इथियोपियाको ताजा कायापलटको कथा : एउटै नेतृत्वले कति फरक पार्दोरहेछ उन्नतिमा

सन्तोष अधिकारी
सन्तोष अधिकारी

त्रिभुवन विश्वविद्यालयबाट समाजशास्त्रमा स्नातकोत्तर अधिकारी हाल डेनमार्कको डेमन्फोन्ट युनिभर्सिटीमा अध्ययरत छन् ।

दुई दशकदेखि छिमेकीसँगको सीमा विवादले देश थिलोथिलो भएको थियो । रोग, भोकमरी र चरम गरिबीसँगै आन्तरिक द्वन्द्व र अपराधको दायरा फराकिलो बन्दै गएको थियो । दशौं हजारको ज्यान गइसकेको थियो । लाखौं घरबारविहीन भएका थिए । इथियोपियाको हिमालबाट धेरै हिउँ पग्लिसकेको थियो । इरिट्रियाको समुन्द्रमा धेरै छाल बगिसकेको थियो, तर पनि विडम्बना यी दुई देशको द्वन्द्वको कारण सुन्दर ‘बदमे’ भूमिमा रगत बग्न छाडेको थिएन ।

हो यिनै हिंसा र द्वन्द्वबाट आक्रान्त भएका इथियोपीयन र इरिट्रीयनका लागि सन २०१८ अप्रिल २ मा बुद्ध बनेर उदाए डाक्टर अबि अहमेद । उमेर भर्खर चार दशक पार गरेका इथियोपियाका दशौं प्रधानमन्त्री डा. अहमेद अहिले इथियोपियाको जर्जर र कहालिलाग्दो विगतलाई नै बदल्ने अभियानमा छन्, अनि सफलता पनि पाइराखेका छन् । इथियोपियामा उनको उदयले सिंगो अफ्रिकालाई द्वन्द्वबाट शान्तितर्फ लैजान अभ्रिप्रेरित गरिराखेको छ भने इथियोपिया र इरिट्रियाको त भाग्य नै बदल्ने विश्वास गरिएको छ । 


Advertisement

कसरी अन्त्य गरे छिमेकीसँगको लामो रक्तपातपूर्ण द्वन्द्वलाई ? जसले उनलाई सन २०१९ को नोबेल शान्ति पुरस्कार समेत दिलायो । हो सन १९९८ मे ६ बाट शुरू भएको यी २ देशबीचको सीमा विवादको अन्त्य २० वर्ष २ महिना ३ दिनपछि सन २०१८ जुलाइ ९ मा समाप्त भयोे । यति लामो अवधिसम्म नजिकका यी दुई देशबीच आवतजावत त परै जाओस् सरकारी स्तरमा संवाद समेत भएको थिएन । डा. अहमेदपूर्वका शासकहरूले यी मुद्दालाई राष्ट्रवाद र देशभक्तिसँग जोडेर जनता माझ ‘ब्ल्याकमेलिड’ गरिराखे, जसलाई अहमेदले तोडिदिए ।

नजिकको छिमेकीसँग संघर्ष होइन सहकार्यबाट मात्र आधुनिक इथियोपिया निर्माण सम्भव छ भन्ने सन्देश दिए । हो, त्यसकारण अहमेदको जीतलाई लिएर इथियोपियामा मात्र होइन इरिट्रियामा समेत हर्ष र उल्लास छाएको थियो । सन १९९१ मे २४ बाट मात्र  इथियोपियासँग पूर्ण स्वतन्त्र भएको इरिट्रियाले आन्तरिक तथा बाह्य मा धेरै समस्या झेल्दा झेल्दै पनि द्वन्द्वको अन्त्यका लागि विश्वासिलो वातवरण निर्माण गर्न सकेको थिएन ।


Advertisement

दुईदशक लामो पानीबाराबारको युद्धलाई अन्त्य गर्न अहमेद नै इरिट्रियका राष्ट्रपति इसाएस एफवार्कीलाई भेट्न राजधानी आसमारा पुगेका थिए । जुन भेट नै शान्ति र मित्रता स्थापित गर्न कोशेढुंगा सावित भएको थियो । उनले देखाएको लचकता र अभिभावकत्वले आज दुवै देशका नागरिकले शान्ति र अमनचयनको अनुभूति गर्न पाएका छन् । 

के परिवर्तन भएको छ त इथियोपियामा ? वास्तवमा धेरै अभुतपूर्व निणर्य गरेर विश्व राजनीतिमा एउटा गरीब देशको नेतृत्वले यति छिटो टावरिङ पर्सनालिटी निर्माण गरेको धेरै कम उदाहरण छन् । हामी सबैलाई थाहा छ, केही वर्ष अघिसम्मको किताबको पाना पल्टाउने हो भने, इतिहास हेर्ने हो भने अथवा गूगल सर्च गरेपनि विश्वकै गरीव देशको उपमा पाएको थियो इथियोपियाले ।

