×

NMB BANK
NIC ASIA

संसद्‍मा देखिएको असाधारण राष्ट्रिय एकताप्रति प्रधानमन्त्री प्रसन्न, भने– 'एकताप्रति गर्व गर्दछु'

जेठ २८, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधन विधेयकमाथिको सैद्धान्तिक छलफलका क्रममा देखिएको राष्ट्रिय एकताप्रति प्रसन्नता व्यक्त गरेका छन् ।

Sagarmatha Cement
Muktinath Bank

अप्ठ्यारो बेलामा राष्ट्र एक हुने, राष्ट्रिय एकता कायम हुने नेपाली चरित्रलाई यसले प्रकट गरेको उनले बताए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘सभामुख महोदय, हिजोको सभामा असाधारण राष्ट्रिय एकता देखिएको छ । आजको हाम्रो अगाडि रहेका विभिन्न चुनौती सामना गर्न, चाहे राष्ट्रियताको सबालमा होस् या कोभिड– १९ को सवाल अथवा यसले उत्पन्न गरेका विभिन्न जटिलता र अप्ठ्यारोको सामना गर्न आज जुन राष्ट्रिय एकता र साझा प्रयास आवश्यक छ, हिजोको सभामा त्यो देखापर्‍यो । त्यस एकताप्रति गर्व गर्दछु,’ बुधवार प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘दलीय व्यवस्थामा संसदीय अभ्यासमा त्यस्ता राष्ट्रिय एकता, सुदृढ एकताका परिस्थितिहरू कहिले–कहिले मात्र देख्न पाइनेजस्ता हुन्छन् । हाम्रो संसद् यस मामिलामा अत्यन्तै गम्भीर छ, परेको बेला राष्ट्रिय समस्यासँग जुध्न, राष्ट्रका अगाडि आएका साझा चुनौती सामना गर्न हाम्रो संसद् जिम्मेवार छ, एकताबद्ध भएर अगाडि बढ्न सक्छ, सक्षम छ, भन्ने देखाएको छ ।’


Advertisment
Nabil box
Kumari

राष्ट्रिय एकता, भौगोलिक अखण्डता र राष्ट्रिय स्वाधीनता स्थापित गर्ने प्रयास साझा प्रयत्न भएको स्पष्ट भएको उनले बताए ।

Vianet communication
Laxmi Bank

‘जनताको प्रतिनिधिको रूपमा संसद्ले जुन जनभावनालाई मुखरित गरेको छ, यो धेरै सह्रानीय कुरा हो,’ उनले भने । 

कसैले जश लिन, श्रेय लिन या कसैको देवत्वकरण गर्न आवश्यक नभएको ओलीले बताए । हिजो प्रतिनिधि सभामा ८४ सांसदले सरकारको कदमको प्रशंसा गरेका थिए ।  

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x