×

NMB BANK
NIC ASIA

कोरोनासँग ख्यालठट्टा : क्वारेन्टीनबाट घर गएको २ दिनपछि पीसीआर ‘पोजेटिभ’

असार ३, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

दाङको घोराही उपमहानगरपालिका–१७ को गोरक्ष माविको क्वारेन्टीनमा बसेकाहरूलाई जेठ ३१ गते घर पठाइयो । स्वाब परीक्षणको रिपोर्ट आउन ढिलाइ भएपछि नगरपालिकाले घर पठाएको थियो ।

Muktinath Bank

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट जेठ ३२ गते साँझ स्वाबको पीसीआर रिपोर्ट आउँदा घर पुगिसकेका १७ जनामा कोरोना भाइरस (कोभिड–१९) पोजेटिभ देखियो । रिर्पोट आउँदा उनीहरु घरमा पुगेर बसेका थिए । संक्रमण देखिएपछि नगरपालिकाका प्रतिनिधिले संक्रमितलाई घरमै पुगेर खोजी गरी पुनः क्वारेन्टीनमा ल्याए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

घोराही–१८ कै आधारभूत विद्यालय गिठेपानाको क्वारेन्टीनमा बसेका ६ जनामध्ये २ जना घर गइसकेका थिए । रिपोर्ट आउँदा ६ जनाकै कोरोना पोजेटिभ रिपोर्ट आयो । नगरपालिकाले संक्रमित सबैलाई घरबाट फर्काएर क्वारेन्टीन र आइसोलेसनमा राखेको छ । 


Advertisment
Nabil box
Kumari

‘रिपोर्ट आउन ढिलाइ हुँदा क्वारेन्टाइनमा बसेकाहरू आत्तिएर हिँडेका हुन्,’ नगरपालिकाका प्रवक्ता भरत अर्यालले भने, ‘१४ दिन क्वारेन्टीनमा बस्नुहुन्छ । त्यसपछि स्वाब परीक्षण गर्दा फेरि २ हप्ता लाग्न थालेपछि केही लक्षण नदेखिएकाहरू घर गएका हुन् ।’ घोराहीका विभिन्न क्वारेन्टीनमा २९ दिनसम्म बस्ने व्यक्तिहरू पनि रहेको अर्यालको भनाइ छ ।
 
गुल्मीको मुसिकोट नगरपालिका–३ मा रहेको पृथ्वी माविको क्वारेन्टीनमा रहेका १० जनामा आइतवार कोरोना पोजेटिभ रिपोर्ट आयो । रिपोर्ट आउनुअघि नै ती व्यक्तिहरू घरतर्फ गइरहेका थिए, घर नपुग्दै बाटोमा हिँड्दाहिँड्दै रिपोर्ट पोजेटिभ आएपछि फर्काएर विद्यालयको क्वारेन्टीनमा ल्याएर राखियो । तर नगर प्रमुख सोमनाथ सापकोटाले भने, ‘घर गइसकेका थिएनन् । लत्ताकपडा पोको पारेर हिँड्दै थिए ।’ 

Vianet communication
Laxmi Bank

‘शुरूमा २ जनाको मात्र पोजेटिभ आयो भने त्यसपछि बिदाइ गर्न लाग्दा थप ७ जनाको पनि पोजेटिभ आयो । अर्का १ जना बिरामी भएपछि भैरहवा मेडिकल कलेजमा उपचारमा रहेका बेला पोजेटिभ देखियो । उहाँहरूलाई अहिले रुद्रावती क्याम्पसको आइसोलेसन सेन्टरमा राखिएको छ,’ उनले भने । संक्रमितमध्ये ७ जना मुसिकोट र ३ जना रेसंगा नगरपालिकाका रहेका छन् । संक्रमितहरू भारतबाट आएर क्वारेन्टीनमा बसेका थिए । सीमासम्म पुगेका ती व्यक्तिलाई नगरपालिले गाडी पठाएर उद्धार गरेको थियो ।