१२ डिसेम्बर सन २००० मा भएको ‘अल्गेरिएस पिस एग्रिमेन्ट’ को जगमा उभिएर यी दुई देशले लामो सीमा समस्या अन्त्य गरेका हुन् । जतिबेला संयुक्त राष्ट्रसंघ, अफ्रिकन युनियन र अल्जेरियाको मध्यस्थतामा दुवै देशले आफ्ना देशमा रहेका एकअर्का देशका बन्दीलाई विनाशर्त रिहा गर्ने, विवादित सीमामा सैन्य गतिविधि नगर्ने, अन्तर्राष्ट्रिय सीमाको नियम पालाना गर्ने उल्लेख गरिएको थियो ।

दुई वर्षअघि यी दुवै देशले दुवैले जीतेको भावमा सहमति कायम गरे । सन १९००, १९०२ र १९०८ को ‘पर्टिनियन्ट कोलोनियल ट्रिटी’ साथै न्याय र निष्पक्षताको मुलभूत मापदण्डलाई अंगिकार गर्दै दुवैतर्फको सीमा निर्धारण गरिएको थियो । दुवै देशले मिचेको भनेको या दाबी गरिएका भू–भाग छाड्न सहमत भएका थिए, जसले नयाँ शिराबाट समाधान खोज्न सहयोग पुगेको पछिल्लो समय पनि मध्यस्थता गरेको यूएन र एयूले उल्लेख गरेका छन् । यसबाट विश्वलाई यी देशले सहमति र सहकार्यले नै समस्या समाधान गर्न सकिन्छ भन्ने सन्देश दिएका थिए । 

नेपाल पनि अहिले भारतसँगको सीमा विवादमा अल्झिएको छ । इथियोपिया /इरिट्रिया मोडललाई आधार बनाएर यो समस्या समाधान गर्न सकिन्छ, जसमा भारतले बेवास्ता गर्दा नेपालले आफ्नो आन्तरिक हित र स्वार्थका निम्ति आफैं अग्रसरता लिएर भारतलाई दबाब दिन सक्छ । राष्ट्रवादी र देशभक्त बन्ने होडमा नलागी जिम्मेवार छिमेकीको रूपमा अन्तर्राष्ट्रिय मूल्यमान्यता र कानूनको आधारमा निकास निकाल्न सकियोस् ।

छिमेकीसँगको संघर्षले न भारत, न नेपाल, दुवैलाई फाइदा हुने छैन । अर्कातर्फ सस्तो लोकप्रियता कमाउने होडमा यस्ता विषयलाई भविष्यको राजनीतिक जोड घटाउसँग जोडिनु पनि हुँदैन । अहमेदपूर्वका इथियोपीयन र इरिट्रीयन नेतृत्वले सीमा समस्यालाई राष्ट्रवादसँग जोड्दै देशलाई द्वन्द्वतर्फ नै उन्मुख गराए, जसका कारण दुवै देशले ठूलो क्षति बेहोर्नुपर्‍यो, जुन असफल संस्कारलाई अहमेदले तोडिदिए । उच्च अभिभावकीय र नेतृत्वदायी भूमिका प्रदर्शन गरे ।

अहमेदले देशलाई क्षत्विक्षत् बनाइराखेको द्वन्द्वलाई राष्ट्रियतासँग जोडेर विगतका शासकले जस्तै सस्तो लोकप्रियता आर्जन गर्न खोजेको भए रुग्ण इथियोपिया आज विश्वका तीव्र गतिमा विकास गर्ने तेस्रो नम्बरको देशमा आउँदैनथ्यो । छिमेकीसँगको युद्धकै कारण यो देश अनुत्पादक सैन्य क्षेत्रमा ठूलो लगानी गर्न विवश थियो । तर आजको इथियोपिया हिजोको इथियोपिया रहेन र होइन ।

लामो समय भोक र अभावसँग जुधेका इथियोपीयन माझ अहिले मुर्खले मात्र इथियोपियामा भाकै बस्नुपर्छ भन्ने मान्यता नै विकास भइसकेको छ । डा. अहमेदको नेतृत्वमा शुरू भएको आधुनिक इथियोपियाको अभियानमा शान्ति, विकास र मेगा प्रोजेक्टको विस्तारले तीव्रता पाएको छ । विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको सन् २०१९ को तथ्यांकमा समेत चीन र म्यानमारपछि छिटो विकास गर्ने देशमा यही देशलाई उल्लेख गरिएको छ ।

