साउन २५, २०७९
बैंकिङ कसुर तथा चेक अनादर मुद्दामा फरार रहेका चाँगुनारायण नगरपालिका–३ झौखेलका ४४ वर्षीय शिवराज थापा पक्राउ परेका छन् । उनलाई आज महानगरीय प्रहरी परिसर भक्तपुरको टोलीले पक्राउ गरेको हो । बैंकिङ कसु...
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलाले वैवाहिक अंगीकृत नागरिकता ७ वर्षपछि पाउने गरी नागरिकता ऐनमा संशोधन गर्ने निर्णय गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा शनिवार बसेको नेकपा सचिवालय बैठकले वैवाहिक अंगीकृत नागरिकता विदेशी महिलाले नेपाली पुरुषसँग विवाह गरेको ७ वर्ष पूरा भएपछि दिने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
अहिलेको नागरिकता ऐनमा नेपाली पुरुषसँग विवाह गरेका विदेशी महिलाले सहजै नागरिकता पाउने व्यवस्था छ । भारतमा विदेशी महिलाले अंगीकृत नागरिकता पाउन ७ वर्ष कुर्नुपर्ने व्यवस्था छ ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार एवं नेकपा प्रचार विभागका उपप्रमुख सूर्य थापाले वैवाहिक अंगीकृत नागरिकता प्राप्त गर्न विवाह भएको ७ वर्ष पूरा भएको र सम्बन्धित देशको नागरिकता परित्यागको प्रक्रिया आरम्भ गरेको प्रमाण प्रस्तुत गर्नुपर्ने व्यवस्था गरी अघि बढाउने निर्णय भएको जानकारी दिए ।
वैवाहिक अंगीकृत नागरिकताको सन्दर्भमा नेपाली पुरुषसँग विवाह गरेकी विदेशी महिलालाई ७ वर्षपछि मात्र नागरिकता दिनुपर्ने बहस संसदीय समितिमा चलिरहेको छ । यो विषयमा प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली तथा अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शुक्रवार संसदको राज्य व्यवस्था समितिमा पार्टीका सांसदसँग परामर्श गरेका थिए ।
संसदमा विचाराधीन नागरिकता विधेयको विषयमा शुक्रवार नेपाली कांग्रेसका नेताहरूले प्रधानमन्त्री केपी शर्मा ओलीसँग परामर्श गरेका थिए ।
वैवाहिक अंगीकृत नागरिकताको दुरुपयोग भएको भन्दै यसको सीमा ७ वर्ष कायम गर्न आवाज उठिरहेको थियो । मधेश केन्द्रित दलहरूले भने अंगीकृत नागरिकतालाई सहज बनाउन माग गर्दै आएका छन् ।
बैंकिङ कसुर तथा चेक अनादर मुद्दामा फरार रहेका चाँगुनारायण नगरपालिका–३ झौखेलका ४४ वर्षीय शिवराज थापा पक्राउ परेका छन् । उनलाई आज महानगरीय प्रहरी परिसर भक्तपुरको टोलीले पक्राउ गरेको हो । बैंकिङ कसु...
वन तथा वातावरणमन्त्री प्रदीप यादवले नेपालको हरियाली वनजंगल क्षेत्र जोगाउन, संरक्षण र विकास गर्न जरुरी रहेको बताएका छन् । वन दिवस २०७९ का अवसरमा बुधवार वन विभागले वन परिसरमा स्थापना गरेको ‘सामुदायिक...
हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास तथा पश्चिमतर्फ सरदर स्थान भन्दा दक्षिणमा अवस्थित रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसका कारण बिहीबार बिहान प्रदेश नं १, मधेस प्रद...
प्रहरीले मोटरसाइकल चोरीमा संलग्न ५ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंले चलाएको ‘अप्रेसन बाइक हन्ट’ अभियानअन्तर्गत ५ मोटरसाइकलसहित उनीहरूलाई पक्राउ गरी बुधवार सार्वजनिक ग...
नेपाल संस्कृत विश्वविद्यालय केन्द्रीय कार्यालय बेलझुण्डी दाङमा नेपाल विद्यार्थी सङ्घले विभिन्न माग राखी लगाएको ताला आज तीन महिनापछि खुलेको छ । नेपाल विद्यार्थी सङ्घले विभिन्न माग राख्दै गत वैशाख १९ गते तालाबन्दी गर...
छिमेकी मित्र राष्ट्र चीनले अनुदान सहयोगमा केरुङ–काठमाडौँ रेलमार्गको सम्भाव्यता अध्ययन गर्ने घोषणा गरेको छ । चीन भ्रमणमा रहेका परराष्ट्र मन्त्री डा नारायण खड्कासँगको द्विपक्षीय भेटवार्तामा जनवादी गणतन्त्र चीन...
नेपालको आर्थिक विकासमा सार्वजनिक, निजी र सहकारी ३ खम्बे नीतिलाई अवलम्बन गरिएको छ । संविधानमा समाजवादको परिकल्पनासहित सार्वजनिक, निजी र सहकारी क्षेत्रको प्रवर्द्धन गरी तीब्र दीगो आर्थिक विकासको मार्गनिर्देशन भएको ...
थुक्क कुकुर्नी भनेर कडा स्वभावका आमाहरूले आफ्ना छोरीलाई गाली गर्दा 'त्यसो नभन्नु न यार' भनेर मैले धेरैपटक खिन्नता प्रकट गरेको छु । तर, मलाई पनि आमाले यदाकदा कुकुर भनेर सम्बोधन गर्नुभएको छ । धन्न पण्डित ...
राजनीति एउटा त्यस्तो विशेष नीति, दर्शन वा मार्गचित्र हो जसका माध्यमबाट नागरिक जीवनलाई सुखद्, सहज र प्रतिष्ठापूर्ण बनाउन सकिन्छ । यो कठोर साधना पनि हो । राजनीतिले सार्वजनिक जीवनलाई सदैव उच्च महत्त्व दिन्छ र आफ्नो घो...