×

NMB BANK
NIC ASIA

प्रहरी हिरासतमा शम्भु सदाको हत्या वा आत्महत्या ?

मृत्युको ८ दिनपछि दाहसंस्कार

असार ४, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

प्रहरी हिरासतभित्र झुन्डिएको अवस्थामा शव बरामद भएका शम्भु सदाको मृत्यु भएको ८ दिनपछि परिवारजनले बुधवार दाहसंस्कार गरेका छन् । धनुषाको इलाका प्रहरी कार्यालय सबैलाको प्रहरी हिरासत कक्षमा रहेका सदाको शव जेठ २७ गते हिरासत कक्ष भित्रकै शौचालयमा झुन्डिएको अवस्थामा बरामद भएको थियो । असार २ गते प्रादेशिक अस्पताल जनकपुरका चिकित्सकको टोलीले पोस्टमार्टम गरेपछि असार ३ गते उनको शवलाई दाहसंस्कार गरियो ।

Sagarmatha Cement
Muktinath Bank

दाहसंस्कारअघि सदाको शवलाई सबैला नगरपालिकाका विभिन्न गाउँहरू सबैला, रघुनाथपुरसहित परिक्रमा गराएर गराइएको थियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

जेठ १२ गते उनले चलाँउदै गरेको ट्रयाक्टरबाट एक जना महिलाको मृत्यु भएको थियो भने १ जना घाइते भएकी थिइन् । ट्रयाक्टरमा बालुवा ल्याउन धनुषाको गणेशमान चारनाथ नगरपालिकास्थित चारनाथ खोलामा जाने क्रममा रघुनाथपुरमा विपरीत दिशाबाट आइरहेकी दुई जना महिला किचिन पुगेका थिए ।


Advertisment
Nabil box
Kumari

दुर्घटनामा परेर सबैला नगरपालिकाको रघुनाथपुर गाउँका समुन्द्रीदेवी साह र १२ वर्षीया बालिका सीताकुमारी साह घाइते भएका थिए । घाइते दुवै जनालाई नजिकैको गोदारस्थित अस्पतालमा लग्दा अस्पतालले समुन्द्रीदेवीलाई विराटनगर रिफर गरेको थियो । विराटनगर लैजाने क्रममा बाटोमा नै समुन्द्रीदेवीको मृत्यु भएको थियो । बालिका सीता उपचार पछि निको भएर घर फर्किन् ।

Vianet communication
Laxmi Bank

उनलाई सवारी ज्यान मुद्दाअन्तर्गत इलाका प्रहरी कार्यालयमा राखेर मुद्दा चलाइएको थियो । जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाका प्रहरी निरीक्षक परशुराम घिमिरेका अनुसार घटना घटेको लगतै ट्रयाक्टर चालक सदा धनुषाधामस्थित ट्राफिक प्रहरी कार्यालयमा आएर हाजिर भएका थिए ।

‘साँझको समयमा हुरी बतास आएको बेला बाटोमा बालुवा उडीरहेको तथा सडकमा रहेको बाख्रालाई बचाउन खोज्दा  सडकमा रहेका दुई जना महिला ठोकिएको भन्दै ट्रयाक्टरसहित चालक सदा आफैं ट्राफिक प्रहरी कार्यालयमा हाजिर भएका थिए,’ जिल्ला ट्राफिक प्रहरी प्रमुखसमेत रहेका प्रहरी निरीक्षक घिमिरेले भने, ‘त्यसपछि इलाका प्रहरी कार्यालय सबैलालाई हाम्रो ट्राफिक प्रहरीले खबर गरेका थिए ।’

खबर पाएपछि सबैलाको प्रहरी टोली धनुषाधाममा आई उनलाई लगेका थिए । इलाका प्रहरी कार्यालय सबैलाका प्रहरी निरीक्षक चन्द्र भूषण यादवले  सदालाई हिरासतमा राखेर सवारी ज्यान मुद्दा दर्ता गरेर अनुसन्धान अगाडि बढाएका थिए ।

ट्रयाक्टर भने सबैलाका स्थानीय संजय साहको थियो । मृतक सदाकी आमा सयालीदेवी सदाका अनुसार घटना भएपछि उनले साहु सन्जय साह तथा उनलाईसमेत फोन गरेर जानकारी गराएका थिए । साहु सन्जयको सल्लाह अनुसार नै उनी धनुषाधाम ट्राफिक प्रहरीमा हाजिर भएका थिए ।

‘तिमीसँग सवारी चालक अनुमति पत्र पनि छ, केही हुँदैन, उपचार केएचआरसीएच तथा मृतक परिवारलाई क्षतिपूर्ति दिएर छोडाउछु भनेर ट्रयाक्टर साहुले भनेपछि छोरा प्रहरीमा आफैं हाजिर भएको थियो,’ मृतक सदाकी आमाले भनिन्,‘तर मेरो छोरालाई न त साहुले छोडाए, उल्टै प्रहरीहरूले छोराको हत्या नै गरे ।’

