फागुन १, २०८०
गरिबको घरआँगन कसैलाई मन पर्दैन । गरिबको लुगाफाटो कसैलाई मन पर्दैन । गरिबले ठूला कुरा गरेको कसैलाई मन पर्दैन । गरिब नाचेको, गरिब हाँसेको कसैलाई मन पर्दैन । यतिखेर गरिबले लडेको जनयुद्ध दिवस पनि कसैलाई मन ...
लन्डन स्कूल अफ हाइजिन एण्ड ट्रोपिकल मेडिसिनका अनुसन्धानकर्ताले बताएका छन् कि १० प्रतिशत संक्रमित व्यक्ति ८० प्रतिशत संक्रमण फैलाउन जिम्मेवार छन् । त्यस्तै युनिभर्सिटी अफ बर्लिनका भाइरोलोजिस्ट क्रिश्चियन द्रोस्तेनका अनुसार २० प्रतिशत संक्रमित व्यक्ति ८० प्रतिशत व्यक्तिलाई संक्रमण सार्न जिम्मेवार छन् । अनुसन्धानले देखाएको छ, कोरोना संक्रमण भएका हरेक व्यक्तिले अरूलाई रोग सार्न सक्दैनन् । संक्रमण भएका मध्ये १०-२० प्रतिशत सुपर स्प्रेडरले ८० -९० प्रतिशतलाई संक्रमण फैलाउन सक्छन् ।
हङकङमा भएको अनुसन्धानले भनेको छ, कोरोना संक्रमित सबै व्यक्तिले कोरोना सार्दैनन् । करीब २० प्रतिशत व्यक्ति जसलाई सुपर स्प्रेडर भनिन्छ, उनीहरूले ८० प्रतिशत संक्रमण सार्नमा जिम्मेवार हुन्छन् । त्यसैले कुनै व्यक्ति संक्रमित देख्नेबित्तिकै उसलाई आइसोलेसनमा नराख्ने हो भने उसले आफ्नो परिवार, आफन्त तथा सम्पर्कमा रहेका धेरै व्यक्तिलाई संक्रमण सार्न सक्दछ ।
इजरायलमा भएको एउटा अनुसन्धानले बताएको छ कि केही यस्ता संक्रमित व्यक्ति हुन्छन् जसको संक्रमण फैलाउन ८० प्रतिशत भूमिका हुन्छ भने अन्य संक्रमित व्यक्तिले १-१० प्रतिशतलाई मात्र रोग सार्न सक्छन् ।
बेलायत, जर्मनी, आइसल्याण्ड, नर्वे र डेनमार्कमा अनुसन्धान गर्दा यस्ता बार तथा पार्टी गर्ने ठाउँबाट कोरोना संक्रमण धेरै फैलिएको बताइएको छ । त्यस्तै कोरियामा पनि डान्सबार र जिम केन्द्रबाट २४ घन्टामा ११२ जना संक्रमित भएको पाइएको छ ।
आर्मस्त्ट्रडमको एक सांगीतिक कार्यक्रममा रहेका १३० जनामध्ये १२० जनालाई एकै संक्रमितले कोरोना संक्रमण सारेको टेलिग्राफले जनाएको छ ।
सीडीसीका अनुसार १० मार्चमा ६१ जना सम्मिलित माउन्ट भेर्नन वासिंगटनमा भएको पार्टीमा साढे २ घण्टा सांगीतिक कार्यक्रम भएको थियो । त्यहाँ गायन तथा खानपिन कार्यक्रम चलेको थियो । तीमध्ये १ जनालाई जाडो हुने समस्या भएको पछि थाहा भयो । परीक्षण गर्दा उक्त व्यक्ति कोरोना संक्रमित रहेछ । त्यो कार्यक्रममा उपस्थित ५३ जना हप्तादिनभित्र संक्रमित भए तथा २ जनाको मृत्यु भयो ।