कञ्चनपुर जिल्लाको महाकाली नगरपालिका–९ का ३ जना युवाको जेठ ३२ गते कोरोना पोजेटिभ रिपोर्ट आयो । रिपोर्ट आउनु २ दिनअघि नै संक्रमितहरू घरमा गइसकेका थिए । वडाअध्यक्ष ऋषिराम क्षेत्रीले भने, ‘हामीले नजानुहोस् भन्दाभन्दै जबरजस्ती गए । रिपोर्ट ढिला भयो भन्दै गएपछि पोजेटिभ आयो । त्यसपछि घरमै एम्बुलेन्स गएर ल्याएर संस्थागत विद्यालयको क्वारेन्टीनमा राखिएको छ ।’

क्षेत्रीले लोकान्तरसँग भने, ‘२ हप्ता क्वारेन्टीन बस्दा समेत पीसीआर रिपोर्ट आउन ढिलाइ भएपछि छटपटी भएर आफूखुशी हिँड्न थालेको देखिन्छ ।’ 

गुल्मीको रेसंगा नगरपालिकाले पनि क्वारेन्टीनमा बसेकालाई पीसीआर रिपोर्ट नआउँदै बिदाइ गरेको छ । जसमध्ये १ जनाको पोजेटिभ आएपछि अन्यलाई पनि गाउँको दबाबमा क्वारेन्टीनमा ल्याएर राखिएको छ ।

यी त केही उदाहरण हुन् । धादिङ, धनुषा लगायतका अन्य जिल्लामा पनि पीसीआर रिपोर्ट नआउँदै घर पठाइएका छन् । जसले गर्दा कोरोना संक्रमण समाजमा फैलिने खतरा बढ्दै गएको छ । 

जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख तथा प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निमित्त प्रमुख राजेन्द्र गिरीले जनप्रतिनिधिले क्वारेन्टीनमा बसेका व्यक्तिलाई संक्रमणको जोखिमबारे बुझाउन नसकेको बताए । ‘पीसीआर जाँच रिपोर्ट नआउँदै बिदाइ गरेर घर पठाउनु गम्भीर गल्ती हो । जनप्रतिनिधिले स्वास्थ्यप्रतिको संवेदनशीलता बुझ्नुपर्छ । संक्रमित व्यक्तिको परिवारमा दीर्घरोगी र नियमित औषधि सेवन गर्नेहरू छन् भने उनीहरूबाट अन्यमा सर्ने सम्भावना बढी हुन्छ । त्यस्तालाई कोरोनाले बढी असर गर्छ ।’ 

देशभरका क्वारेन्टीनमा बस्नेको संख्या थपिँदा प्रयोगशालाको स्वाब (थुक र खकार) को होल्ड भएको छ । जसले गर्दा स्वाबको रिपोर्ट १० दिनसम्म पनि आउन मुस्किल पर्छ । जसले गर्दा क्वारेन्टीनमा बस्नेहरूले १ महिनाजति बस्नुपर्दा ढिलाइ भएको भन्दै हिँड्न थालेका छन् । डा. गिरीले स्वाबको चाप बढी हुँदा रिपोर्ट आउन केही ढिलाइ हुने गरेको बताए । 

रिपोर्ट आउन ढिलाइ भएको भन्दै अर्घाखाँचीको भूमिकास्थान नगरपालिकाको क्वारेन्टीनबाट भागेका ३५ जनालाई प्रहरी पक्राउ गरेको छ । पीसीआर परीक्षणका लागि पठाएको रिपोर्ट १४ दिन पुग्दासम्म नआएको भन्दै ती व्यक्तिहरू क्वारेन्टीनबाट भागेका थिए । भागेर घरतर्फ जान हिँडेका उनीहरूलाई प्रहरीले पक्राउ गरी फेरि क्वारेन्टीनमै पठाएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायव उपरीक्षक माधब बुढाथोकीले बताए ।