२७ गते जब परिवारलाई सदाझुण्डिएकोबारे जानकारी गराइयो

मृतक सदाका आफन्त मोहन सदाका अनुसार २७ गते इलाका प्रहरी कार्यालय सबैलाको कार्यालय परिसरमा सबैला नगरपालिकाका जनप्रतिनिधि, पार्टी प्रतिनिधि, सवारी दुर्घटनाका पीडित तथा पीडकसहितका सबै बसेर घाइतेलाई उपचारखर्च वापत लागेको ७५ हजार रुपैयाँ ट्र्याक्टर मालिकले बुझाएका थिए । मृतकको हकमा दुई दिनभित्र जिल्ला प्रशासन कार्यालय धनुषामा प्रचलित कानून बमोजिम क्षतिपूर्तिको रकम बुझाउने भनेर ट्र्याक्टर साहुले सहमति गरेर सबै जना आ-आफ्नो घर फर्किएको उनले बताए ।

तर त्यसै राति विहान ३ बजेको समयमा प्रहरी हिरासतमा रहेका शम्भुको अवस्था ठीक छैन, उपचार गराउन अन्त कतै लैजानुपर्ने भन्दै दुई जना प्रहरी र ट्र्याक्टर चालक शम्भुको घरमा पुगेको स्थानीय मोहन सदाले बताए ।

‘जब शम्भुको आमा, श्रीमती तथा सासु प्रहरी कार्यालयमा पुगे तब शम्भुले शौचालयमा आफ्नो लुगालाई पासो बनाएर झुन्डिएर आत्महत्या गरेको भन्दै प्रहरीले जानकारी गराए,’ मोहन सदाले भने । त्यसपछि परिवारका सबै जना अक्क न बक्क भएका थिए ।

शम्भुले आत्महत्या नगरेको ,प्रहरीले यातना दिएर शम्भुको हत्या गरेको भन्दै गाउँभरिका मानिसहरूले प्रहरी कार्यालयमा पुगेर नाराजुलुश गर्दै प्रहरी कार्यालयमा ढुंगामुढा गरेका थिए । गाउँका महिला, पुरुष, सहित सयौंको संख्यामा पुगेको आक्रोशित भीडले ढुंगामुढा गरेका कारण केही प्रहरी कर्मचारीलाई सामान्य चोटपटक लाग्नुका साथै दुईवटा प्रहरी भ्यानको सीसा तोडफोड भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीले बताए ।  

स्थिति भयावह बन्दै गएका कारण उक्त दिन जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक रमेशकुमार बस्नेत आफैं सबैला पुगेका थिए । ‘स्थानीय जन प्रतिनिधि तथा वडाध्यक्ष, मृतकका अभिभावकसहितको रोहवरमा मुचुल्का उठाएर शवको पोस्टमार्टम गर्नका लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको थियो,’ डीएसपी कार्कीले भने, ‘तर उहाँहरूले प्रादेशिक अस्पतालको चिकित्सकलाई पोस्टमार्टम नै गर्न दिनु भएन ।'

उक्त घटनापछि जिल्लाका सम्पूर्ण दलित अगुवाहरू सबैलामा पुगेर विरोध सभा आयोजना गरे । दलित अगुवाहरूले संघर्ष समिति नै गठन गरेर आन्दोलित भएका थिए । राष्ट्रिय मुसहर संघका अध्यक्ष तथा संघर्ष समितिका सदस्य समेत रहेका चन्देश्वर सदा पनि प्रहरीले शम्भुलाई चरम यातना दिएर मारेको आरोप लगाउँछन् ।

‘प्रहरीले मृतकको आमा, श्रीमति तथा सासुलाई साढे ३ बजे बिहान बोलाएर मुचुल्कामा सही छाप लगाउन  उनको आमाको पाखुरामा जबर्जस्ती सुई लगाएका थिए,’  चन्देश्वर सदाले भने,‘प्रहरीले एक जना गुप्ता भन्ने डाक्टरलाई बोलाएर मृतकको अमालाई सुई दिलाएर मुचुल्कामा सही छाप गराएर बिहान ४ बजे नै प्रादेशिक अस्पताल जनकपुर पुर्याएको थियो ।’

हाम्रो मूसहर अगुवालाई आउन दिनुस् भनेर भन्दा पनि प्रहरीले कुनै कुरा पनि सुनेनन, जुन वडा नम्बर १२ का उनी थिए, त्यो वडाका वडाध्यक्षलाई समेत नबोलाएर अन्य वडाका जन प्रतिनिधिको हस्ताक्षर गराएर शवलाई हतार हतार पोस्टमार्टम गराउनका लागि जनकपुर पठाएकोले पनि प्रहरीले उनको  हत्या गरेको उनी बताउँछन् ।   