लन्डन स्कूल अफ हाइजिन एण्ड ट्रोपिकल मेडिसिनले जनाएअनुसार सिंगापुरको आप्रवासी बस्ने होस्टेलमा ८०० जनालाई संक्रमण भएको, ओसाका जापानमा लाइभ म्युजिक कार्यक्रममा ८० जना संक्रमित भएको, दक्षिण कोरियाको जुम्बा क्लासमा ६५ जना संक्रमित भएको त्यस्तै पानीजहाज, ओल्ड एज होम, मासु प्याक गर्ने स्टोर, स्की रिसोर्ट, चर्च, रेस्टुरेन्ट, अस्पताल, जेल आदिमा एउटा सुपर स्प्रेडरले धेरैजनालाई संक्रमित बनाएका धेरै घटना पाइएको छ । त्यस्तै अर्को यस्तै ठाउँको अध्ययन गर्दा संक्रमित व्यक्तिले अन्य व्यक्तिलाई संक्रमण सार्न नसकेको धेरै घटना छन् ।
दक्षिण कोरियामा खुकुलो गरेपछि गत मई महिनाको शुरूआतमा एकजना व्यक्तिले विभिन्न क्लबमा १७० जनालाई संक्रमित गरेको पाइएको थियो । लकडाउन खुकुलो गर्ने मुलुकमा यस्ता सुपर स्प्रेडरको कारण ठूलो समुदाय जोखिममा पर्ने डर सधैँ रहन्छ ।
एकजना कोरोना संक्रमित व्यक्तिले औसतमा २-३ जनालाई संक्रमण सार्न सक्छ भन्ने मान्यतामा विश्वास गरिएको थियो । अनुसन्धान गर्दै जाँदा देखियो कि केही यस्ता व्यक्ति हुन्छन् जसले धेरै मान्छेलाई संक्रमण सार्न सक्छन् । चीनको वुहानमा जनवरीमा एउटा संक्रमितले १४ जना स्वास्थ्यकर्मीलाई संक्रमण फैलाएको थियो ।
त्यसपछि सरुवारोग विज्ञले आफ्नो अनुसन्धानको दायरा बढाएका थिए । दक्षिण कोरियामा एकजना व्यक्तिले चर्चमा ४० जना व्यक्तिलाई संक्रमण सारेको थियो । वाशिङ्गटनको गायन कार्यक्रममा एकजना संक्रमितले उपस्थित ६१ जनामध्ये ३२ जनालाई संक्रमण सारेको पुष्टि भएको थियो । त्यस्तै सिकागोमा एकजना व्यक्तिले भोजमा १५ जनालाई संक्रमित बनाएको थियो ।
केही वैज्ञानिकको मत छ कि कोरोना संक्रमण फैलाउन सुपरस्प्रेडरको ८० प्रतिशत हात हुन्छ । बेलायतबाट प्रकाशित टेलिग्राफ पत्रिकाअनुसार बाहिरी हावा नजाने सुपरमार्केट, नृत्य प्रशिक्षण केन्द्र, चर्को आवाजमा हलमा हुने कन्सर्ट, हल्ला हुने बार, मासु प्याकिङ गर्ने केन्द्र आदिलाई कोरोना संक्रमण फैलाउने सुपरस्प्रेडर स्पोट मानिएको छ ।
त्यस्तै अस्पताल, नर्सिंग होम ( वृद्धाश्रम ), छात्राबास, खाना प्रशोधन केन्द्र र खाध्य बजारलाई पनि कोरोना संक्रमणको सुपर स्प्रेडर हब मानिएको छ ।
बार तथा भित्री कोठामा हुने नाचगानमा एकअर्कालाई अभिवादन गर्दा, ड्रिंक शेयर गर्दा तथा कानेखुसी गर्दा कोरोना संक्रमण धेरै सरेको पाइएको छ । सामाजिक दुरी कायम गरेर खुला ठाउँमा यस्ता गतिविधि गर्दा सुरक्षित हुन सकिन्छ ।
कुनैपनि व्यक्ति सुपर स्प्रेडर हुनका लागि भाइरस, संक्रमितको अवस्था तथा वातावरणले ठूलो भूमिका खेल्दछ । त्यस्तै लक्षणपूर्वको अवस्थामा संक्रमितले बन्द कोठाको भीडभाडयुक्त वातावरण पायो भने धेरैलाई सार्न सक्छ । यसमा रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिको समूह धेरै भयो भने अझ धेरै जनालाई रोग सार्ने सम्भावना हुन्छ ।
