कात्तिक २७, २०८०
गायक श्रीधर अधिकारीको नयाँ लोकदोहोरी गीत सार्वजनिक भएको छ । तिहारको अवसर पारेर सार्वजनिक ‘बाडुल्की ला होला...’बोलको गीतमा उनलाई शान्तिश्री परियारले गायनमा साथ दिएकी छन् । बा...
भारतले नेपाली भूमि लिम्पियाधुरा, लिपुलेक र कालापानी कब्जा गरेको बेला देशभक्तिले ओतप्रोत राष्ट्रिय गीत ‘नझुकून् हाम्रा शिरहरू’ सार्वजनिक भएको छ ।
पूर्खाले आर्जेको भूमिको रक्षा गर्ने दायित्व हरेक नेपालीको काँधमा आएको सन्देश दिने गरी शुक्रवार म्युजिक भिडियो सार्वजनिक भएको हो ।
अतिक्रमित भूमि फर्काउन सरकारले हालै लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नेपालको नयाँ राजनीतिक तथा प्रशासनिक नक्सा जारी गरेको छ । नेपालको भूमिका रक्षाका लागि सिङ्गो देश एकजुट भइरहेका बेला उत्तम केसीद्वारा लिखित गीत बजारमा आएको छ ।
गायक सीडी विजय अधिकारी र मनिषा राईको स्वर रहेको गीतमा संगीत सीडी विजय अधिकारीको रहेको छ । गीतमा नेपाल कलाकर्मी संघका अध्यक्ष रबिन्द्र खड्का, मोहन निरौला, लय संग्रौला, जितु नेपाल, गोपाल ढकाल, सुभेक्षा थापा, उत्तम केसी लगायत कलाकार संघका कलाकर्मीको अभिनय रहेको छ ।
राष्ट्रिय गीतको निर्देशन निर्देशक जीवन शाहीले गरेका छन् भने निर्माण साईराम पिक्चर्स प्रालिका प्रबन्ध निर्देशक शम्सेर श्रेष्ठले गरेका हुन् । राष्ट्रियताको विषयमा कोही पक्ष, विपक्ष, प्रतिपक्ष नहुने सन्देश दिन गीत निर्माण गरिएको निर्माता शम्सेर श्रेष्ठले बताए ।
गीतका लेखक उत्तम केसी भन्छन्, ‘देशमा उठिरहेको विषय भूमि जोगाउन हामी आई लाग्नेमाथि जाई लाग्ने तर कहिले पनि पछि पर्ने छैनौं र भारतको थिचोमिचो सहने छैनौं भन्ने मूल सन्देश दिन गीत लेखेको हुँ ।’
गायक श्रीधर अधिकारीको नयाँ लोकदोहोरी गीत सार्वजनिक भएको छ । तिहारको अवसर पारेर सार्वजनिक ‘बाडुल्की ला होला...’बोलको गीतमा उनलाई शान्तिश्री परियारले गायनमा साथ दिएकी छन् । बा...
लोकदोहोरी र आधुनिक गीतमा रुचाइएका गीतकार एवं संगीतकार राजकुमार बगरको स्वरमा ‘आँखैमा थियौ सानु’ बोलको गीत सार्वजनिक गरिएको छ । बगरकै शब्द एवं संगीत रहेको गीतमा उनीसँगै चर्चित गायिका...
लोक गायक अर्जुन सापकोटाका अफिसियल प्रायः गीतले स्रोता–दर्शकको माया पाउने गरेका छन् । उनले तीन साताअघि शान्तिश्री परियारसँगको स्वरमा सार्वजनिक गरेको ‘न सोध पिर के को ?’ले युट्युबमा ...
‘यो मेरो पिरती’ बोलको लोकदोहोरी गीत गाउँदै कमला मगरले गायनमा डेब्यु गरेकी छन् । अहिलेका चर्चित गायक खेम सेञ्चुरीसँग उनले यो गीतमा स्वर दिएकी हुन् । रमेश परियारको शब्द एवं संगीत, कृ...
हाँस्य कलाकार सिताराम कट्टेल र कुञ्जना घिमिरेले वैवाहिक वर्षगाँठको अवसर पारेर ‘भगवान कसम’ बोलको गीत सार्वजनिक गरेका छन । १५ औं वैवाहिक वर्षगाँठको अवसर पारेर ‘धुर्मुस–सुन्तली&rsqu...
बलिउडमा कलाकारको पारिश्रमिकलाई लिएर निकै चर्चा हुन्छ । विशेषगरी चलचित्रका स्टारहरूको पारिश्रमिकबारे सञ्चारमाध्यममा प्रशस्त समाचार बन्छन् । नेपालमा पनि बेलाबेलामा चलचित्रका स्टार कलाकारहरूको पारिश्रम...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...