वी वीलीन
मुर्दाले कार्बन फैलदै थियो,
जलेको दौरा,
विक्षिप्त मन,
टुहुरो छोरो,
बिधवा आमा,
र श्वेत कात्रो |
नओभाउदै आँखाका डिलहरू,
सुनिन त्यो धुन आमाले,
थिएन आलाप,
थिएन धुन शोकको
एकसुरमा बजेको पिपिरी
कानहरु छोपी हातहरुले
आवाज रोकिन्न रहेछ थुनिए पनि कानहरु ||
चिच्याइन आमा,
“बज्दैन किन सुरिलो बाँसुरी”
“शासक हो बाँसुरी” साउती मार्यो छोरोले
आँखा नहुने सबै अन्धा हुदैनन्,
उति अन्धो थिएन धृतराष्ट्र
शक्तिले मातेपछी झनै अन्धो भयो |||
जिउदै थियो हिजोसम्म आजको लास
ओइलाएथ्यो घाउ पनि,
निस्किएथ्यो मधुर आवाज
खुल्लै थियो दवाखाना
फेरिएको हो अंग उनको पनि
एउटाले बाँसुरी बजाए अर्कोले बाँस |
Twitter: @bbileen
– – –