संक्रमितको व्यवहार, यात्रा गर्दाका साथी तथा अन्य व्यक्तिसँगको सम्पर्क कति धेरै छ भन्ने कुरा पनि रोग सार्न महत्त्वपूर्ण हुन्छ । संक्रमित पसले, बारम्बार यात्रा गर्ने संक्रमित व्यवसायी, बिरामी स्वास्थ्यकर्मी, कपाल काट्ने व्यक्ति, पार्लरमा काम गर्ने व्यक्ति आदि जो धेरै व्यक्तिसँग सम्पर्क गर्छन्, उनीहरू कोरोना संक्रमणको सुपर स्प्रेडर हुन सक्छन् । त्यस्तै विधका कार्यक्रम वा र्याली जहाँ सामाजिक दुरी सम्भव हुँदैन, त्यस्तो ठाउँमा खोकिरहने व्यक्तिले धेरै जनालाई रोग सार्न सक्दछ ।
हालसम्म २१३ देशमा कोरोना संक्रमण फैलिएको छ । कुनै देश वा कुनै सहरमा व्यापक रूपमा फैलिनु तर उस्तै अवस्था भएका देश र सहरमा कम फैलिनु, रोगको गम्भीरता एवं मृत्युदर पनि उस्तै क्लस्टरमा फरक हुनु एवं सर्ने गति उस्तै अवस्थामा कहीँ छिटो अनि कहीँ ढिलो हुनुका कारण वैज्ञानिक समेत अलमलमा परेका छन् ।
खुला ठाउँमा भन्दा बन्द कोठा तथा हलमा संक्रमण फैलिने सम्भावना धेरै हुन्छ । जापानमा भएको अध्ययनअनुसार आउटडोर अर्थात् बाहिरको वातावरणमा भन्दा इन्डोरअर्थात् कोठा तथा हलभित्र संक्रमण फैलिने सम्भावना १९ गुणा बढी हुन्छ ।
कुनै अवस्था निकै जोखिमयुक्त हुन्छन् । मासु प्याक गर्ने प्लान्टमा धेरै व्यक्ति नजिकै बसेर काम गर्ने तथा त्यहाँको न्यून तापक्रमको कारण भाइरस लामो समयसम्म बाँच्ने अनुकुलता हुन्छ । त्यस्तै मान्छेहरू चिच्याउने, गाउने, लामो र छिटोछिटो सास फेर्ने, सामूहिक सुत्ने ठाउँमा घुर्ने जस्ता क्रियाकलाप संक्रमण सार्नका लागि ठूला माध्यम बन्छन् । यसरी सम्भावित १० प्रतिशत कसले ८० प्रतिशत रोगको फैलावट गर्दछन् । रोग सार्नका लागि समयको पनि ठूलो भूमिका हुन्छ । एउटा संक्रमितले अहिले संक्रमण फैलाउने सम्भावना र २ दिनपछि फैलाउने सम्भावनामा धेरै फरक हुन्छ ।\
अनुसन्धानरत विभिन्न इपिडेमियोलोजिस्टका अनुसार संक्रमण सार्नका लागि सुपर स्प्रेडरको रोल छ । यसमा सुपर स्प्रेडरको गल्ती छैन । कुनै पनि व्यक्ति सुपर स्प्रेडर बन्न सक्छ । गलत समयमा सुपर स्प्रेडरको सम्पर्कमा जो–जो व्यक्ति आउँछन्, उनीहरू संक्रमित हुन्छन् । संक्रमणको पूर्वलक्षणको समयमा उनीहरूको नाक तथा घाँटीमा भाइरसको लोड धेरै हुन्छ ।
ती मध्ये अधिकांश संक्रमितको लक्षण देखिँदैन । जसले गर्दा उनीहरू आफू बिरामी भएको ठान्दैनन् । त्यसकारण उनीहरू परिवार तथा समाजमा सक्रिय हुन्छन् र संक्रमण फैलाउँछन् । यस्तै कतिपय व्यक्तिमा संक्रमण सार्न सक्ने क्षमता अन्य व्यक्तिमा भन्दा लामो समयसम्म हुन्छ । यो व्यक्तिको रोग प्रतिरोधात्मक क्षमता र भाइरस शरीरको कुन ठाउँबाट प्रवेश गर्यो तथा कता फैलियो भन्ने कुरामा पनि भर पर्दछ ।
