×

NMB BANK
NIC ASIA

किम यो जोङ उत्तर कोरियाकी आगामी शासक ?

असार ५, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

किम यो जोङ विगत केही वर्षयता उत्तर कोरियाकी प्रमुख नेताका रूपमा उदाइरहेकी छन् । 

Sagarmatha Cement
Muktinath Bank

उनी उत्तर कोरियाली नेता किम जोङ उनकी बहिनी हुन् । उनी किमको निकटवर्ती र शक्तिशाली सहयोगी मानिन्छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

किम यो जोङ सन् २०१८ मा पहिलोपटक अन्तर्राष्ट्रिय समाचारमा छाएकी हुन् । त्यतिखेर उनी दक्षिण कोरिया पुग्ने किम वंशकी पहिलो व्यक्ति बनेकी थिइन् । 


Advertisment
Nabil box
Kumari

शीतकालीन ओलम्पिकका बेलामा एक प्रतिनिधिमण्डलका साथ उनी दक्षिण कोरिया गएकी थिइन् । दक्षिण र उत्तर कोरियाले संयुक्त टोलीका रूपमा शीतकालीन ओलम्पिकमा भाग लिएका थिए । 

Vianet communication
Laxmi Bank

सन् २०१८ मा उनले दाइ किमसँग मिलेर कूटनीतिक रणनीति बनाएको देखिएको थियो । त्यस वर्ष किमले दक्षिण कोरियाका राष्ट्रपति मून जे–इन, चीनका राष्ट्रपति सी चिनफिङ र अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पसँग भेटघाट गरेका थिए । ती भेटघाटले किम यो जोङलाई अन्तर्राष्ट्रिय कूटनीतिको ढोका खोलेको थियो ।  

यसै वर्षको अप्रिल महिनामा यो जोङले दाइको निकट सहयोगीका रूपमा अनि वरिष्ठ राजनीतिकर्मीका रूपमा भूमिका निर्वाह गरिन् । अप्रिलमा किम केही हप्ताका लागि सार्वजनिक जीवनबाट गायब भएका थिए । 

त्यसले गर्दा किम गम्भीर बिरामी भएको वा उनको मृत्यु भएको आशंका पनि गरिएको थियो । त्यसपछि यो जोङलाई उत्तर कोरियाकी नयाँ शासक र किमको उत्तराधिकारीका रूपमा हेर्न थालियो । 

सन् २०१७ को अक्टोबर महिनामा शक्तिशाली पोलिटब्युरोको सदस्य बनेपछि यो जोङको राजनीतिक कद बढ्यो । त्यसअघि उनी किमको सार्वजनिक छवि र नीतिको प्रचारप्रसार गर्ने विभागकी उपनिर्देशक थिइन् । 

यो जोङलाई अमेरिकाले उत्तर कोरियामा मानवअधिकार उल्लंघनको आरोपमा प्रतिबन्ध लगाएको छ । यसको अर्थ हुन्छ, कुनै पनि अमेरिकी नागरिकले यो जोङसँग पैसा लेनदेन गर्न सक्दैन । 

उत्तर कोरियामा सत्ता र शक्तिको अनुमान गर्न गाह्रो छ । त्यसैले किमको राजनीतिक सञ्जाल कति बलियो छ भन्ने थाहा पाउन पनि गाह्रो छ । 

यो जोङको विवाह किमका दाहिने हात मानिने पार्टी सचिव चोए र्‍योङ हेका छोरासँग भएको मानिन्छ । त्यो सत्य हो भने यो जोङ थप शक्तिशाली छिन् । 

अहिले दक्षिण कोरियालाई उत्तरले गरेको कडीकडाउ व्यवहारमा यो जोङकै हात रहेको एनके न्युजले लेखेको छ । 

केही दिनअघि उनले उत्तर र दक्षिणको सीमामा रहेको निःशस्त्रीकृत क्षेत्रमा सेना पठाउने धम्की दिएकी थिइन् । दक्षिणको सीमापारिबाट उत्तरतर्फ प्योङयाङविरोधी पर्चा आएकोमा उत्तर क्रुद्ध भएर दक्षिणविरुद्ध कडा भएको हो । 
यो जोङले सीमा नजिक बनाइएको अन्तर्कोरियाली सम्पर्क कार्यालयको भवन पनि बम विस्फोट गरेर ध्वस्त पार्ने आदेश दिएकी थिइन् ।

सन् १९८७ मा जन्मेकी यो जोङ दाइभन्दा चार वर्ष कान्छी छिन् । दाजुबहिनीले स्विट्जरल्यान्डमा पढेका हुन् । 

स्विट्जरल्यान्डमा उनले पढेको विद्यालयका अधिकारीहरूका अनुसार, यो जोङ जतिखेर पनि अंगरक्षक र केयरटेकरहरूले घेरिएकी हुन्छिन् । एकचोटि उनलाई हलुका रुघा लाग्दा केयरटेकरले विद्यालयबाट सीधै अस्पताल लगेका थिए । 

विभिन्न रिपोर्टअनुसार, यो जोङले किम परिवारका अन्य सदस्यसँग खासै कुराकानी गर्ने गरेकी छैनन् । 

सन् २०१४ देखि यो जोङको मुख्य काम भनेको दाइ किमको छवि राम्रो बनाउने नै हो । सन् २०१७ मा पोलिटब्युरो सदस्य भएपछि पनि उनले दाइका नीतिहरूको प्रचारप्रसार जारी राखिन् ।

किम जोङ उन अहिले सार्वजनिक स्थानमा देखिने व्वस्थापन यो जोङले नै गर्ने गरेकी छन् । उनी दाइको राजनीतिक सल्लाहकार पनि हुन् । 

त्यसो त सन् २०१४ मा किम सार्वजनिक जीवनबाट गायब हुँदा पनि यो जोङलाई सत्ता सुम्पिइन लागेको भनी हल्ला चलेको थियो । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x