कात्तिक २४, २०८०
सवारीसाधन सुविधा प्राप्त गर्ने कर्मचारीलाई इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...
बन्दाबन्दीले विभिन्न क्षेत्रमा नकारात्मक असर पारे पनि विद्युतीय भुक्तानी कारोबार भने बढाएको छ । नेपाल राष्ट्र बैङ्कले हालै सार्वजनिक गरेको चालु आवको १० महिनाका प्रतिवेदनमा सबै किसिमका विद्युतीय भुक्तानीको कारोबार रकम र सङ्ख्या दुवै बढेको देखिएको छ ।
अनुसार २०७६ चैतमा एटीएमबाट कारोबार गर्नेको सङ्ख्या १० लाख ३७ हजार ९०१ रहेकोमा २०७७ वैशाखमा यो सङ्ख्या बढेर ३० लाख बीस हजारभन्दा बढी पुगेको छ । त्यस्तै जेठमा २५ लाख २० हजार ५१७ पुगेको छ ।
त्यस्तै कारोबार रकम पनि बढेको छ । गत वर्षको चैतमा नौ अर्ब चार करोड ६० लाख रुपियाँ कारोबार भएकोमा वैशाखमा २३ अर्ब १५ कारोड ७० लाख रुपियाँभन्दा बढीको कारोबार भएको थियो ।
बन्दाबन्दीका कारण घरबाट बाहिर निस्कन नपाएपछि मोबाइल बैङ्किङको सेवा लिनेको सङ्ख्या पनि बढेको छ । २०७६ चैतमा ३२ लाख ८२ हजार ३१८ जनाले यस्तो सुविधा लिएका थिए भने वैशाखमा यो सङ्ख्या बढेर ४९ लाख ६० हजार २७७
जनाले लिएको पाइन्छ ।
जेठमा पनि साढे ४२ हजारभन्दा बढी व्यक्तिले मोबाइल बैङ्किङको सेवा उपभोग गरेको प्रतिवेदनमा उल्लेख छ । यस्तो सेवाको उपयोगबाट कारोबार रकममा पनि उल्लेख वृद्धि भएको छ । गत चैतमा मोबाइल बैङ्किङबाट पाँच अर्ब ३९ करोड रुपियाँ कारोबार भएकोमा जेठमा आइपुग्दा १२ अर्ब २७ करोड ९० लाखभन्दा बढीको कारोबार भएको छ । समीक्षा अवधिमा इन्टरनेट बैङ्किङ, रियल टाइम ग्रस सेटलमेन्ट (आटीजीएस), इलेक्ट्रोनिक चेक क्लियरेन्स (इसीसी)को कारोबार भने
घटेको छ ।
आइपीएसमार्फत हुने कारोबार चैतको तुलनामा वैशाखमा केही बढेको छ । कारोबार गर्नेको सङ्ख्यामा भने केही कमी आएको छ । बैङ्किङ कारोबारका लागि पछिल्लो समय विकास भएको कनेक्ट आईपीएसमार्फत हुने भुक्तानी बढेको छ ।
गत चैतमा १३ अर्ब ८१ करोढ ५० लाख रुपियाँको कारोबार भएको थियो भने वैशाखमा बढेर २३ अर्ब १५ करोड ३० लाख रुपियाँभन्दा बढीको कारोबार यसमार्फत भएको प्रतिवेदनमा उल्लेख छ । यो सेवा उपयोग गर्नेको सङ्ख्या पनि चैतमा करिब दुई लाख ३५ हजार ९९३ रहेकोमा वैशाखमा आइपुग्दा तीन लाख ९६ हजारभन्दा बढी भएको प्रतिवेदनमा उल्लेख छ ।
पछिल्लो समय राष्ट्र बैङ्कले पनि विद्युतीय कारोबारलाई प्रोत्साहन दिँदै कारोबार गर्ने रकमको सीमासमेत बढाएको छ । बन्दाबन्दीमा बैङ्कहरूले जुनसुकै बैङ्कको एटीएमबाट रकम झिके पनि कुनै शुल्क नलाग्ने गरी सुविधा दिँदै आएका छन् । गोरखापत्र दैनिकमा खबर छ ।
सवारीसाधन सुविधा प्राप्त गर्ने कर्मचारीलाई इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...
सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले त्यहाँ आवश्यक प्राविधिक तयारी ...
ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ। अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ । ...
बुटवल, १५ फागुन- भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...
चालुु आर्थिक वर्ष २०८०/८१ मा नेपाली श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग एकता गर्न नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...