संक्रामक सुपर स्प्रेडर बन्द कोठामा जति धेरै व्यक्तिको सम्पर्कमा आउँछन्, उनीहरूले त्यति धेरै जनालाई छोटो समयमा संक्रमित बनाउन सक्छन् । कोरोनाभाइरस संक्रमितको नाक तथा मुखबाट निस्केका कण तथा ती कण रहेको सतहबाट मात्र सर्दैन, यो बन्द कोठाभित्र रहेको हावाबाट पनि सर्दछ । अध्ययनले देखाएका छन् कि जोडले बोल्दा, चिच्याउँदा, गाउँदा, सिठी फुक्दा, सुसेली हाल्दा बन्द हलमा हावामा रहेका भाइरस पार्टीकल त्यो समूहका अधिकांश व्यक्तिसम्म पुग्दछ । यसरी सास लिँदा भाइरस शरीरभित्र प्रवेश गर्दछ ।
सुपर स्प्रेडरको पहिचान गर्न एकदम गाह्रो छ । किनकि उनीहरूलाई कुनै लक्षण नहुन सक्छ वा हल्का मात्र हुनसक्छ । हामीले गर्न सक्ने भनेको मास्क, सामाजिक दुरी, सरसफाइ तथा बन्द कोठा वा हलमा मान्छेलाई जम्मा हुन नदिनु नै हो । सिनेमा, खेलकुद, क्यासिनो, डान्सबार, क्लब, सेमिनार, र्याली, विरोध प्रदर्शन लगायतको भीडलाई नियन्त्रण गर्नाले सुपर स्प्रेडरबाट बच्न सकिन्छ । हामीले यस्ता गतिविधि रोक्यौं भने सम्पूर्ण शहर वा देशलाई लकडाउन गर्नुपर्दैन । लकडाउनलाई बिस्तारै–बिस्तारै खुकुलो बनाउँदै, परीक्षणको दायरा बढाउँदै सामान्य अवस्था नआएसम्मका लागि स्कूल, कलेज तथा माथि उल्लेखित कार्यलाई बन्द गरेर आर्थिक गतिविधि बढाउन सकिन्छ ।
नेपालको सन्दर्भमा पनि सुपर स्प्रेडरको कारण संक्रमण धेरैमा फैलिएका उदाहरण छन् । वीरगंज, छपकैयाका ३६ वर्षीय पुरुषले आफ्नो परिवारका १७ जनालाई संक्रमण सारेका थिए । उनको कन्ट्याक्ट ट्रेसिंग अनुसन्धान गर्ने हो भने अझै धेरैलाई संक्रमण सारेको देखिन सक्छ । त्यस्तै गुजरातबाट आउँदै गर्दा बसमा मृत्यु भएका अर्घाखाँचीका पुरुषको कन्ट्याक्ट ट्रेसिङ गर्दा ३१ जनालाई पोजिटिभ देखिएको थियो । उदयपुरको भुल्के, बाँकेको रजैनापुर, अछाम लगायत विभिन्न ठाउँमा भएको संक्रमण हेर्ने हो भने सुपर स्प्रेडरले धेरै जनालाई संक्रमित बनाएको देखिन्छ ।
एकै घरमा एकजना संक्रमित हुनु तर बाँकी संक्रमित नहुनु, आमालाई संक्रमण हुँदा शिशु तथा परिवारका अन्य सदस्यलाई संक्रमण नसार्नु जस्ता विविध घटना देखिएका छन् । यसले के प्रमाणित गरेको छ भने संक्रमित हुँदैमा हरेक व्यक्तिले अरूलाई रोग सार्न सक्दैनन् । यस्ता सुपर स्प्रेडरले बिगतमा टाइफाइड ज्वरो, दादुरा, सार्स, मर्स लगायतका रोग धेरै जनालाई फैलाएको अनुसन्धानले बताएका छन् । त्यस्तै क्षयरोग, इबोलाको संक्रमणमा पनि सुपर स्प्रेडरको ठूलो भूमिका पाइएको छ । मास्क प्रयोग गर्ने, हात धुने, क्वारेन्टीन तथा आइसोलेसनमा बस्ने, भीडभाडमा नजाने, खोप तथा औषधि लिने आदि प्रक्रियाले सुपर स्प्रेडरको क्षमता घटाउन मद्दत गरेका छन् ।