घटना प्रकृति हेर्दा पनि आत्महत्या नभएको उनी बताउँछन् । एक त शौचालयमा झुन्डिएको थियो । मुखमा उनले लगाउने कट्टू कोचिएको थियो । ‘कुनै पनि मानिसले आफैंले लगाएको कट्टु आफ्नो मुखमा कोचर आत्म हत्या गर्दैनन्,’ सदाले थपे,‘फेरि जून भेंटिलेटरमा झुन्डिएका थिए, त्यो भेंटिलेटरमा टायल्स लागेको थियो, झुन्डिन सक्दैन ।’

जुन झ्यालमा उनी झुण्डिएका थिए, त्यो झ्यालमा नयाँ कसिलो जाली लागेको र झुण्डिन सम्भव नै नरहेको तर्क गर्दै उनले भने, ‘घाँटीमा पासो हुनु पर्थ्यो तर अधिकांश पासोको भाग घाँटीमा नरहेर मुखमा थियो । शौचालयमा जुन बाल्टीन थियो, त्यो बाल्टीन धेरै पुरानो थियो । बाल्टीनमा खुट्टा राखेर उभियो भने त्यो बाल्टीन फुट्छ हुन्छ ।' यी तर्कका आधारमा उनले आत्महत्या नगरेको दलित अगुवाहरूलाई लागेको छ ।

घटनाको अनुसन्धान गर्नका लागि जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक रमेश कुमार बस्नेतले डीएसपी रामेश्वर कार्कीको संयोजकत्वमा छानबिन समिति बनाएर अनुसन्धान थालेको बताए । ‘हालसम्मको अनुसन्धानबाट उनले आत्महत्या नै गरेको देखिन्छ,’ डीएसपी कार्कीले भने, ‘पोस्टमार्टमको रिपोर्ट आएपछि थप कुराहरू खुल्ने नै छन, तर हालसम्म भने उनको हत्या नभएर उनले आत्महत्या नै गरेको देखिन्छ ।’

मृतक सदाकी आमा सयालीदेवी सदाले इलाका प्रहरी कार्यालय सबैलाका प्रहरी निरीक्षकसहित केही प्रहरी र शव मुचुल्का गर्ने केही वडाध्यक्ष तथा जनप्रतिनिधिविरुद्ध ज्यान मुद्दाको जाहेरी दर्ता गराउन जाँदा जिल्ला प्रहरी कार्यालयले दर्ता गरेन । त्यसपछि संघर्ष समितिले जिल्ला सरकारी वकिल कार्यालयमा जाहेरी दर्ता गराएका थिए ।

‘जिल्ला प्रहरी कार्यालयले हाम्रो उजुरी जाहेरी दर्ता गरेन भन्दै उहाँहरू किटानी जाहेरीसहित हाम्रो कार्यालयमा असार १ गते आउनु भएको थियो,’ जिल्ला न्यायाधिवक्ता शम्भु गौतमले भने, ‘त्यसपछि हामीले आफ्नो दर्ता किताबमा दर्ता गरेर उक्त जाहेरी जिल्ला प्रहरी कार्यालयमा पठाइसकेका छौं ।’ प्रहरीले अब आफ्नो अनुसन्धान तथा प्रहरी प्रतिवेदन, प्रमाण आदिको आधारमा मुद्दा दर्ता गरेर अनुसन्धान अगाडि बढाउने गौतमले बताए ।

सडेको लाशको पोस्टमार्टम,प्रमाण लोप हुने खतरा

शम्भुको मृत्यु आत्महत्याबाट भएको हो वा हत्याबाट भन्ने कुरा पुष्टि हुनका लागि सबै भन्दा ठूलो आधार र प्रमाण भनेकै पोस्टमार्टमको रिपोर्ट हो । तर घटना भए लगतै पोस्टमार्टमका लागि शव प्रादेशिक अस्पताल जनकपुरमा पुर्याइएको  भए पनि त्यो दिन पोस्टमार्टम हुन सकेन ।

प्रादेशिक अस्पताल जनकपुरका मेडिकल रेकर्डर सत्यनारायण यादवका अनुसार २७ गते नै पोस्टमार्टम गर्नका लागि डा. रामदेव चौधरी, डा. कृष्णदेव दास, डा. अवधेशकान्त झासहितको टोली १० बजेदेखि ५ बजेसम्म बसेका थिए । तर मृतकका परिवारले पोस्टमार्टम गर्दा आफूहरूको तर्फबाट पनि प्रतिनिधित्व गर्ने चिकित्सक पोस्टमार्टममा सहभागी हुनुपर्ने अडान राखेका कारण उक्त दिन पोस्टमार्टम हुन सकेन ।

