भारतीय नायक सुशान्त सिंह राजपूतले आत्महत्या गरेको खबर अहिले सनसनी फैलिरहेको छ ।
३४ वर्षीय सुशान्तले आत्महत्या गरेपछि उनको परिवार तथा भारतीय फिल्म उद्योग यतिबेला शोकमा छ ।
पछिल्लो समय डिप्रेशनको शिकार भएका थिए । उनले केही समयअघिदेखि नियमित डिप्रेशनको औषधी पनि खाइरहेको भारतीय मिडियाहरूले बताएका छन् ।
यसैबीच सुशान्तकी दिदीले आफूलाई भाइ डिप्रेशनको शिकार भएको थाहा भएको बताएकी छन् । प्रहरीेले उनीसँग गरेको सोधपुछका क्रममा उनले भाइलाई डिप्रेशन भएको आफूलाई थाहा भएको बताएकी हुन् ।
उनले आर्थिक पाटो राम्रो रहेको बताउँदै भाइले आर्थिक समस्याका कारण आत्महत्या गर्नुपर्ने कारण नदेखिएको बताइन् । उनले पछिल्लो केही हप्तादेखि सुशान्तले आफ्नो स्वास्थ्यलाई लिएर राम्रो मशहुस नगरेको पाइएको बताइन् ।
पछिल्लो समय सुशान्तलाई भेट्न बान्द्रामा रहेको फ्ल्याटमा समेत आफू गएको बताइन् । उनले सुशान्त डिप्रेशनको शिकार भएको थाहा भएको बताउँदै आत्महत्या नै गर्छ भन्ने नसोचेको बताएकी छिन् ।
लोकान्तर संवाददाता