×

NMB BANK
NIC ASIA

बजेटलाई लिएर मध्यपुर थिमी नगरपालिकाका मेयरमाथि उपमेयरको मुक्का, वडाअध्यक्ष कुर्ची हानाहानमा !

जेठ ३०, २०७७

NTC
Sarbottam
तस्वीर - कार्यालयभित्र कुर्ची हानाहान भएपछि बाहिर निस्केर भाषण गर्दै उपमेयर मधिकर्मी
Premier Steels
Marvel

भक्तपुर् जिल्लाको मध्यपुर थिमी नगरपालिकामा मेयर, उपमेयर र वडाअध्यक्षबीच कुर्ची हानाहान भएको छ । नगरपालिकाको बजेट विनियोजन सम्बन्धमा भएको छलफलमा कुरा नमिलेपछि नगर कार्यसमितिको बैठकमा कुटाकुट भएको हो ।

Sagarmatha Cement
Muktinath Bank

शुक्रवार अपराह्न २ बजे मेयर मदनसुन्दर श्रेष्ठले बोलाएको बैठकमा ९ वटा एजेण्डा राखिएको थियो । एजेण्डामा बुँदागत छलफल भयो । पहिलो बुँदामा रहेको चालू आर्थिक वर्षका योजना कार्यान्वयन सम्बन्धमा कुराकानी भयो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

त्यसपछि छलफल दोस्रो बुँदामा प्रवेश गर्यो । कार्यसमितिका सदस्य सुरज खड्काले एजेन्डाको दोस्रो बुँदामा कुरा नमिलेपछि उपमेयर अन्जनादेवी मधिकर्मीले हातपातको प्रयास गरेको बताए ।


Advertisment
Nabil box
Kumari

‘वडाको विकास बजेट ५० लाख जति घटाएर कोरोना तिर राखौं भन्ने हाम्रो कुरा थियो, हामीले त्यो कुरा राखेपछि मेयर लगायत नेकपाका वडाअध्यक्षहरूले राम्रो कुरा भनेर भन्नुभयो,’ खड्काले लोकान्तरसँग भने, ‘जनतालाई ध्यानमा राखेर छलफल गरौँ भन्ने भयो । २ करोड ५१ लाखबाट घटाएर २ करोड यता राखौं भनेको हाम्रै साथीहरूलाई मन परेन ।’

Vianet communication
Laxmi Bank

उनले कांग्रेसबाट निर्वाचित उपमेयर मधिकर्मीसँगै २ र ३ का वडाअध्यक्ष राम थापामगर र प्रेमबहादुर कुटू, नगर कार्यपालिका सदस्यहरु सुजाता बाडे, विनु केसी, अरुणा कारञ्जित, चन्द्रावती मिजार लगायतले विकास खर्च कटौती गर्ने प्रस्ताव मन नपराएको बताए ।

त्यसपछि उपमेयरले मेयरलाई लक्षित गरेर मुक्का हानिन् । उनले हानेको मुक्का मेयरलाई लागेन । तर त्यही मौकामा कांग्रेसबाटै निर्वाचित कार्यसमितिका सदस्यहरूले एकले अर्कालाई कुर्ची हानाहान शुरू गरे ।

कांग्रेसबाट निर्वाचित उपमेयर मधिकर्मीले कांग्रेसकै सदस्यहरूले मेयरलाई साथ दिएपछि यस्तो भएको बताइन् । लोकान्तरसँग कुरा गर्दै उनले भनिन्, ‘मैले मुक्का हानेकै हो । तर त्यो मेयरलाई लागेन । त्यसपछि उता कुर्ची हानाहान शुरू भयो ।’

उनले मेयर श्रेष्ठले आफूलाई बारम्बार हेप्ने गरेको आरोप लगाइन् । ‘मलाई महिला भनेर हेप्ने ? उपमेयर भनेर हेप्ने ? कति सहनु मैले,’ उपमेयर मधिकर्मीले लोकान्तरसँग आक्रोश पोखिन्, ‘आजसम्म सहेर बसेको हो । आज अत्ति भएर मैले मुक्का हानेकी हुँ ।’

उनले आफू वकिल पनि भएको बताइन् । ‘यस्तो भएन भनेर कुरा राख्दा राख्दा मेयरले बैठक समाप्त भएको घोषणा गरे,’ उनले भनिन्, त्यसपछि मलाई रिस उठ्यो । मैले मुक्का हानेपछि अरू पनि धक्कामुक्की गर्नतिर लागे ।’

कुटाकुटपछि मेयर आफ्नो गाडी छोडेर हिँडे भने उनको गाडीको चाबी उपमेयर मधिकर्मीले आफूसँगै राखेकी छन् ।

मध्यपुर थिमीका कांग्रेस नगर सभापति सुरेन्द्र श्रेष्ठले कांग्रेसका नामबाट गरिएका धक्कामुक्कीको जिम्मेवारी पार्टी नहुने बताइसकेका छन् ।

एक विज्ञप्ति जारी गर्दै उनले भनेका छन्, 'पार्टीको आधिकारिक निर्णय र निर्देशन वेगर भएका यस्ता सबै खाले गतिविधीमा पार्टीको सरोकार नहुने र त्यस्ता गलत गतिविधीबाट उत्पन्न हुने समस्यामा पार्टीले जिम्वेवारी पनि लिने छैन । तसर्थ पार्टीका आम साथीहरुलाई कुनै व्यक्ती विशेषका पछाडी नलागी पार्टीको मूल्य¸मान्यता¸विधान र पद्धति अनुसार सँस्थागत रुपले सङ्गठित¸व्यवस्थित र परिचालित हुन हार्दिक अनुरोध गरिन्छ ।'

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x