतेर धानको बीउ छर्न ठीक्क छ । घर नजीकैको एक कठ्ठा जग्गामा धानको बीउ छर्ने तयारीका लागि सबै जोरजाम गरिसकेका छन् तर धानको बीउ कहाँबाट ल्याउने भन्ने चिन्तामा उनी छन् ।  

Muktinath Bank

बुद्धभूमि नगरपालिका –७ मानपुरका राधेश्याम यादवले पनि धानको बीउ छर्नका लागि खेत तयार बनाएका छन् । उनी दुई कठ्ठा खेतमा धानको बीउ छर्न लाग्दै छन्। उनी  पनि धानको बीउ नपाएपछि समस्यामा छन्।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कोभिड –१९ का कारण नेपाल र भारत सिमाना बन्द भएपछि किसान समस्यामा छन् । यसअघिका वर्षमा  कृषकहरु भारतबाट हाइब्रीड जातको धानको बीउ ल्याएर छर्ने गर्थे । यसपटक सीमा बन्दका कारण बीउ किन्न जान नपाउँदा छर्ने समय हुँदासम्म पनि बीउको जोहो हुन सकेको छैन ।  


Advertisment
Nabil box
Kumari

प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलसँग हाइब्रिड  धानको बीउ भारतबाट आयात गर्ने व्यवस्था मिलाउन आग्रह गरिए पनि कुनै पहल नभएको किसानले गुनासो गरेका छन् । कपिलवस्तु किसान संघले धानको बीउका लागि पटक पटक ध्यानाकर्षण गराउँदा समेत कुनै पहल नभएको किसान संघका अध्यक्ष अनुप चौधरीले बताए । उनले भने, 'यस समयमा धानको बीउ नपाइए किसान भोकै बस्ने अवस्था आउन सक्छ, त्यसैले बीउ समयमा उपलब्ध हुने व्यवस्था गर्नुपर्छ ।'

Vianet communication
Laxmi Bank

प्रजिअ पौडेलले नेपाल भारत सिमानामा आवतजावत गर्न पूर्ण रुपमा बन्देज रहेकाले कुनै पनि समाग्री ल्याउन नसकिने बताए।

किसानको समस्याका विषयमा गृह मन्त्रालयमा जानकारी गराइएको तर सिमानाका विषयमा कुनै निर्देशन नआएकाले केही भन्न नसकिने प्रजिअ पौडेलले जानकारी दिए। उनले भने, 'यो राष्ट्रिय समस्या भएकाले संघ र प्रदेश सरकारबाट समाधान गर्नुपर्ने हुन्छ ।'

यहाँका किसानले लामो समयदेखि भारतबाट सभा,  सम्पूर्ण, काबेरी, गोरखनाथ जस्ता भारतीय हाइब्रिड जातको धान ल्याउने गरेका छन् । जिल्लामा कुल खेतीयोग्य जमीन ८३ हजार हेक्टरमध्ये ७२ हजार हेक्टरमा धान खेती गर्ने गरिन्छ । यसबाट दुई लाखभन्दा बढी मेट्रिक टन धान उत्पादन हुने गरेको जनाइएको छ । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x