५ नम्बर प्रदेशका कोरोना अस्पताल र आइसोलेसन सेन्टरमा राखिएकालाई पनि कोरोना पोजेटिभ हुँदाहुँदै पनि घर पठाउन थालिएको छ । बुटवलको धागो कारखानास्थित कोरोना विशेष अस्पतालबाट २७ जना पोजेटिभ रहेका संक्रमितलाई घर पठाइएको छ । दाङको बेलझुण्डीस्थित कोरोना अस्पतालबाट पनि संक्रमितलाई नै घर पठाइएको छ । स्वास्थ्य मन्त्रालयको नयाँ निर्देशिका अनुसार १४ दिनसम्म आइसोलेसनमा बसेका तर कोरोनाको लक्षण नदेखिएका संक्रमितलाई घर पठाउन भनिएको छ । प्रदेशमा १२ वटै जिल्लामा गरी २५ हजार व्यक्तिलाई क्वारेन्टीनमा राखिएको छ । प्रदेशमा ३ (भैरहवा, दाङ र बाँके) स्थानबाट कोरोनाको जाँच हुन्छ । स्वाब परीक्षण गर्ने मशिन कम हुँदा रिपोर्ट ढिलो आउने गरेको छ । 

सामाजिक विकास मन्त्रालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक डा. उमाशंकरप्रसाद चौधरीले प्रयोगशालाको क्षमता कम र स्वाब धेरै हुँदा रिपोर्ट आउन ढिलाइ हुने गरेको बताए । 

पीसीआरको रिपोर्ट आउन ढिलाइ हुन थालेपछि गुल्मीका स्थानीय तहहरू मिलेर पीसीआर मशिन सञ्चालनको तयारीमा जुटेका छन् । जिल्लास्तरीय विपद् व्यवस्थापन समितिले ३ वटै सरकार र निजी क्षेत्रको सहयोग र समन्वयमा प्रयोगशाला र आइसोलेसन सञ्चालन गर्ने निर्णय गरेका छन् । ल्याब सञ्चालनका लागि पीसीआर मशिनसहित आवश्यक उपकरण खरिद गर्न तत्काल कार्यविधि निर्माण गर्ने र सबैसँग सहयोगको लागि अनुरोध गर्ने निर्णय समितिको बैठकले गरेको छ ।

प्रादेशिक प्रयोगशाला भैरहवाबाट परीक्षण रिपोर्ट आउन करीब २ हप्ता लाग्ने र चौतर्फी पीसीआर परीक्षणको आवाज आउन थालेपछि स्थानीय तहले ल्याब सञ्चालनमा जोड दिएको मुसिकोट नगरपालिकाका मेयर सोमनाथ सापकोटाले बताए । रेसुंगा नगरपालिकाका मेयर डिल्लीराज भुसालले रेसुंगा सबै परिस्थितिको व्यवस्थापन मात्रै नभएर आर्थिक रुपमा सहयोग भए कुनै कुरामा पछि नहट्ने बताए । 

गुल्मी अस्पतालका प्रमुख डा. उत्तम पच्याले ल्याब सञ्चालन र आइसोलेसनको विषय निकै चुनौतीपूर्ण भए पनि जनप्रतिनिधि र दलहरूको सक्रियता सञ्चालन प्रक्रिया र व्यवस्थापनसम्म अटुट रुपमा रहनुपर्नेमा जोड दिए । उनले आफूहरूले अझै संक्रमण र संक्रमित बढ्ने स्थितिलाई मूल्यांकन गरेर दुवै योजना अगाडि ल्याएकाले सबैको सहयोग र समन्वय आवश्यक रहेको औंल्याएका छन् ।

(यो रिपोर्ट फ्रीडम फोरमसँगको सहकार्यमा तयार पारिएको हो ।)

hAMROPATRO BELOW NEWS
TATA Below
पुस १८, २०८०

देशका विभिन्न शहरमा गरिब–मजदूरहरूले छाक काटेर सहकारीमा जम्मा गरेको पैसा बदनियतपूर्ण ढंगले हिनामिना गरेर टेलिभिजनमा लगानी गरेको विषयले बजार तातिरहेको छ, जसमा जोडिएका छन् रास्वपा सभापति रवि लामिछाने...

चैत १, २०८०

सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...

मंसिर १९, २०८०

कुनै राजनीतिक संक्रमण वा अवरोध नभएको समयमा मन्त्रीहरूबीच कसले राम्रो काम गर्ने भनेर प्रतिस्पर्धा हुनुपर्ने हो । तर, विडम्बना ! सहज राजनीतिक अवस्थामा पनि झन्डै एक वर्षसम्म सरकारमा रहेका अधिकांश मन्त्रीको कार्यप्रगति ...

माघ १८, २०८०

सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...

मंसिर १०, २०८०

सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...

मंसिर २६, २०८०

दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x