×

NMB BANK
NIC ASIA

कोरोना अस्पतालकी नर्स : ६ महिने बच्चाकी आमा भएर संक्रमितको उपचारमा

जेठ ३१, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

कुनै पनि अस्पताल, स्वास्थ्य चौकीमा गयो भने पहिलो पंक्तिमा बिरामीको उपचारमा खटिएका हुन्छन् नर्स र स्वास्थ्यकर्मी । उपचारको सम्पूर्ण तयारीदेखि २४ सैं घण्टा बिरामीको सेवा–उपचारमा नर्सहरू नै खटिन्छन् ।

Muktinath Bank

कोरोना भाइरस (कोभिड–१९) संक्रमणको महामारीको समयमा त झनै नर्सहरू ‘फ्रन्टलाइन’मा अर्थात् जोखिम मोलेरै काम गरिरहेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

घर परिवारलाई एकातिर छाडेर मानवीय भावनाका साथ सीमित स्रोत र साधनको उच्चतम सदुपयोग गर्दै स्वाथ्योपचारको क्षेत्रमा नर्सहरू क्रियाशील छन् । जोखिम मोलेरै काम गर्ने मध्येकी एक नर्स हुन् बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालकी नर्सिङ इन्चार्ज ज्योति पौडेल ।


Advertisment
Nabil box
Kumari

नेपालमा कोरोना संक्रमण तीब्र रुपमा फैलिँदैछ । त्यसमा पनि ५ नम्बर प्रदेशमा संक्रमित अझै धेरै छन् । कोरोना संक्रमितलाई उपचारका लागि भनेर बनाइएका कोरोना विशेष अस्पताल भरिसकेका छन् ।

Vianet communication
Laxmi Bank

जति संक्रमित बढ्दै गएका छन्, ज्योतिको व्यस्तता पनि बढेको छ । उनी अहिले बुटवलको कोरोना विशेष अस्पतालमा कार्यरत छिन् । उनको ६ महिनाको बच्चा छ तर उनलाई बच्चाको भन्दा अस्पतालको उपचारत बिरामीको चिन्ता बढी हुन्छ ।

उनी भन्छिन्, ‘घरमा सानो बच्चालाई पनि ध्यानमा राख्दै महामारीमा बिरामीको उपचार र तिनीहरूको व्यवस्थापनबाट हट्न मन छैन । घरबाट बिदा लिएर बस्न मिल्दैन भनेर सोध्नुहुन्छ तर अहिले बिरामीलाई मजस्ता नर्सहरूको खाँचो छ ।’ 

काठमाडौंबाट बीएस्ससी नसिङ उत्तीर्ण गरी २०७१ सालदेखि सातौं तह (अधिकृत) को रुपमा प्रादेशिक अस्पतालमा कार्यरत छिन् । उनले गत वर्षदेखि प्रादेशिक अस्पतालमा नर्सिङ इन्चार्जको रुपमा जिम्मेवारी सम्हालेकी हुन् । कोरोना अस्पतालमा आफूसँग काम गर्ने अन्य नर्सको समेत आत्मबल बढाउँदै बिरामीको सेवामा तल्लिन रहेको बताउँछिन् उनी ।

कोरोनाको उपचार नर्सहरूलाई नयाँ थियो, शुरूमा त्रासमा थिए । उनी कार्यरत कोरोना अस्पतालमा वैशाख १९ गते भारतबाट लुकीछिपी आएका कोटहीमाई गाउँपालिकाका २५ वर्षीय युवालाई संक्रमण देखियो । उनलाई साँझतिर बुटवलको अस्पतालमा ल्याइयो । सबैमा त्रास देखियो ।

उनी भन्छिन्, ‘शुरूमा पीपीई लगाउने तरिका समेत थाहा थिएन । अहिले हामी निधक्क काम गर्न सक्छौं । हामीले आईसीयू र भेन्टिलेटरका बिरामीको उपचार पनि गरिसकेका छौं । अब हामी कोरोना पोजेटिभ बिरामीको शल्यक्रिया गर्न पनि तयार भइसकेका छौं निसंकोच रुपमा ।’

‘कुनै पनि अपरेसनको गर्नुपर्ने बिरामी आए त्यसको अस्पतालमा व्यवस्थापन व्यवस्थापन पनि भइसकेको छ । जुनसुकै बेला पनि बिरामीको अपरेसन म लगायत मेरो टीम तयारी अवस्थामा छ,’ उनले निर्धक्क भनिन् । संक्रमण त्रासले कोरोना भाइरस नेपालमा देखिँदा धेरै नर्सहरूको उपचारमा खटिन मानेको अवस्था थिएन । अहिले त्यो अवस्था सबै पूर्णरूपमा परिर्वतन भएको छ ।

‘सबै वार्ड इन्चार्जहरूको साथ र सहयोगले सबै व्यवस्थापमा मलाई सहयोग मिलेको छ,’ उनले भनिन् । पौडेलको घर बुटवल उपमहानगरपालिकामा पर्छ ।

