×

NMB BANK
NIC ASIA

१ सय ८५ नगररमा एकीकृत शहरी विकास योजनाकाे तयारी

असार ३, २०७७

NTC
Sarbottam
फाइल फोटो।
Premier Steels
Marvel

शहरी विकासमन्त्री वसन्तकुमार नेम्वाङले १ सय ८५ नगरपालिकामा एकीकृत शहरी विकास योजना सञ्चालन गर्न लागिएको बताएका छन्।

Muktinath Bank

राष्ट्रियसभाका सांसदहरुले आगामी आर्थिक वर्ष २०७७÷७८ को बजेटमा शहरी विकास मन्त्रालयअन्तर्गत विनियोजित रकमका सम्बन्धमा उठाएकाे प्रश्नको बुधबार जवाफ दिँदे उनले बढ्दो शहरीकरणबाट सिर्जित चुनौतीको सामना गर्न राष्ट्रिय शहरी विकास रणनीति तयार पार्न लागिएको जानकारी दिए। एकीकृत शहरी पूर्वाधार विकास गुरुयोजनाको कार्यान्वयन गर्दै सुरक्षित र दिगो शहर निर्माण गर्न लागिएको छ।
 
नवलपरासी पूर्व र रुकुमपूर्व जिल्ला सदरमुकामको पूर्वाधार निर्माण अघि बढाएको बताउँदै उहाँले मध्यपहाडी लोकमार्गले जोड्ने सुविधायुक्त नयाँ १० शहर निर्माण गर्न रु दुई अर्ब बजेट विनियोजन भएको छ र शहरी करिडोर आयोजनाअन्तर्गत हालसम्म शुरु गरिएका क्षेत्रको विस्तृत सम्भाव्यता अध्ययन गरी मेघासिटी निर्माण आरम्भ गरिने जानकारी दिए।  
  
नागरिकको सुरक्षित आवासको हक सुनिश्चित गर्न तीन वर्षभित्र सबै खर र फुसका छाना भएका घर प्रतिस्थापन गर्ने नीतिलाई पनि मन्त्रालयले प्राथमिकतामा राखेको उल्लेख गर्दै मन्त्री नेम्वाङले आगामी वर्ष थप एक लाख सुरक्षित घर निर्माण गर्ने गरी  तीन अर्ब ५० करोड बजेट विनियोजन भएको बताए। उनका अनुसार शहरी पूर्वाधारको एकीकृत विकास गर्न सञ्चालित सघन शहरी विकास कार्यक्रम गर्न आगामी आर्थिक वर्षका लागि नौ अर्ब ६० करोड बजेट विनियोजन भएको छ।
  
सङ्घीय संसद् भवन निर्माणलाई निरन्तरता एवं सुदूरपश्चिम प्रदेशको शहरी पूर्वाधार विकासका लागि पनि कार्यक्रमको व्यवस्था गरिएको र सातै प्रदेशका २९ शहरमा शहरी पूर्वाधार विकास कार्यक्रम सञ्चालन हुने उहाँले जानकारी दिए। सुदूरपश्चिम प्रदेशको केन्द्रमा नयाँ शहर विकास गर्ने कार्यक्रमसमेत रहेको मन्त्रालयले जनाएको छ। नगर विकास कोषलाई शहरी पूर्वाधार विकास निगमका रुपमा पुनसंरचना गरी शहरी पूर्वाधार निर्माणका लागि आवश्यक पर्ने पुँजी परिचालन गर्ने संस्थाका रुपमा विकास गर्न लागिएको उनको भनाइ छ। 
  
सरकारी भवनको डिजाइन, क्षेत्रफल तथा लागतसम्बन्धी मापदण्ड तयार गरिने बताउँदै उहाँले ठूला र जटिल पूर्वाधार आयोजनाको प्राविधिक उपयुक्तता पुनरावलोकन गर्ने तथा भवन संहिता र भवन निर्माण मापदण्ड कार्यान्वयनको प्रभावकारी नियमन गर्ने व्यवस्था मिलाइएको पनि बताए। ट्रान्स हिमालय ट्रेल निर्माणका लागि हिमाली क्षेत्रका पाँच वटा शहरी क्षेत्र छनोट गरिएको बताउँदै मन्त्री नेम्वाङले हुलाकी मार्गमा पनि नयाँ १५ वटा शहर बनाउने र २९ वटा नगरपालिकामा शहरी शासकीय सुधार कार्यक्रम कार्यक्रम सञ्चालन गरिने कार्यक्रम रहेको जानकारी दिए। 
   
शहरी विकास ऐनको मस्यौदा अन्तिम चरणमा पुगेकाले सम्भव भएसम्म चालू अधिवेशनमै पेश गर्ने तयारी भइरहेको मन्त्री नेम्वाङले जानकारी दिए। मन्त्रालयको इन्धनका लागि चालू आर्थिक वर्षमा रु दुई लाख राखिएकामा नपुगेर थप गर्नु परेकाले यस वर्ष ६ लाख विनियोजन गरिएको उनले स्पष्ट पारे।  


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

कात्तिक १७, २०८०

विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x