‘प्रहरीले हत्या गरेको घटनामा चिकित्सकहरू पनि प्रहरी प्रशासनको प्रभावमा आएर गलत रिपोर्ट दिन सक्ने हुनाले हामीले हाम्रो मुसहर समुदायको डाक्टरलाई समेत राखेर पोस्टमार्टम गर्नुपर्छ भनेका थियौं,’ चन्देश्वर सदाले भने, ‘उक्त प्रस्ताव धनुषाका सीडियो सा’ब, अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. नागेन्द्र यादवले पनि शुरुमा स्वीकार गर्नु भएको थियो ।'

त्यसपछि सिरहा जिल्ला अस्पतालमा कार्यरत डा. दिलीप सदालाई बोलाएर ल्याएको तर उनलाई सहभागी गराउन नमिल्ने भन्दै मेसुले उनलाई संलग्न गराउन नमानेको उनले बताए । 

‘प्रहरी प्रशासनको मिलेमतोमा समय कटाउने तथा लाशलाई सडाउने, गलाउने रणनीति अनुसार हामीलाई सीडिओ सा’बले खेलाउनु भयो,’ सदाले आरोप लगाए ।

यता आन्दोलनकारी संघर्ष समितिको अडानका कारण नै पोस्टमार्टममा ढिलाइ भएको धनुषाका प्रमुख जिल्ला अधिकारी कोश हरी निरौला बताउँछन् ।  ‘प्रादेशिक अस्पताल जनकपुरका मेसुले बाहिरका चिकित्सक राखेर पोस्टमार्टम गर्न नसकिने भनेपछि हामीले पोस्टमार्टमका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाउने भनेका थियौं,’ सीडिओ निरौलाले भने, ‘फेरी उहाँहरू तयार हुनुभएन, समय बित्दै गयो ।’

अन्ततः असार २ गते शवको पोस्टमार्टम जनकपुरको अस्पतालमा नै भयो । अस्पतालका मेडिकल रेकर्डर यादवका अनुसार डा. रामदेव चौधरी, डा. राम विनय चौधरी, डा. अवधेशकान्त झा, डा. कृष्णदेब दास, डा. बृजमोहन रजक सहित ५ सदस्यीय चिकत्सकको टोलीले पोस्टमार्टम गरेको थियो ।

‘पोस्टमार्टम गरेर निकालिएको भिसेरा थप परीक्षणका लागि काठमाडौंस्थित फोरेन्सिक विधिविज्ञान प्रयोगशाला पठाइएको छ,’ मेडिकल रेकर्डर यादवले भने, ‘उक्त रिपोर्ट आउन ७५ देखि ९० दिन सम्म लाग्न सक्छ ।’

पोस्टमार्टममा सहभागी भएका एक चिकित्सकका अनुसार शव पूर्ण रुपमा कुहिसकेको थियो । ‘शवमा मात्र हड्डी थियो, १२ वटा कीरा हामीले शवबाट निकाल्न लगाएका थियौं,’ ती चिकित्सकले भने,‘समयमा नै पोस्टमार्टम नहुँदा वास्तविक कारण पत्ता लाग्न कठिन हुन्छ ।’

प्रादेशिक अस्पतालमा फ्रिज हुँदा हुँदै पनि फ्रिजमा नराखेर शवलाई गल्न दिनु भनेको अस्पताल प्रशासनको लापरवाही भएको उनले आरोप लगाए ।

यता आन्दोलनरत संघर्ष समिति र स्थानीय प्रशासनबीच घटनासँग छानबिनसम्बन्धी ३ बुँदे सहमति गरिएको छ । प्रमुख जिल्ला अधिकारी निरौलाको उपस्थितिमा प्रदेश २ प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक धिरजप्रताप सिंहसहित जिल्लाका सुरक्षा प्रमुखहरूको उपस्थितिमा असार २ गते उक्त सहमति भएको छ ।

जिल्ला प्रशासन कार्यालय धनुषाका प्रशासकीय अधिकृत गणेशचन्द्र मिश्रको संयोजकत्वमा गठित छानबिन समितिमा १ जना मानव अधिकारकर्मी तथा १ जना कानून व्यवसायीलाई आमन्त्रित सदस्यको रुपमा राख्ने, मृतक परिवारलाई राहतको लागि पहल गर्ने तथा परिवारलाई सुरक्षा व्यवस्था मिलाउने सहमति भएको सीडीओ निरौलाले बताए । उक्त सहमति भएपछि मात्रै परिवारजनले शव बुझेका थिए । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x