(Refrence : Research journals)
पढ्नुहोस्, यो पनि :
यी १५ कमजोरी जसका कारण कोरोना नियन्त्रणमा फेल भयो नेपाली लकडाउन : डा. रवीन्द्र पाण्डे
१० अर्ब स्वाहा ! तर बढेकोबढ्यै छ कोरोनाको जोखिम
खुकुलो लकडाउन र कोरोना संक्रमणबाट बच्ने २० उपाय : डा. रवीन्द्र पाण्डे
कोरोना संक्रमणका नयाँ र बुझ्नै पर्ने कुरा : डा. रवीन्द्र पाण्डे
प्रधानमन्त्री ओलीसामु पुगेको लकडाउन खोल्ने त्यो मोडालिटी, खुला भएपछि कोरोनाबाट कसरी बच्ने ?
कोरोना मनोविज्ञान र नयाँ रोजगारी : डा. रवीन्द्र पाण्डे
७ दिनका लागि स्वास्थ्यमन्त्री बनाइएपछि कोरोना नियन्त्रणमा यी काम गरें : डा. रवीन्द्र पाण्डे
गरिबको घरआँगन कसैलाई मन पर्दैन । गरिबको लुगाफाटो कसैलाई मन पर्दैन । गरिबले ठूला कुरा गरेको कसैलाई मन पर्दैन । गरिब नाचेको, गरिब हाँसेको कसैलाई मन पर्दैन । यतिखेर गरिबले लडेको जनयुद्ध दिवस पनि कसैलाई मन ...
डिसेम्बर पहिलो साता एनसेलको माउ कम्पनी आजियाटाले आफ्नो रेनोल्ड होल्डिङ्स यूकेको शतप्रतिशत स्वामित्व गैरआवासीय नेपाली सतिशलाल आचार्यको कम्पनी स्पेक्ट्रलाइट यूकेलाई बेच्न गरेको सम्झौताबारे समाचार बाहिरिएको झन्डै ३ हप्...
नेपालको सार्वजनिक प्रशासन, विशेषतः निजामती सेवामा व्यावसायिक सदाचारिता विकास भएन भन्ने प्रश्न समय समयमा उठ्दै आएको छ । कर्मचारीमा स्वाभाविक रूपमा हुनुपर्ने कार्यसम्पादनलाई व्यवस्थित बनाउने सीप, संस्कार र अनुभवजन्य...
उमेरले ३५ वर्ष पुग्नै लाग्दा मैले लोकसेवा आयोगको फाराम भरें । ३५ वर्ष कटेको भए फाराम भर्न पाउँदैनथें, तर नियुक्ति लिँदा भने ३५ वर्ष कटिसकेको थिएँ । लोकसेवा आयोगको सिफारिशअनुसार क्षेत्रीय सिञ्चाइ निर्देशनालयले...
कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...
केही वर्षअघि विद्वान प्राध्यापक डा. अभि सुवेदीले कान्तिपुरमा लेख्नुभएको एउटा प्रसंगबाट आजको चर्चा शुरू गर्नु उपयुक्त हुनेछ । त्यस प्रसंगमा नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्रीको हैस...
सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...
रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन । सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...
कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...