अफ्रिकाको न्यू चाइनाको उपमा समेत यो देशले पाएको छ । अनियमितता र भ्रष्टाचार घट्दो छ । देशबाहिर पलायन भएका दक्ष तथा अर्धदक्ष जनशक्ति फर्कने श्रृंखला जारी छ, अर्थात् आम इथियोपीयनमा आमूल परिवर्तन गर्ने जोशजागरसँगै विश्वास जागेको छ । यो अहमेदले देखाएको बाटो र उनको चामत्कारिक नेतृत्वदायी क्षमताका कारण सम्भव भएको विश्व समुदायले मानेको छ । त्यसैले त उनी नोबेल पुरस्कारका लागि योग्य ठहरिए ।

किन डा. अहमेद छिमेकीसँग नरम भएर समस्या समाधानमा लागे त ? किन विगतका अरू नेतृत्वले जस्तो राष्ट्रवादको नारा बेच्न चाहेनन् त ? अर्थात् उनी देशका लागि के चाहन्थे त ? इथियोपिया नेपालजस्तै भूपरिबेष्ठित देश हो । जिबुटी, इरिट्रीया, सोमालिया, केन्या, सुडान र दक्षिण सुडान गरी ६ देशबाट घेरिएको छ । सामुन्द्रिक पहुँच भएका ४ छिमेकीमध्ये नजिकको देश थियो, इरिट्रिया । तसर्थ देशमा द्रुत गतिमा विकास गर्न छिमेकी इरिट्रियासँगको सम्बन्ध सुधार्नुपर्ने बाध्यतालाई उनले राम्रोसँग बुझेका थिए ।

सीमा विवाद अन्त्य भएको तीन महिना नपुग्दै २ दशक लामो समयदेखि बन्द भएको इरिट्रीयासँगको सामुद्रिक बन्दरगाहमा इथियोपियाले प्रवेश पायो । इरिट्रियाको बन्दरगाह प्रयोग गर्न पाउँदा उसले धेरै सामग्री तुलनात्मक रूपमा कम लागतमा आयात र निर्यात गर्न सकेको छ, अनि अहिले इथियोपियामा इरिट्रियासँग जोड्ने सडक सञ्जाल निर्माणको कामले पनि तीव्रता पाएको छ, जसबाट ऊसँगको व्यापारिक सम्बन्ध अझ विस्तार हुन सकोस् । यो पनि उनकै लचकता र इमान्दारिताको प्रतिफल थियो । प्रधानमन्त्री अहमेदलाई थाहा थियो कि विवाद मात्र समाधान हुनु ठूलो कुरा होइन किनकी देशमा विकास नभए दिगो शान्ति स्थापना र अस्थिरताको अन्त्य गर्न सकिँदैन ।

शान्ति र विकासको अभूतपूर्व यात्रामा देशलाई अघि बढाएकाले नै अहमेदले २०१९ को नोबेल पिस प्राइजबाट सम्मानित हुने ऐतिहासिक अवसर पाए । संयुक्त राष्ट्रसंघका महासचिव एन्टेनियो गुटरेसले प्रशंसा गर्दै भनेका छन्, ‘उनको यो उपलब्धि अफ्रिकाकै लागि शान हो । प्रधानमन्त्री अहमेदको नेतृत्व सिंगो अफ्रिका र इथियोपियाका लागि कोशेढुंगा सावित भएको छ । उनको चामत्कारिक नेतृत्वशैली र बोल्ड डिसिजन गर्न सक्ने क्षमता समकालीन विश्वमा कम नेतृत्वमा मात्र देखिएको छ । (स्रोतः द गार्जियान, ११ अक्टोबर २०१९) ।’ कतिपयले उनलाई नेल्सन मण्डेला, बाराक ओबामा र जस्टिन टुडोसँग समेत तुलना गर्ने गरेका छन् । 

के परिवर्तन भएको छ त इथियोपियामा ? वास्तवमा धेरै अभुतपूर्व निणर्य गरेर विश्व राजनीतिमा एउटा गरीब देशको नेतृत्वले यति छिटो टावरिङ पर्सनालिटी निर्माण गरेको धेरै कम उदाहरण छन् । हामी सबैलाई थाहा छ, केही वर्ष अघिसम्मको किताबको पाना पल्टाउने हो भने, इतिहास हेर्ने हो भने अथवा गूगल सर्च गरेपनि विश्वकै गरीव देशको उपमा पाएको थियो इथियोपियाले ।