बुटवलको कोरोना अस्पतालबाट हालसम्म ४५ जनाभन्दा बढी संक्रमित निको भएर घर गइसकेका छन् । यसबाट नर्सहरू निकै खुशी छन् । आईसीयूमा जटिल अवस्थामा आएका बिरामीको स्वास्थ्य पनि क्रमिक सुधारले काममा खटिएका नर्सलाई अझै हौसला बढाएको छ । कपिलवस्तुका २ जना र दाङका १ जना संक्रमितको उपचार भइरहेको छ । अस्पतालबाट निको भएर घर जाने संक्रमितले नर्सहरूको सेवाको प्रशंसा गर्ने गरेका छन् । 

लुम्बिनी प्रादेशिक अस्पतालमा ज्योतिसहित ११० जना नर्स कार्यरत छन् । तीमध्ये केही कोरोना विशेष अस्पतालमा खटिन्छन् । सरकारले अहिले कोरोना संक्रमितको उपचारमा खटिएका नर्सका लागि नयाँ निर्देशिका ल्याएको छ । यहीँ जेठ १४ गतेदेखि अस्पतालको आईसीयूमा बिरामी आएका छन् । आईसीयूमा पनि बिरामी आएपछि नर्सहरूको संख्या अपुग भएपछि नर्सहरू करारमा थप गरेको छ ।

जनरल वार्डमा काम गर्ने नर्सहरू १४ दिन काम गर्छन् । त्यसपछि १४ दिन क्वारेन्टीनमा बस्छन् । त्यसपछि १ हप्ता होम क्वारेन्टीनमा बस्छन् । यसबीचमा उनीहरूको कोरोना जाँच गरिन्छ । कोरोनाको रिपोर्ट नेगेटिभ आए उनीहरू पुनः काममा फर्किन्छन् । 

आईसीयूमा काम गर्ने नर्सहरू भने ७ दिन काम गर्छन् । त्यसपछि १४ दिन क्वारेन्टीन र १ हप्ता होम क्वारेन्टीनमा बस्नुपर्ने हुन्छ । कोभिड–१९ संक्रमितको जनरल (आइसोलन) वार्डमा काम गर्ने नर्सको ड्युटी १२ घण्टा हुन्छ भने आईसीयूमा काम गर्नेका ६ घण्टा । नर्सहरूलाई क्वारेन्टीनका लागि होटलमा बस्ने व्यवस्था मिलाइएको छ । कोरोना अस्पतालमा काम गर्ने नर्सहरू घरमा जान पाउँदैनन् ।

अस्पतालले काम गर्ने सबै नर्सलाई पीपीई कसरी लगाउने, ड्युटी सकिएपछि कसरी खोल्नेदेखि आईसीयूमा बिरामीको उपचार कसरी गर्ने भनेर ‘गूड लीडरशिप’ तालिम पनि दिएर सबै काममा दक्ष बनाएर नर्सलाई उच्च मनोबलका साथ काममा लगाएको छ । सबै नर्सहरू ढुक्कका साथ काम गर्छन् । कसैमा पनि केही डरत्रास छैन । ६ घण्टासम्म पीपीई लगाएर आईसीयूमा काम गर्दा नर्सहरू ड्युटी सकेपछि वान्ता आउने जस्तो समस्या शुरूमा देखिएको थियो ।

शंकास्पद बिरामीभन्दा संक्रमण पुष्टि भएको बिरामीको उपचार गर्न सजिलो हुने पौडेलको भनाइ छ । राज्यले कोरोना पोजेटिभ बिरामीको उपचारमा खटिने नर्सहरूलाई शतप्रतिशत भत्ता दिने बताए पनि बुटवलस्थित कोरोना विशेष अस्पतालमा कार्यरत नर्सहरूले पाउन सकेका छैनन् । 

सरकारले दिने बताए पनि रकम आई नपुगेको अस्पताल प्रशासनले बताएको छ । राज्यले नदिए पनि अस्पताल विकास समितिको बजेटबाट भए पनि जोखिम मोलेर काम गर्ने नर्सलाई भत्ताबापत पाउने रकम उपलब्ध गराउने अस्पताललले जनाएको छ ।

जोखिममा काम गर्ने नर्सको मूल्यांकन गरी स्तरवृद्धि गरिदिनुपर्ने, करारमा काममा राखिएका नर्सलाई जागिरको सुनिश्चितता गरिदिनुपर्ने पौडेलले भनाइ छ । शुरूमा पर्याप्त व्यक्तिगत सुरक्षाका उपकरण विना पनि काम गरेका नर्सलाई अहिले भने त्यति अभाव छैन ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १६, २०८०

स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...

कात्तिक २१, २०८०

काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ ।  विश्वभर नै आलुको बढी प्रयोग हुने ...

कात्तिक १६, २०८०

काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ ।  पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...

मंसिर १४, २०८०

काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...

कात्तिक २५, २०८०

कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १  तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...

कात्तिक २६, २०८०

काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x