पुस २५, २०८०
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
जेठ ३२, २०७७
कोरोना भाइरस (कोभिड–१९) संक्रमण बढिरहेको समयमा पीसीआर विधिबाट स्वास्थ्य जाँच शतप्रतिशत गर्नुपर्ने र आरडीटी जाँच बन्द गर्नुपर्ने माग राख्दै केही दिनयता युवाले देशका विभिन्न शहरमा आन्दोलन गर्दै आएका छन् ।
यस्तै आन्दोलन अन्तर्गत शनिवार काठमाडौंको माइतीघर मण्डलामा आन्दोलनरत ७ जना विदेशी नागरिक पक्राउ परे । आन्दोलनमा सहभागी भएपछि प्रहरीले देशविरोधी गतिविधिमा सहभागी भएको भन्दै ‘प्ले कार्ड’सहित विदेशी पक्राउ गर्यो ।
आन्दोलनबाट २ जना महिला र १ पुरुषसहित ३ जना चिनियाँ नागरिक, क्यानेडियन महिला, अस्ट्रेलियन पुरुष, अमेरिकी महिला र अन्य ३ जना नेपालीसहित पक्राउ परेका थिए ।
‘कुनै पनि विदेशी नागरिक नेपाली विरोधी गतिविधिमा संलग्न हुन पाइँदैन । उहाँहरूले देशविरोधी गतिविधि गरेको आरोपमा हामीले पक्राउ गरेका हौं,’ महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) श्यामलाल ज्ञवालीले भने । प्रहरीले पक्राउ परेका विदेशीलाई थप अनुसन्धानको लागि अध्यागमन विभागलाई बुझाएको एसएसपी ज्ञवालीले लोकान्तरलाई बताए ।
२ विदेशी महिलाका नेपाली ‘प्रेमी’
शनिवार पक्राउ परेका २ विदेशी महिलाका नेपाली युवा प्रेमी (ब्वायफ्रेन्ड) भएको खुलेको छ । ‘२ जना युवतीका त नेपाली केटाहरू प्रेमी रहेछन् । प्रेमीसँगै लहैलहैमा लागेर आएको देखियो,’ काठमाडौं परिसरका एक जना प्रहरी अधिकृतले लोकान्तरलाई भने ।
३ जना चिनियाँबाहेक अन्य विदेशी नागरिक चिनजानका साथीभाइले ‘जाउँ’ भनेपछि आन्दोलनमा आएको पाइएको ती प्रहरी अधिकृतले बताए ।
५ वर्षदेखि नेपाल बस्दै आएका थिए विदेशी आन्दोलनकारी
शनिवार आन्दोलनमा पक्राउ परेका विदेशी नागरिक ५ वर्षदेखि नेपालमा बस्दै आएका खुलेको छ । अस्ट्रेलियन नागरिक विगत ५ वर्षदेखि नेपाल बस्दै आएका थिए भने ३ जना चिनियाँ नागरिक १ वर्ष अघिदेखि र २ जना चिनियाँ नागरिक गत फेब्रुअरीमा नेपाल आएको देखिने अध्यागमनका महानिर्देशक रमेशकुमार केसीले बताए । महानिर्देशक केसीले लोकान्तरसँग भने, ‘कोही विद्यार्थी भिसामा आएका थिए भने कोही पर्यटक भिसामा नेपाल आएका थिए ।’
५ वर्ष अघिदेखि नेपाल बस्दै आएका अस्ट्रेलियन पहिला विद्यार्थी भिसामा र पछि भिसा परिवर्तन गरेर बस्दै आएका थिए । अन्य पर्यटक भिसा र विद्यार्थी भिसामा आएकाहरूले पनि भिसा परिर्वतन गरेर बसिरहेको देखिएको महानिर्देशक केसीले बताए ।
नेपालमा बसेर नेपालविरोधी गतिविधिमा संलग्न भएका विदेशीलाई अनुसन्धान गर्नको लागि अध्यागमनका महानिर्देशकले एक जना अधिकृतलाई खटाएका छन् । १ हप्ताभित्र ती अधिकृतले प्रतिवेदन निकालेपछि कारवाही प्रक्रिया अगाडि बढाउने महानिर्देशक केसीले बताए ।
‘अनुसन्धानको लागि १ जना अधिकृत खटाएकाले उहाँले १ हप्तामा अनुसन्धान गरेर प्रतिवेदन निकालेपछि के कारवाही गर्ने भन्ने स्पष्ट हुन्छ,’ उनले भने । अध्यागमन ऐन २०४९ को दफा ८ मा महानिर्देशकले अध्यागमन सम्बन्धी अपराधको तहकिकातको लागि १ जना अधिकृत खटाउन सक्ने उल्लेख छ ।
देश निकाला गर्न सक्ने
विदेशी नागरिकले नेपालविरुद्ध केही गतिविधि गरेको अनुसन्धानबाट खुलेको खण्डमा देश निकाला गर्न सक्ने व्यवस्था छ । अध्यागमन ऐन २०४९ को दफा ९ मा लेखिएको छ, ‘यस ऐन बमोजिम अध्यागमन अधिकृतले कुनै विदेशीको हकमा अपराधको तहकिकात पूरा गरी महानिर्देशक समक्ष प्रतिवेदन पेश गरेपछि सो प्रतिवेदनको आधारमा महानिर्देशकले तोकिए बमोजिम नियमित गर्नुपर्ने कुराहरूको हकमा नियमित गरी त्यस्तो विदेशीलाई श्री नेपाल सरकारको स्वीकृति लिई अवधि तोकि वा नतोकि पुनः नेपाल राज्यमा प्रवेश गर्न नपाउने गरी नेपाल राज्यबाट निष्काशन गर्न सक्नेछ ।’
महानिर्देशकले तोकेको अधिकृतले नेपालविरोधी अथवा देशको कानूनभन्दा विपरीत कुनै गतिविधि गरेको ठहरिएमा विदेशी नागरिकलाई नेपालमा आउन नमिल्ने गरी देश निकाला गर्न सक्ने जनाइएको छ ।
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...
पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...
उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...
काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...