तर आज जुन गतिमा विकास गरेको छ, यसलाई कायम राख्यो भने भावी इथियोपीयनका लागि गरीबी र भोक भनेको किम्वदन्ती बन्न सक्छ । शायद उनीहरूले सोध्ने छन्, के इथियोपिया मा पनि मान्छे भोकै बस्नुपरेको थियो ? प्रत्येक वर्ष बढ्दै गएको प्रतिव्यक्ति आयदेखि सन् १९९१ मा ४७ वर्ष औषत आयु भएको इथियोपीयनको अहिलेको औसत आयु ६५ वर्ष पुग्नुलाई पनि अहिलेको नेतृतवको मिराकलसँग तुलना गरिन्छ । तथ्यांकामा मात्र होइन व्यावहारिक जीवनमा समेत कायपलट छ । देश अहमेदको नेतृत्वमा एकताबद्ध छ ।

नागरिक स्वतन्त्रता, लैंगिक समानता जस्ता कुरा व्यवहारमा लागू भएका छन् । उनको मन्त्रीमण्डलमा ५० प्रतिशत महिला मन्त्रीको सहभागिता छ । समानताको अभ्यास उनले माथिबाटै शुरू गरेका छन् । आन्तरिक र बाह्य द्वन्द्वका कारण विस्थापित भएका लाखौं इथियोपीयनलाई पुनःस्थापित गरेका छन्, जसका कारण चरम समस्यासँग जुधिराखेका सर्वसाधारणलाई ठूलो राहत मिलेको छ ।

अनि कृषिमा आश्रित देशको ठूलो जनसंखयालाई व्यावसायिक बनाउन ग्रामिण भेगमा व्यवस्थित सडक निर्माणदेखि कृषिको आधुनिकीकरणमा अभियान थालिएको छ । सन् २०१८ मा ७.१ बिलियान अमेरिकी डलर बराबर निर्यात् गरेको इथियोपियाले सन् २०१६ र १४ मा करीब ६ बिलियान मात्र निर्यात् गरेको थियो । व्यापार घाटा विस्तारै घटाउँदै गएको विश्व बैंकले जनाएको छ ।

इथियोपियाको कूटनीतिक क्षमता यसरी विस्तार भएको छ कि जसका कारण अन्तर्राष्ट्रिय लगानीकर्ता र सहयोगदाता पनि ठूलो मात्रामा आकर्षित भएका छन् । देशमा शुरू भएका मेगा प्रोजेक्ट र बाह्य अनुदानबाट सञ्चालन गरिएका रोजगारमूलक कार्यक्रमबाट लाखौं इथियोपीयन लाभन्वित भएको विश्व बैंकले उल्लेख गरेको छ ।

अनि कृषिमा आश्रित देशको ठूलो जनसंखयालाई व्यावसायिक बनाउन ग्रामिण भेगमा व्यवस्थित सडक निर्माणदेखि कृषिको आधुनिकीकरणमा अभियान थालिएको छ । सन् २०१८ मा ७.१ बिलियान अमेरिकी डलर बराबर निर्यात् गरेको इथियोपियाले सन् २०१६ र १४ मा करीब ६ बिलियान मात्र निर्यात् गरेको थियो । व्यापार घाटा विस्तारै घटाउँदै गएको विश्व बैंकले जनाएको छ ।

आज इथियोपियालाई हामीले जस्तोदेखि राखेका छौं त्यो डा. अहमेदको देन हो, किनकी यसमा स्वयं इथियोपीयनहरू गर्व गर्छन्, अनि विश्वास गर्छन् । एउटा तीतोसत्य भन्नैपर्छ, आज अहमेदले पनि नेपालका युवा नेतृत्वले जस्तै पुराना इथियोपीयन राजनीतिज्ञकै बाटो पछ्याउँथे भने यो अवस्थामा आउने थिएन । नोबेल शान्ति पुरस्कारका लागि योग्य हुने थिएनन् । आधुनिक इथियोपिया निर्माणको जग बसाल्न सक्ने थिएन् ।

वास्तवमा उनले नेपालका नेताले जस्तो बोलेर पीठो बेच्न खोजेनन्, बरू कर्म गरेर परिणाम दिन खोजे । आज नेपालमा हामी बोल्नेको पीठो बिक्छ भनेजस्तै बोलेरै नेता बन्न खोज्ने अहमेदका उमेरका धेरै युवा प्रतिनिधि देखेका छौं, जसले अब अहमेद बन्ने कि, बोलेरै पिठो बेचेर जनतालाई भुलाइराख्ने सोच्न जरुरी छ । अनि पिठो बेच्नेलाई रोजी राख्ने कि अहमेदले जस्तै चामाल दिनेलाई खोज्ने त्यो निर्णय भने जनताकै हातमा छ । अन्त्यमा यो चाही भन्नै मन लाग्यो, इथियोपियाको अहिलेको अवस्थाले फेरि विश्वमा प्रमाणित गरेको छ, एउटै नेतृत्वले देशलाई साँच्चै कति फरक पार्दोरहेछ ।

 

सन्तोष अधिकारी
सन्तोष अधिकारी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्