१० ग्राम सुनको मूल्य ७५ हजार नजिक, तोलाको कति ?

कोरोना भाइरसको संक्रमणको जोखिम रोकथाम तथा न्यूनिकरणका लागि सरकारले जारी गरेको लकडाउनका कारण बन्द भएको सूनचाँदी बजार पुनः शुरू हुने भएको छ ।

यससँगै नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनचाँदीको दरभाउ प्रकाशन गरेको छ ।


Advertisement

आइतवारदेखि सुनचाँदीको मूल्य प्रकाशन शुरू गरिएको महासंघले विज्ञप्तिमार्फत जनाएको छ । 

आइतवार नेपाली बजारमा छापावाल सुनको मूल्य प्रतितोला ८७ हजार ४ सय रुपैयाँ कायम भएको छ भने तेजावी सुनको मूल्य प्रतितोला ८६ हजार ९ सय ६० रुपैयाँ कायम भएको छ । 


Advertisement

यस्तै महासंघले चाँदीको मूल्य प्रतितोला ९ सय २५ रुपैयाँ कायम गरेको छ । 

महासंघले छापावाल सुन प्रति १० ग्रामको ७४ हजार ९ सय ३० रुपैयाँ मूल्य कायम गरेको छ ।

यस्तै प्रति १० ग्राम तेजावी सुनको मूल्य ७४ हजार ५ सय ५५ रुपैयाँ कायम गरेको छ । चाँदी भने प्रति १० ग्रामको ७ सय ९३ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । 
 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्