×

NMB BANK
NIC ASIA

चन्दा चौधरीको प्रश्न– गजेन्द्रनारायणदेखि हृदयेशसम्मले संसद्मा हिन्दी बोल्नुभएको थियोे, के उहाँहरू भारतीय हो ?

जेठ २५, २०७७

NTC
Sarbottam
फाइल फोटो
Premier Steels
Marvel

राष्ट्रिय जनता पार्टी (राजपा)की सांसद चन्दा चौधरीले ‘नेपालको संसद्मा भारतीय चेलीको दादागिरी’ बढेको भन्ने नेकपा सांसद गंगा चौधरी सत्गौवाको अभिव्यक्ति संसदको रेकर्डबाट नहटाएसम्म आफूहरूले आवाज उठाइरहने बताएकी छिन् । उनले गणतन्त्रमा पनि ‘एक भाषा एक भेष’को महेन्द्रवादी चिन्तन हटाउन चुनौती दिइन् ।

Muktinath Bank

आइतवार बसेको प्रतिनिधि सभा बैठकमा सभामुखसँग विशेष समय लिएर सांसद चौधरीले नेपालको नागरिता लिएर संसद्मा आइसकेको व्यक्तिलाई भारतीय चेलीको आरोप नलगाउन चुनौती दिएकी हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘नेपालको संसद्मा गजेन्द्रनारायण सिंह, हृदेयश त्रिपाठी लगायत वंशज नागरिक पनि हिन्दी भाषामा बोल्दै आउनुभएको थियो, के उहाँहरू भारतीय हो ?’ उनले प्रश्न गरिन् । 


Advertisment
Nabil box
Kumari

सांसद चौधरीने नेपाल–भारत सम्बन्ध, बिहेवारी, मधेसको इतिहास र भाषाबारे संसद्मा घण्टौंसम्म तार्किक बहस गर्न तयार रहेको बताइन् । सांसद चौधरीले यति बोल्दै गर्दा सभामुख अग्नि सापकोटाले यो विषयबारे आफूले रुलिङ गरिसकेको र कार्यव्यवस्था समितिमा विवाद पल्टाएर हेर्ने र यथोचित निर्णय दिने बताएका थिए । 

Vianet communication
Laxmi Bank

सांसद चौधरीले त्यो आपत्तिजनक अभिव्यक्ति संसद्को रेकर्डबाट नहटाएसम्म आफूहरूले बोल्न नछाड्ने बताइन् ।

‘जब कोही महिला नेपालको संविधान र कानूनअनुसार संसद्मा पुग्छ भने उसलाई भारतीय चेलीको आरोप लगाउने कुरा किमार्थ स्वीकार्न सकिँदैन । यो संसद् सदस्यमाथिकै अपमान हो,’ बैठकपछि सांसद चौधरीले भनिन् । आफूले धेरै बोल्न खोजेपनि सभामुखले माइक काटेका कारण सबै कुरा राख्न नपाएको उनले बताइन् । 

यो विषयलाइ लिएर पछिल्ला बैठकमा लगातार कुरा उठिरहेको छ । ‘भाषा भनेको सहजताका लागि बोलिने कुरा हो, सांसदको सपथ गराउँदा नै भाषा रोज्न दिइएको थियो । विगतदेखि नै नेपालको संसदमा हिन्दी भाषामा बोल्ने गरिएको छ भने अहिले आएर आपत्ति किन ?’ चौधरीले प्रश्न गरिन् । 

नेपालको नक्सा प्रकाशित गरेको विषयमा सरिता गिरीले दिएको अभिव्यक्तिलाई लिएर नेकपा सांसद गंगा चौधरीले गिरीको नाम उच्चारण नगरी ‘भारतीय चेलीको दादागिरी’ बढेको बताएकी थिइन् । 
शुक्रवार बसेको प्रतिनिधि सभा बैठकमा पनि राजपा र समाजवादी पार्टीका सांसदले सो आरोप संसद्को रेकर्डबाट हटाउन माग गरेका थिए । 

‘म नेपालको राष्ट्रियता, मधेसको राष्ट्रियता, नेपाल–भारतको विहेबारी, नेपाल–भारत सम्बन्धबारे घण्टौं लजिकल टक गर्न सक्छु । ‘एकभाषा एक भुसा’ चाहिएको थियो त, किन मधेस आन्दोलन भयो, गणतन्त्र र राजतन्त्रको फरक के रह्यो ?’ चौधरीले प्रश्न गरिन् । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x